Javascript must be enabled to continue!
पूर्वीय दर्शनमा भौतिकवाद
View through CrossRef
पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय दर्शनअन्तर्गत पर्ने भौतिकवादी र द्वन्द्ववादी दृष्टिकोण राख्ने दर्शनहरू नै पूर्वीय दर्शन भित्रका भौतिकवादी दर्शनहरू हुन् । यो शोधलेख पूर्वीयदर्शनमा भौतिकवादसँग सम्बन्धित रहेको छ । खास गरेर पूर्वीय दर्शनहरूभित्र पर्ने दर्शनहरूमा भौतिकवादी दृष्टिकोणहरू कहाँ कहाँ छन् भनी खोजी गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यो शोधलेख निगमन विधिमाआधारित छ । यसमा पूर्वीय दर्शनभित्र भौतिकवादको विषयमा प्रस्तुत गरिएको सन्दर्भसामग्रीको अध्ययन गरीनिगमन विधिको आधारमा व्याख्या विश्लेषण र सङ्क्षपीकरण गरी तयार पारिएको छ । पूर्वीय दर्शनमा तिकवादीदृष्टिकोणको उजागर नहुँदा कर्मकाण्ड र ब्राह्मणवादसँग जोडेर हेरिन्छ । पूर्वीय दर्शनभित्रका उद्दालकको दर्शन,साङ्ख्य दर्शन, चार्वाक दर्शन र वैशेषिक दर्शन भौतिकवादी दर्शनका रूपमा लिइन्छ । एउटा समयसम्म बौद्ध रजैन दर्शनहरू भौतिकवादी नै थिए । सत्ता र धर्मको गठजोडले गर्दा अध्यात्मवादी दर्शनको कित्तामा पुगेका थिए। त्यसका अलावा वैदिक, वेदान्त, न्याय र मीमांसा दर्शनहरूको प्रारम्भिक कालमा पनि भौतिकवादका प्रशस्त दृष्टिकोणहरू पाइन्छन् । अझ भारतवर्ष बाहेकका क्षेत्रमा हुर्किएका ताओवाद र इस्लामिक लगायतका दर्शनहरूमा पनि भौतिकवादी दृष्टिकोणहरू भेटिन्छन् । यही विषयलाई सङ्क्षिप्तमा प्रस्तुत गर्नु र पूर्वीय दर्शनभित्रका भौतिकवादी दृष्टिकोणहरूलाई रक्षा, विकास र रूपान्तरण गर्नु आवश्यक छ, जसले गर्दा दर्शनको वास्तविक स्वरूपपुनःस्थापित गर्न सकिन्छ ।
Title: पूर्वीय दर्शनमा भौतिकवाद
Description:
पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय दर्शनअन्तर्गत पर्ने भौतिकवादी र द्वन्द्ववादी दृष्टिकोण राख्ने दर्शनहरू नै पूर्वीय दर्शन भित्रका भौतिकवादी दर्शनहरू हुन् । यो शोधलेख पूर्वीयदर्शनमा भौतिकवादसँग सम्बन्धित रहेको छ । खास गरेर पूर्वीय दर्शनहरूभित्र पर्ने दर्शनहरूमा भौतिकवादी दृष्टिकोणहरू कहाँ कहाँ छन् भनी खोजी गर्नु प्रस्तुत लेखको उद्देश्य रहेको छ । यो शोधलेख निगमन विधिमाआधारित छ । यसमा पूर्वीय दर्शनभित्र भौतिकवादको विषयमा प्रस्तुत गरिएको सन्दर्भसामग्रीको अध्ययन गरीनिगमन विधिको आधारमा व्याख्या विश्लेषण र सङ्क्षपीकरण गरी तयार पारिएको छ । पूर्वीय दर्शनमा तिकवादीदृष्टिकोणको उजागर नहुँदा कर्मकाण्ड र ब्राह्मणवादसँग जोडेर हेरिन्छ । पूर्वीय दर्शनभित्रका उद्दालकको दर्शन,साङ्ख्य दर्शन, चार्वाक दर्शन र वैशेषिक दर्शन भौतिकवादी दर्शनका रूपमा लिइन्छ । एउटा समयसम्म बौद्ध रजैन दर्शनहरू भौतिकवादी नै थिए । सत्ता र धर्मको गठजोडले गर्दा अध्यात्मवादी दर्शनको कित्तामा पुगेका थिए। त्यसका अलावा वैदिक, वेदान्त, न्याय र मीमांसा दर्शनहरूको प्रारम्भिक कालमा पनि भौतिकवादका प्रशस्त दृष्टिकोणहरू पाइन्छन् । अझ भारतवर्ष बाहेकका क्षेत्रमा हुर्किएका ताओवाद र इस्लामिक लगायतका दर्शनहरूमा पनि भौतिकवादी दृष्टिकोणहरू भेटिन्छन् । यही विषयलाई सङ्क्षिप्तमा प्रस्तुत गर्नु र पूर्वीय दर्शनभित्रका भौतिकवादी दृष्टिकोणहरूलाई रक्षा, विकास र रूपान्तरण गर्नु आवश्यक छ, जसले गर्दा दर्शनको वास्तविक स्वरूपपुनःस्थापित गर्न सकिन्छ ।.
Related Results
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको...
सीता—हरण खण्डकाव्यमा ईश्वर
सीता—हरण खण्डकाव्यमा ईश्वर
वाल्मीकि रामायणको विषयवस्तुलाई उपजीव्य बनाएर लेखिएको लक्ष्मीप्रसाद देवकोटाको ।सीता—हरण खण्डकाव्यमा ईश्वर’ नामक प्रस्तुत लेखमा ।सीता–हरण’ खण्डकाव्यअन्तर्गत ईश्वरीय स्वरूपका विषयमा व...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजन...
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
दोभान महाकाव्यमा रसाभास
दोभान महाकाव्यमा रसाभास
रससिद्धान्त पूर्वीय काव्य परम्पराको समृद्ध सिद्धान्त हो । नेपाली सर्जकका हरेक सिर्जना यस सिद्धान्तका कसीमा कसिन समर्थ छन् । भरतराज पन्त (१९८६ - २०६५) ले पनि विभिन्न शीर्षकका फुटकर ...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...

