Javascript must be enabled to continue!
ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
View through CrossRef
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अवसरमा प्रदर्शन गरिने मनोरञ्जनसँग सम्बन्धित रहेका छन् । यस प्रकारका लोकनृत्यहरूमा आख्यानको प्रयोग भए या नभए वा वाद्यवादनसहित या वाद्यवादन रहित जे जस्तो रूपमा प्रदर्शन गरिने भए पनि यहाँ प्रचलित नृत्यहरू महत्त्वपूर्ण रहेका छन् । यहाँ प्रचललनमा रहेका लोकनृत्यहरूको प्रस्तुतिमा कतिपयमा महिला र पुरुषको समान रूपमा उपस्थिति रहेको पाइन्छ भने कतिपय लोकनृत्यमा महिलाको मात्र र कतिपयमा पुरुषहरूको मात्र पनि उपस्थिति रहेको पाइन्छ ।
यहाँ प्रचलित लोकनृत्यका लागि आवश्यक सैद्धान्तिक अवधारणाका साथै ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यलाई भौगोलिक सीमा बनाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू के कसरी कुन समयमा प्रस्तुत गरिन्छन् भन्ने जिज्ञासाको अनुशीलन यस लेखमा गरिएको छ । यस लेखमा नृत्यसँग सम्बन्धित सामग्री क्षेत्रकार्यका साथै यस विषयका स्थानीय विज्ञ व्यक्तिहरूसँग सोधपुछ गरी अध्ययनको आधार तयार पारिएको छ । यस अध्ययनमा सिद्धान्तका लागि पुस्तकालयीय कार्यबाट र द्वितीयक सामग्री सङ्कलन गरी यसको सैद्धान्तिक ढाँचासमेत तयार पारिएको छ । यस अध्ययनमा सम्बन्धित क्षेत्रमा नृत्यको प्रस्तुति के कसरी गरिन्छ र कुन समयमा नृत्यहरू प्रस्तुत हुन्छन् भन्ने कुरा जनसमक्ष ल्याएर ती नृत्यहरूका बारेमा परिचित गराउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यहाँ प्रचलनमा रहेका चण्डीनाच, च्याब्रुङनाच, धाननाच, सेलोनाच, दमाईंनाच, भैलिनीनाच, द्यौसीनाच, सँगिनीनाच, रोपाइँनाच, लाखेनाच, रत्यौलीनाच, बालननाच, बिजुवानाच र सरदेवी नाचका बारेमा प्रकाश पारिएको छ ।
Title: ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
Description:
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अवसरमा प्रदर्शन गरिने मनोरञ्जनसँग सम्बन्धित रहेका छन् । यस प्रकारका लोकनृत्यहरूमा आख्यानको प्रयोग भए या नभए वा वाद्यवादनसहित या वाद्यवादन रहित जे जस्तो रूपमा प्रदर्शन गरिने भए पनि यहाँ प्रचलित नृत्यहरू महत्त्वपूर्ण रहेका छन् । यहाँ प्रचललनमा रहेका लोकनृत्यहरूको प्रस्तुतिमा कतिपयमा महिला र पुरुषको समान रूपमा उपस्थिति रहेको पाइन्छ भने कतिपय लोकनृत्यमा महिलाको मात्र र कतिपयमा पुरुषहरूको मात्र पनि उपस्थिति रहेको पाइन्छ ।
यहाँ प्रचलित लोकनृत्यका लागि आवश्यक सैद्धान्तिक अवधारणाका साथै ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यलाई भौगोलिक सीमा बनाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू के कसरी कुन समयमा प्रस्तुत गरिन्छन् भन्ने जिज्ञासाको अनुशीलन यस लेखमा गरिएको छ । यस लेखमा नृत्यसँग सम्बन्धित सामग्री क्षेत्रकार्यका साथै यस विषयका स्थानीय विज्ञ व्यक्तिहरूसँग सोधपुछ गरी अध्ययनको आधार तयार पारिएको छ । यस अध्ययनमा सिद्धान्तका लागि पुस्तकालयीय कार्यबाट र द्वितीयक सामग्री सङ्कलन गरी यसको सैद्धान्तिक ढाँचासमेत तयार पारिएको छ । यस अध्ययनमा सम्बन्धित क्षेत्रमा नृत्यको प्रस्तुति के कसरी गरिन्छ र कुन समयमा नृत्यहरू प्रस्तुत हुन्छन् भन्ने कुरा जनसमक्ष ल्याएर ती नृत्यहरूका बारेमा परिचित गराउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यहाँ प्रचलनमा रहेका चण्डीनाच, च्याब्रुङनाच, धाननाच, सेलोनाच, दमाईंनाच, भैलिनीनाच, द्यौसीनाच, सँगिनीनाच, रोपाइँनाच, लाखेनाच, रत्यौलीनाच, बालननाच, बिजुवानाच र सरदेवी नाचका बारेमा प्रकाश पारिएको छ ।.
Related Results
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी शीर्षकको यस लेखमा देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
सरूभक्तका विज्ञाननाटकमा स्वैरकल्पना
प्रस्तुत अध्ययनमा साहित्य समालोचनापद्धतिका प्रचलित अवधारणामध्ये स्वैरकल्पनालाई आधार बनाई सरूभक्तका विज्ञाननाटकमा प्रयुक्त स्वैरकल्पनाको निरूपण गरिएको छ । भेटान तोदोरोभ, रोजमेरी ज्य...