Javascript must be enabled to continue!
पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
View through CrossRef
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजनात्मक हेतुका लागि अलग्गै शोध्यप्रश्न निर्धारण गरिएको छ । पुस्तकालयीय कार्यसम्बद्ध प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्री उपयोग भएको यस लेखको पूर्णताका लागि गुणात्मक अनुसन्धान ढाँचा, विश्लेषणविधि तथा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय काव्यचिन्तनअन्तर्गतको सिर्जनात्मक हेतु विषयक सिद्धान्त उपयोग भएको छ । साहित्य सृजनाका लागि स्रस्टा, सृजनात्मक ज्ञान र निरन्तर सृजनात्मक अभिवृत्तिलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास पूर्वीय काव्यचिन्तनमा मूल्याङ्कनका प्रतिमानका रहेका छन् । स्रस्टा र सृजनाको कारकलाई परस्परमा जोड्ने विषयका रूपमा काव्यहेतुलाई सिद्धान्ततः मानव मानसिकतामा अवशिष्ट प्राकृत द्वन्द्वात्मक विचारको स्फूरण वा कल्पना तत्त्वलाई समन्वय गरी सम्यक र सन्तुलित रूपमा संयोजन गरी अभिव्यञ्जना गर्नसक्ने स्रष्टाको वस्तुजगत विषयक बृहत् अध्ययन, लोकपर्यवेक्षण र साहित्याध्ययनबाट प्राप्त ज्ञानलाई अभ्यासको निरन्तर शृङ्खलासँग जोडिने स्फूरण, ज्ञान र साधनाको त्रिपक्षीय अन्वयका रूपमा संश्लेषण गर्न सकिन्छ । उपर्युक्त सैद्धान्तिक प्राप्तिका अन्तर्यमा पिँजराको सुगा कवितालाई विश्लेषण र मूल्याङ्कन गर्दा लेखनाथमा अन्य हेतुका तुलनामा प्रतिभाको स्थान उच्च र सहजात रहेको छ । यही सहजात प्रतिभाका कारण प्रस्तुत कविता सामाजिक, मनोवैज्ञानिक, राजनीतिक र विश्वपरिवेशसमेतलाई संश्लेषण गरी भावगत द्वन्द्वात्मकताअन्तर्गत आएका अनेकौं विषयलाई अत्यन्त सम्यक र सन्तुलित ढाँचामा प्रस्तुत गरी अति सामान्यदेखि बौद्धिक पाठकसमेतका लागि ग्राह्य, पठनीय तथा समालोचक अनुसन्धानकर्ताका लागि विश्लेषणीय सामग्री बन्न पुगेको छ । नेपाली समाजको राजनीतिक र सामाजिक व्यवस्थालाई एउटा विशेषणमा सीमित गरी त्यसकै केन्द्रविन्दुमा राखेर प्रस्तुत गर्ने चातुर्यपूर्ण कलाका लागि लोकपर्यवेक्षणको गहन अनुभवलाई काव्यिक बुनोट प्रदान गर्ने कविमा अभ्यासको भूमिका पूर्वापर दुई हेतुकै समानान्तर सशक्त रहेको छ । कविकल्पना शक्ति, ज्ञान र अनुभवबाट प्राप्त सामग्रीलाई सहज तथा चातुर्यपूर्ण रूपमा सिर्जनाका माध्यमबाट अवतरण गराउनका लागि कविको सिर्जनाप्रतिको निष्ठा र दीर्घसाधनाबाट मात्र संभव हुने विषयको सशक्त प्रमाणको रूपमा प्रस्तुत कविता रहेको निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु
Description:
