Javascript must be enabled to continue!
सँगिनीमा व्यक्त संस्कृति
View through CrossRef
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।
Title: सँगिनीमा व्यक्त संस्कृति
Description:
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा नारीहरूले उनीहरूका समस्याका साथै आफ्ना वेदना र पीडा कारुणिक रूपमा प्रस्तुत गर्दछन् । नेपालमा बसोवास गर्ने जातजातिका आआफ्नै सांस्कृतिक परम्परा रहेका छन् । नेपाली संस्कृति भन्नु नै अनेकतामा एकताको संस्कृति हो । सँगिनीका गायिकाहरूले कहिले विवाहका अवसरमा विवाह गर्नुपूर्व वरको परीक्षा लिने परम्परा रहेको छ भने आफूले मान्य व्यक्तिका घरमा भेट्न गएका अवसरमा केही लिएर जाने परम्परा रहेको छ । सानै उमेरमा विवाह बन्धनममा बाँधिएर टाढाटाढा खबर नपाई बाआमाका मृत्यु संस्कार भएको कुरामा समेत उपस्थिति जनाउन नपाउँदाको अवस्था र ज्योतिषीले ग्रहदशा हेर्दा मूल भेटेकी भनेपछि अन्धविश्वासका कारण छोरीलाई खोलामा बगाइदिने जस्ता कुराले नेपाली समाजका संंस्कारहरूलाई अभिव्यक्त गर्दछ । हाम्रा समाजमा विवाह गरिसकेपछि आजभोलि जस्तो तुरुन्त छोरीचेली घर पठाउने प्रचलन थिएन यसरी घर पठाउँदा जोडा वार्ष र शुक्रसामु भएका समयमा पठाइँदैन या कसैको मृत्यु भए उसको लासलाई बाटो मनि होइन बाटामाथि राखिदिनु भनेका जस्ता प्रसङ्गले नेपाली सांस्कृतिक परम्परालाई प्रकट गरेको छ । समाजमा आफू घरबाट बाहिर निस्कनु छ भने या कहीँ जानुभन्दा पूर्व केही नराम्रा सङ्केतहरू देखा परेमा अपसगुन र कहीँ जानका लागि कोसेलीका रूपमा रोटी पकाउँदा दँदेउरा हुनु या नसप्रिनु र घरबाट बाहिर निस्कँदा शिरको टोपी भुइँमा खस्नुले नेपाली परम्परालाई सङ्केत गर्दछ । तसर्थ सँगिनी नेपाली सांस्कृतिक परम्पराको एक महत्त्वपूर्ण पहिचानको आधार भएको हुँदा लेखमा उदाहरण दिएर परिचित गराउन प्रयत्न गरिएको छ ।.
Related Results
भूमण्डलीकरण का हिन्दी उपन्यासो पर प्रभाव
भूमण्डलीकरण का हिन्दी उपन्यासो पर प्रभाव
भूमण्डलीकरण एक ऐसी अवधारण है जो पूरे विश्व में एक ऐसी संस्कृति विकसित करती है, जो पूरे भूमण्डल को एक विश्वग्राम बनाने के लिए तत्पर हो । भारतीय संस्कृति हमेशा से सर्वसमावेशी रही है,...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
'मानसि' उपन्यासमा लैंगिकता {Sexuality in the Novel 'Manasi'}
प्रस्तुत लेखमा बलदेव मजगैयाँद्वारा रचित ‘मानसी’ उपन्यासको लैङ्गिकताको अध्ययन गरिएको छ । लैङ्गिक समालोचनाले कृति विश्लेषणका लागि अगाडि सारेका पितृसत्ता, शरीर, लैङ्गिक विभेद, लैङ्गिक...
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
सप्तविधानुत्तर पूजा Saptavidhanuttar Puja
बौद्ध धर्ममा, जहाँ जहाँ गयो त्यहाँ त्यहाँ कै संस्कृति र परम्परा मिसिएर स्थानअनुसारकोस्वरुप पाउँदछौ । जस्तैः चाइनिज, जापानिज, श्रीलंकन, थाइ, ताइवानी, बर्मेली,भुटानी, कोरियन आदि बुद्...
विवाह में विवाद: भारतीय संस्कृति के संदर्भ में संभावित कारण और समाधान
विवाह में विवाद: भारतीय संस्कृति के संदर्भ में संभावित कारण और समाधान
विवाह में विवाद भारतीय समाज में एक व्यापक और महत्वपूर्ण मुद्दा है। यह न केवल दो व्यक्तियों के बीच का मामला होता है, बल्कि दो परिवारों और कभी-कभी पूरे समुदाय को प्रभावित करता है। इस...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
इस्मालीको ‘माछो माछो भ्यागुतो’कथालाई आञ्चलिकताका आधारमा विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेषका रीतिस्थिति, चालचलन, रहनसहन, संस्कार, संस्कृति आदि विविध पक्षहरूको ...
हिंदी दलित साहित्य: विमर्श और चुनौती
हिंदी दलित साहित्य: विमर्श और चुनौती
दलित साहित्य हिंदी साहित्य की एक महत्वपूर्ण धारा है जो सामाजिक अन्याय, शोषण, भेदभाव और जातिवादी व्यवस्था के विरुद्ध आवाज़ उठाता है। यह साहित्य दलितों के अनुभवों, संघर्षों, पीड़ाओं ...

