Javascript must be enabled to continue!
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
View through CrossRef
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइभारदारहरूलाई दरबारमा बोलाई राज्यसञ्चालनका लागि आवश्यक पर्ने नीति तथा सुझाव समेटेर दिएको मार्गदर्शनलाई ‘दिव्योपदेश’ (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग छलफल वा संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । समाज भाषाविज्ञानको सैद्धान्तिक धरातलमा रहेर दिव्योपदेशको विश्लेषण गर्दा शब्दस्रोत, ऐतिहासिकता, शैली, प्रयोजनपरकता, धर्मसंस्कृति, भाषाद्वैत सूक्तिमयता र ध्वनिपरिवर्तन आदि चल (आधार) लाई आधार मानिएको छ । उक्त चलका आधारमा विश्लेषण गर्दा दिव्योपदेशको भाषा केही जटिल, चोखो, मिठो र प्रभावकारी देखिन्छ । शाहले आफ्ना भाइभारदारहरूलाई राजनीति, युद्धनीति, अर्थनीति, परराष्ट्रनीति, व्यापारनीति, देशप्रेमनीति, कृषिनीति आदिका बारेमा महत्त्वपूर्ण उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचारहरू समसामयिक, ओजपूर्ण र प्रभावशाली छन् । यस्तो महत्त्वपूर्ण कृतिको समाज भाषावैज्ञानिक विश्लेषण भएको पाइँदैन । तसर्थ यस आलेखमा त्यही रिक्ततालाई पूर्णता दिँदै वर्तमानका पाठकलाई आकर्षित गर्ने गरी भाषिक अनुशीलन गरिएको छ । विचार र विषयवस्तुका दृष्टिले उत्कृष्ट दिव्योपदेशको भाषा मानक नेपाली नभएर मध्यकालीन नेपालीको कथ्य रूपमा छ । ऐतिहासिक भाषा वा कथ्य रूपलाई मानक रूपमा प्रस्तुत गर्दै अर्थ पनि दिइएकाले यो आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि बलियो रहेको दिव्योपदेशलाई यहाँ समाज भाषाविज्ञानका चलहरूका आधारमा विश्लेषण गरी समसामयिक महत्त्व रहेको निष्कर्ष निकालिएको छ ।
Title: दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
Description:
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइभारदारहरूलाई दरबारमा बोलाई राज्यसञ्चालनका लागि आवश्यक पर्ने नीति तथा सुझाव समेटेर दिएको मार्गदर्शनलाई ‘दिव्योपदेश’ (१८३१) भनिन्छ । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयीय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक तथा द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण÷साक्ष्य र दृष्टान्तका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग छलफल वा संवाद गर्दै आलेखलाई पूर्णता दिइएको हो । समाज भाषाविज्ञानको सैद्धान्तिक धरातलमा रहेर दिव्योपदेशको विश्लेषण गर्दा शब्दस्रोत, ऐतिहासिकता, शैली, प्रयोजनपरकता, धर्मसंस्कृति, भाषाद्वैत सूक्तिमयता र ध्वनिपरिवर्तन आदि चल (आधार) लाई आधार मानिएको छ । उक्त चलका आधारमा विश्लेषण गर्दा दिव्योपदेशको भाषा केही जटिल, चोखो, मिठो र प्रभावकारी देखिन्छ । शाहले आफ्ना भाइभारदारहरूलाई राजनीति, युद्धनीति, अर्थनीति, परराष्ट्रनीति, व्यापारनीति, देशप्रेमनीति, कृषिनीति आदिका बारेमा महत्त्वपूर्ण उपदेश दिएका छन् । दिव्योपदेशमा व्यक्त विचारहरू समसामयिक, ओजपूर्ण र प्रभावशाली छन् । यस्तो महत्त्वपूर्ण कृतिको समाज भाषावैज्ञानिक विश्लेषण भएको पाइँदैन । तसर्थ यस आलेखमा त्यही रिक्ततालाई पूर्णता दिँदै वर्तमानका पाठकलाई आकर्षित गर्ने गरी भाषिक अनुशीलन गरिएको छ । विचार र विषयवस्तुका दृष्टिले उत्कृष्ट दिव्योपदेशको भाषा मानक नेपाली नभएर मध्यकालीन नेपालीको कथ्य रूपमा छ । ऐतिहासिक भाषा वा कथ्य रूपलाई मानक रूपमा प्रस्तुत गर्दै अर्थ पनि दिइएकाले यो आलेखको औचित्य पुष्टि हुन्छ । समाजशास्त्रीय कोणबाट पनि बलियो रहेको दिव्योपदेशलाई यहाँ समाज भाषाविज्ञानका चलहरूका आधारमा विश्लेषण गरी समसामयिक महत्त्व रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
पं० जगन्नाथ के लोक साहित्य में सामाजिक मूल्य
सामाजिक मूल्य वे सिद्धांत हैं जो किसी भी समाज में लोगों के व्यवहार और क्रियाओं को नियंत्रित करते हैं। ये मूल्य सामाजिक व्यवहार, संवेदनशीलता और पारस्परिक सम्मान पर आधारित होते हैं औ...
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...
समकालीन विमर्श के विभिन्न आयाम
समकालीन विमर्श के विभिन्न आयाम
यह सदी विमर्शों की सदी है । यानि समाज की किसी भी समस्या पर चर्चा–परिचर्चा, संवाद, तर्क–वितर्क आदि । दूसरे शब्दों में कहा जाये तो जब व्यक्ति किसी समूह में किसी विषय पर चिन्तन अथचा च...
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
हिंदी साहित्य के इतिहास में मुंशी प्रेमचंद का स्थान अत्यंत महत्वपूर्ण है। उन्होंने अपनी कहानियों के माध्यम से भारतीय समाज की उस सच्चाई को प्रस्तुत किया, जिसे अक्सर उपेक्षित किया जा...
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
साहित्य की अहम विधा कहानी के माध्यम से मानव जीवन, उनके मूल्यों, अनुभवों को व्यक्त करती है। सिंधी भाषा में कहानी लेखन की परम्परा बहुत ही प्राचीन है, जिसकी जड़ें लोक कथाओं, धार्मिक व...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
विवाह में विवाद: भारतीय संस्कृति के संदर्भ में संभावित कारण और समाधान
विवाह में विवाद: भारतीय संस्कृति के संदर्भ में संभावित कारण और समाधान
विवाह में विवाद भारतीय समाज में एक व्यापक और महत्वपूर्ण मुद्दा है। यह न केवल दो व्यक्तियों के बीच का मामला होता है, बल्कि दो परिवारों और कभी-कभी पूरे समुदाय को प्रभावित करता है। इस...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...