प्रस्तुत लेख पिँजराको सुगा कविताको सिर्जनात्मक हेतु मूल समस्यामा केन्द्रित रहेको छ । मूलशोधसमस्याको समाधानका लागि प्रतिभापरक सृर्जनात्मक हेतुको अवस्था, व्युत्पत्ति र अभ्यासपरक सृजनात्मक हेतुका लागि अलग्गै शोध्यप्रश्न निर्धारण गरिएको छ । पुस्तकालयीय कार्यसम्बद्ध प्राथमिक र द्वितीयक दुबै स्रोतका सामग्री उपयोग भएको यस लेखको पूर्णताका लागि गुणात्मक अनुसन्धान ढाँचा, विश्लेषणविधि तथा सैद्धान्तिक पर्याधारका रूपमा पूर्वीय काव्यचिन्तनअन्तर्गतको सिर्जनात्मक हेतु विषयक सिद्धान्त उपयोग भएको छ । साहित्य सृजनाका लागि स्रस्टा, सृजनात्मक ज्ञान र निरन्तर सृजनात्मक अभिवृत्तिलाई प्रतिभा, व्युत्पत्ति र अभ्यास पूर्वीय काव्यचिन्तनमा मूल्याङ्कनका प्रतिमानका रहेका छन् । स्रस्टा र सृजनाको कारकलाई परस्परमा जोड्ने विषयका रूपमा काव्यहेतुलाई सिद्धान्ततः मानव मानसिकतामा अवशिष्ट प्राकृत द्वन्द्वात्मक विचारको स्फूरण वा कल्पना तत्त्वलाई समन्वय गरी सम्यक र सन्तुलित रूपमा संयोजन गरी अभिव्यञ्जना गर्नसक्ने स्रष्टाको वस्तुजगत विषयक बृहत् अध्ययन, लोकपर्यवेक्षण र साहित्याध्ययनबाट प्राप्त ज्ञानलाई अभ्यासको निरन्तर शृङ्खलासँग जोडिने स्फूरण, ज्ञान र साधनाको त्रिपक्षीय अन्वयका रूपमा संश्लेषण गर्न सकिन्छ । उपर्युक्त सैद्धान्तिक प्राप्तिका अन्तर्यमा पिँजराको सुगा कवितालाई विश्लेषण र मूल्याङ्कन गर्दा लेखनाथमा अन्य हेतुका तुलनामा प्रतिभाको स्थान उच्च र सहजात रहेको छ । यही सहजात प्रतिभाका कारण प्रस्तुत कविता सामाजिक, मनोवैज्ञानिक, राजनीतिक र विश्वपरिवेशसमेतलाई संश्लेषण गरी भावगत द्वन्द्वात्मकताअन्तर्गत आएका अनेकौं विषयलाई अत्यन्त सम्यक र सन्तुलित ढाँचामा प्रस्तुत गरी अति सामान्यदेखि बौद्धिक पाठकसमेतका लागि ग्राह्य, पठनीय तथा समालोचक अनुसन्धानकर्ताका लागि विश्लेषणीय सामग्री बन्न पुगेको छ । नेपाली समाजको राजनीतिक र सामाजिक व्यवस्थालाई एउटा विशेषणमा सीमित गरी त्यसकै केन्द्रविन्दुमा राखेर प्रस्तुत गर्ने चातुर्यपूर्ण कलाका लागि लोकपर्यवेक्षणको गहन अनुभवलाई काव्यिक बुनोट प्रदान गर्ने कविमा अभ्यासको भूमिका पूर्वापर दुई हेतुकै समानान्तर सशक्त रहेको छ । कविकल्पना शक्ति, ज्ञान र अनुभवबाट प्राप्त सामग्रीलाई सहज तथा चातुर्यपूर्ण रूपमा सिर्जनाका माध्यमबाट अवतरण गराउनका लागि कविको सिर्जनाप्रतिको निष्ठा र दीर्घसाधनाबाट मात्र संभव हुने विषयको सशक्त प्रमाणको रूपमा प्रस्तुत कविता रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...
साइनो : सैद्धान्तिक विमर्श
साइनो : सैद्धान्तिक विमर्श
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा,...
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
प्रस्तुत षोध अध्ययन में सरकारी एवं गैर सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र-छात्राओं की कम्प्यूटर अभिवृत्ति के संदर्भ में अध्ययन किया गया। षोध अध्ययन में ब्लाॅक न...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
चेतनाको चित्कारमा प्रगतिशील चेतना
चेतनाको चित्कारमा प्रगतिशील चेतना
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएक...
Gita Vadati
Gita Vadati
‘गीता वदति‘ नामक यह पुस्तक जनसामान्य हेतु श्रीमद्भगवद्गीता को व्यावहारिक, सरल और सारगर्भित ढंग से प्रस्तुत करने का विनम्र प्रयास है। पुस्तक की विषयवस्तु पर चर्चा करने से पूर्व श्री...

