Javascript must be enabled to continue!
तपन उपन्यासमा सबाल्टर्न चेतना
View through CrossRef
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ देखि सवाल्टर्न अध्ययन समूहको आरम्भ भएको हो । सबाल्टर्न अध्ययन इतिहास अध्ययनबाट प्रारम्भ भएको हो । यसले पिछडिएका दलित, किसान, मजदुर र महिलाहरूको अस्तित्वलाई इतिहासमा अभिलेखीकृत ग–यो । सबाल्टर्न चेतनालाई साहित्यको अध्ययनमा प्रयोग गर्नमा गायत्री चक्रवर्ती स्पिभाकले महत्त्वपूर्ण योगदान पु–याएकी छन् । यस लेखमा एन्टोनियो ग्राम्सी, रन्जित गुहा तथा गायत्री चक्रवर्ती स्पिभाकका सबाल्टर्नसम्बन्धी मुख्य मान्यताहरूलाई आधार बनाएर तपन उपन्यासको अध्ययन गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा तपन उपन्यासलाई लिइएको छ भने सबाल्टर्न अध्ययनसँग सम्बन्धित लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । आरम्भमा सिद्धान्त प्रस्तुत गरी उपन्यासको विश्लेषण गरिएकाले यसमा निगमनात्मक पद्धति अवलम्बन गरिएको छ । अध्ययनका क्रममा तपन उपन्यासले नेपाली समाजका सबाल्टर्न वर्गको समस्यालाई उठाएको र उनीहरूमा प्रतिरोधी चेतनाको विकास क्रमशः हुँदै गएको कुरालाई प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ । जातीय, लैङ्गिक, आर्थिक तथा सामाजिक दृष्टिले सबाल्टर्न बन्न पुगेका वर्ग वा समुदायको पीडा र उनीहरूमा विकसित हुँदै गएको मुक्तिकामी चेतलाई यस उपन्यासले महत्त्वका साथ प्रस्तुत गरेको निचोड यस लेखमा निकालिएको छ ।
Title: तपन उपन्यासमा सबाल्टर्न चेतना
Description:
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ देखि सवाल्टर्न अध्ययन समूहको आरम्भ भएको हो । सबाल्टर्न अध्ययन इतिहास अध्ययनबाट प्रारम्भ भएको हो । यसले पिछडिएका दलित, किसान, मजदुर र महिलाहरूको अस्तित्वलाई इतिहासमा अभिलेखीकृत ग–यो । सबाल्टर्न चेतनालाई साहित्यको अध्ययनमा प्रयोग गर्नमा गायत्री चक्रवर्ती स्पिभाकले महत्त्वपूर्ण योगदान पु–याएकी छन् । यस लेखमा एन्टोनियो ग्राम्सी, रन्जित गुहा तथा गायत्री चक्रवर्ती स्पिभाकका सबाल्टर्नसम्बन्धी मुख्य मान्यताहरूलाई आधार बनाएर तपन उपन्यासको अध्ययन गरिएको छ । यसमा प्राथमिक सामग्रीका रूपमा तपन उपन्यासलाई लिइएको छ भने सबाल्टर्न अध्ययनसँग सम्बन्धित लेख तथा पुस्तकहरूलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । आरम्भमा सिद्धान्त प्रस्तुत गरी उपन्यासको विश्लेषण गरिएकाले यसमा निगमनात्मक पद्धति अवलम्बन गरिएको छ । अध्ययनका क्रममा तपन उपन्यासले नेपाली समाजका सबाल्टर्न वर्गको समस्यालाई उठाएको र उनीहरूमा प्रतिरोधी चेतनाको विकास क्रमशः हुँदै गएको कुरालाई प्रस्तुत गरेको निष्कर्ष निकालिएको छ । जातीय, लैङ्गिक, आर्थिक तथा सामाजिक दृष्टिले सबाल्टर्न बन्न पुगेका वर्ग वा समुदायको पीडा र उनीहरूमा विकसित हुँदै गएको मुक्तिकामी चेतलाई यस उपन्यासले महत्त्वका साथ प्रस्तुत गरेको निचोड यस लेखमा निकालिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

