Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन

View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई दृष्टान्तमार्फत विश्लेषण गरी तथ्य निरुपण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । ब्रह्मसूत्रका भाष्यकारहरूमध्ये सर्वश्रेष्ठ मानिने शङ्कराचार्यको अद्वैत वेदान्त दर्शनको ब्रह्म सत्य होे र ब्रह्मबाट भिन्न केही छैन भन्ने मान्यतालाई यस कवितामा कविले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष दिइएको छ । यस कवितामा सूर्यलाई ब्रह्मजस्तै सत्य, नित्य, सर्वशक्तिमान्, सर्वव्यापी, स्वप्रकाश, अमर र सार्वभौमशक्तिका रूपमा प्रस्तुत गरिएको छ । सारा ब्रह्माण्डकै सृष्टि, स्थिति र लयको कारण सूर्यलाई मान्दै कवितामा प्रभु, ईश्वर र जगदीश्वर भनेर कविले ब्रह्मचिन्तन प्रस्तुत गरेका छन् । जीवन जागृत गराउने शक्ति सूर्यमा मात्र भएको देखाउँदै ब्रह्मविना कसैको अस्तित्व छैन र एक मात्र सत्य ब्रह्म हो भन्ने अद्वैत वेदान्त दर्शनको मान्यतालाई यस लेखमा निचोडको रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा आधारित छ । सामग्री सङ्कलनमा पुस्तकालयीय कार्यलाई आधार मानिएको यस लेखमा सोउद्देश्यमूलक नमुना छनौट पद्धतिका माध्यमबाट अद्वैत वेदान्त दर्शनमा आधारित कविता ‘सूर्य–महिमा’ लाई छनौट गरिएको छ । अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ । कवितामा जसरी सूर्यलाई सारा विश्वब्रह्माण्डको केन्द्रभूत तत्त्व मानेर प्रस्तुत गरिएको छ, यसले यो कविता अद्वैत वेदान्त दर्शनको ब्रह्म र मोक्षसम्बन्धी चिन्तनमा आधारित रहेको स्पष्ट प्रमाणित हुन्छ ।
Nepal Journals Online (JOL)
Title: ‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
Description:
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई दृष्टान्तमार्फत विश्लेषण गरी तथ्य निरुपण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । ब्रह्मसूत्रका भाष्यकारहरूमध्ये सर्वश्रेष्ठ मानिने शङ्कराचार्यको अद्वैत वेदान्त दर्शनको ब्रह्म सत्य होे र ब्रह्मबाट भिन्न केही छैन भन्ने मान्यतालाई यस कवितामा कविले प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष दिइएको छ । यस कवितामा सूर्यलाई ब्रह्मजस्तै सत्य, नित्य, सर्वशक्तिमान्, सर्वव्यापी, स्वप्रकाश, अमर र सार्वभौमशक्तिका रूपमा प्रस्तुत गरिएको छ । सारा ब्रह्माण्डकै सृष्टि, स्थिति र लयको कारण सूर्यलाई मान्दै कवितामा प्रभु, ईश्वर र जगदीश्वर भनेर कविले ब्रह्मचिन्तन प्रस्तुत गरेका छन् । जीवन जागृत गराउने शक्ति सूर्यमा मात्र भएको देखाउँदै ब्रह्मविना कसैको अस्तित्व छैन र एक मात्र सत्य ब्रह्म हो भन्ने अद्वैत वेदान्त दर्शनको मान्यतालाई यस लेखमा निचोडको रूपमा प्रस्तुत गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा आधारित छ । सामग्री सङ्कलनमा पुस्तकालयीय कार्यलाई आधार मानिएको यस लेखमा सोउद्देश्यमूलक नमुना छनौट पद्धतिका माध्यमबाट अद्वैत वेदान्त दर्शनमा आधारित कविता ‘सूर्य–महिमा’ लाई छनौट गरिएको छ । अद्वैत वेदान्त दर्शनका मान्यताहरूलाई आधार मानेर कविताशंहरूलाई दृष्टान्त दिएर पाठपरक विधिमार्फत विश्लेषण गरिएको छ । कवितामा जसरी सूर्यलाई सारा विश्वब्रह्माण्डको केन्द्रभूत तत्त्व मानेर प्रस्तुत गरिएको छ, यसले यो कविता अद्वैत वेदान्त दर्शनको ब्रह्म र मोक्षसम्बन्धी चिन्तनमा आधारित रहेको स्पष्ट प्रमाणित हुन्छ ।.

Related Results

‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिस...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू ...

Back to Top