Javascript must be enabled to continue!
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
View through CrossRef
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका कारण सांसारिक बन्धनमा परी दुःख पाएको र अविद्याले गर्दा भौतिक सुखसुविधाका लागि भौँतारिएको विषयलाई यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक ढाँचामा तयार पारिएको यो लेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालय कार्यमार्फत सङ्कलन गरिएका छन् । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऐना’ कथासङ्ग्रहमा सङ्गृहीत ‘समाप्ति’ कथालाई चयन गरिएको छ र यो कृति प्राथमिक स्रोत सामग्री र अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू एवम् अनुसन्धनात्मक लेखहरू द्वितीय स्रोतका सामाग्री रहेका छन् । यस लेखमा अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यतालाई आधार मानेर कथाशंहरूलाई दृष्टान्त दिएर व्याख्यापरक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए शैलीमा आधारित छ । ‘समाप्ति’ कथामा मानिसहरू अज्ञानताले गर्दा जीवभाव व्याप्त भएर सांसारिक विषयसुखका पछि लागेर प्रवृत्त मार्गलाई समातेका कारण दुःख भोगेका विषयहरू अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित छन् । कथामा जतिपनि पात्रहरूले दुःख भोगेका छन्; पागल बनेर हिँडेका छन् र कतिपय त सांसारिक विषयभोगकै कारण निराश बनी जँड्याहा भएर मृत्युवरणसमेत गरेका छन्; ती सबैको कारण जीवभाव नै हो भन्ने यस लेखको निष्कर्ष रहेको छ । मायाका कारण यहाँका पात्रहरू पारमार्थिक यथार्थबाट विमुख भई भौतिक सुख र सुविधाका पछि लागेर आफूलाई दिनप्रतिदिन बन्धनको दलदलमा फसाउँदै लगेका र अन्त्यमा जीवनलाई नष्ट गरेको विषयलाई यस लेखमा मूल रूपमा देखाइएको छ ।
Title: ‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
Description:
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका कारण सांसारिक बन्धनमा परी दुःख पाएको र अविद्याले गर्दा भौतिक सुखसुविधाका लागि भौँतारिएको विषयलाई यस लेखमा स्पष्ट पारिएको छ । गुणात्मक ढाँचामा तयार पारिएको यो लेखमा प्रयोग भएका सामग्रीहरू पुस्तकालय कार्यमार्फत सङ्कलन गरिएका छन् । यस अध्ययनमा उद्देश्यमूलक नमुना छनौट पद्धतिलाई अवलम्बन गरेर ‘ऐना’ कथासङ्ग्रहमा सङ्गृहीत ‘समाप्ति’ कथालाई चयन गरिएको छ र यो कृति प्राथमिक स्रोत सामग्री र अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित ग्रन्थहरू, समालोचनात्मक कृतिहरू, लेखहरू एवम् अनुसन्धनात्मक लेखहरू द्वितीय स्रोतका सामाग्री रहेका छन् । यस लेखमा अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यतालाई आधार मानेर कथाशंहरूलाई दृष्टान्त दिएर व्याख्यापरक विधिको प्रयोग गरी विश्लेषण गरिएको छ । यो अनुसन्धानात्मक लेख मूलतः एपिए शैलीमा आधारित छ । ‘समाप्ति’ कथामा मानिसहरू अज्ञानताले गर्दा जीवभाव व्याप्त भएर सांसारिक विषयसुखका पछि लागेर प्रवृत्त मार्गलाई समातेका कारण दुःख भोगेका विषयहरू अद्वैत वेदान्त दर्शनसँग सम्बन्धित छन् । कथामा जतिपनि पात्रहरूले दुःख भोगेका छन्; पागल बनेर हिँडेका छन् र कतिपय त सांसारिक विषयभोगकै कारण निराश बनी जँड्याहा भएर मृत्युवरणसमेत गरेका छन्; ती सबैको कारण जीवभाव नै हो भन्ने यस लेखको निष्कर्ष रहेको छ । मायाका कारण यहाँका पात्रहरू पारमार्थिक यथार्थबाट विमुख भई भौतिक सुख र सुविधाका पछि लागेर आफूलाई दिनप्रतिदिन बन्धनको दलदलमा फसाउँदै लगेका र अन्त्यमा जीवनलाई नष्ट गरेको विषयलाई यस लेखमा मूल रूपमा देखाइएको छ ।.
Related Results
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
छाडिएका भगवान् कथामा यथार्थवाद
छाडिएका भगवान् कथामा यथार्थवाद
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथाम...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधार...
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }
जरत्कारु उपन्यासमा नारीवाद { Feminism in Jaratkaru Novel }
प्रस्तुत अनुसन्धानमूलक समालोचनात्मक लेख जरत्कारु उपन्यासको विश्लेषणमा केन्द्रित रहेको छ । जरत्कारु पौराणिक विषयमा आधारित औपन्यासिक कृति हो । प्रस्तुत कृतिले अगस्त्य ऋषिका सन्तानमध्...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...

