Javascript must be enabled to continue!
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
View through CrossRef
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू समुदायमा कम्लरी प्रथा विद्यमान रहेको तथ्यको उद्घाटनसँगै सामाजिक यथार्थको कुरूप पक्षको उद्घाटन गरिएको छ । त्यस समुदायमा मनाइने नयाँ वर्ष माघीको अवसरमा छोरीचेलीलाई कम्लरीको रूपमा मालिकलाई बिक्री गरिने सामाजिक यथार्थको अभिव्यक्ति छ । यस कवितासम्बन्धी पूर्वाध्ययनबाट प्रस्तुत दृष्टिकोणबाट अनुसन्धान नभएको रिक्तता पत्ता लगाई यो अध्ययन गरिएको हो । यसको विश्लेषणको लागि पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । यथार्थवादी दृष्टिकोणबाट अध्ययन गर्नु प्रस्तुत अनुसन्धानको सीमा हो । यथार्थवादमा लौकिक विषयवस्तुको प्रस्तुति र ग्रहण एवम् त्यसप्रतिको क्रिया प्रतिक्रिया नै मुख्य आधारको रूपमा रहेको हुन्छ । यस अनुसन्धानमा सामाजिक यथार्थको प्रयोग गरी विश्लेषण गरिएको छ । विवेच्य कवितामा माघीको अवसरमा मालिकको हातमा बेचिएकी चेलीले मालिकको घरमा भोग्नु परेका उत्पीडन, खप्की, शोषणको अभिव्यञ्जना छ । यसका साथै मालिकले कम्लरीको कौमार्यमाथि राखेको कुदृष्टि, यौनशोषणको कथाव्यथाका साथै कम्लरीले आफ्नो अस्तित्व रक्षार्थ गरेकी सङ्घर्षको सटीक प्रस्तुति छ ।
Title: कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
Description:
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू समुदायमा कम्लरी प्रथा विद्यमान रहेको तथ्यको उद्घाटनसँगै सामाजिक यथार्थको कुरूप पक्षको उद्घाटन गरिएको छ । त्यस समुदायमा मनाइने नयाँ वर्ष माघीको अवसरमा छोरीचेलीलाई कम्लरीको रूपमा मालिकलाई बिक्री गरिने सामाजिक यथार्थको अभिव्यक्ति छ । यस कवितासम्बन्धी पूर्वाध्ययनबाट प्रस्तुत दृष्टिकोणबाट अनुसन्धान नभएको रिक्तता पत्ता लगाई यो अध्ययन गरिएको हो । यसको विश्लेषणको लागि पाठ विश्लेषण विधिको उपयोग गरिएको छ । यथार्थवादी दृष्टिकोणबाट अध्ययन गर्नु प्रस्तुत अनुसन्धानको सीमा हो । यथार्थवादमा लौकिक विषयवस्तुको प्रस्तुति र ग्रहण एवम् त्यसप्रतिको क्रिया प्रतिक्रिया नै मुख्य आधारको रूपमा रहेको हुन्छ । यस अनुसन्धानमा सामाजिक यथार्थको प्रयोग गरी विश्लेषण गरिएको छ । विवेच्य कवितामा माघीको अवसरमा मालिकको हातमा बेचिएकी चेलीले मालिकको घरमा भोग्नु परेका उत्पीडन, खप्की, शोषणको अभिव्यञ्जना छ । यसका साथै मालिकले कम्लरीको कौमार्यमाथि राखेको कुदृष्टि, यौनशोषणको कथाव्यथाका साथै कम्लरीले आफ्नो अस्तित्व रक्षार्थ गरेकी सङ्घर्षको सटीक प्रस्तुति छ ।.
Related Results
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शन {Vedic Philosophies in ‘Dhan-Mahima’}
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘धन–महिमा’ कवितामा प्रस्तुत वैदिक दर्शनका मूलभूत मान्यताहरूको विश्लेषण गरिएको छ । धनलाई सर्वस्व ठानेर यसकोे पछि लागी धन थुपारेर मानिस...
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
प्रेमचंद की कहानियों में सामाजिक यथार्थ
हिंदी साहित्य के इतिहास में मुंशी प्रेमचंद का स्थान अत्यंत महत्वपूर्ण है। उन्होंने अपनी कहानियों के माध्यम से भारतीय समाज की उस सच्चाई को प्रस्तुत किया, जिसे अक्सर उपेक्षित किया जा...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...

