Javascript must be enabled to continue!
अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
View through CrossRef
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।
Title: अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
Description:
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आधारमा विश्लेषण गरिएको छ । सर्वप्रथम अश्वत्थामा गीति नाटकको सूक्ष्मपठन गरी सशक्त रूपमा ध्वन्यात्मक अभिव्यक्ति भएका केही पङ्क्तिहरू ठम्याई तिनको ध्वन्यात्मक अभिव्यञ्जनाको गवेषण गरिएको छ अनि आफ्नो शिरमा कहिल्यै निको नहुने घाउ र कहिल्यै नमेटिने युद्धापराधको कलङ्क बोकेर अनन्त कालसम्म अभिशप्त जीवन बाँच्न विवश अश्वत्थामाको पश्चात्ताप एवं प्रायश्चित्तका माध्यमबाट जैविक, रासायनिक एवं पारमाणविक शस्त्रास्त्रको आविष्कार गरेर युद्धको होडबाजी गरी सम्पूर्ण सृष्टिलाई सङ्कटमा पार्न युद्धपिपासुहरूले गरेका तथा गर्न सक्ने जघन्य युद्धअपराधप्रति मानव जातिलाई सजग गराउँदै युद्धबाट कसैको कल्याण नहुने र अन्ततः युद्धपिपासुहरूका लागि पनि युद्ध अभिशाप नै साबित हुने कुरा अभिव्यञ्जित गरिएको कुरा औँल्याइएको छ । अश्वत्थामाका माध्यमबाट सम्भाव्य भावी युद्धको पूर्वपीडालाई कलात्मक रूपमा प्रस्तुत गरी संवेदनाशून्य मानवमा मानवीय संवेदना एवं सजगता जगाउने प्रयास गरिएको यो नाटक युद्धविरोधी चेतनाको सशक्त अभिव्यञ्जन गर्न सफल छ । यस्तो सघन भाव एवं अनुभूतिलाई पनि सहज, सरल र कलात्मकरूपमा ध्वनित गरिनु नै यस गीतिनाटकको सबल पक्ष हो । आचार्य आनन्दवर्धनको काव्य चिन्तनका आधारमा यो गीतिनाटक ध्वनिकाव्यका कोटिमा पर्न आउँछ भन्ने निष्कर्ष दिइएको छ ।.
Related Results
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण
दिव्योपदेशको समाज भाषावैज्ञानिक विश्लेषण’ शीर्षकको यो आलेख समाज भाषावैज्ञानिक सिद्धान्तको पृष्ठभूमिमा दिव्योपदेशको विश्लेषण गर्ने उद्देश्यले तयार गरिएको हो । पृथ्वीनारायण शाहले भाइ...
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
सामाजिक मानवशास्त्रको दृष्टिमा परिवार
समाजशास्त्री एवम् मानवशास्त्रीहरूले परिवारलाई सामाजिक र जैविक दुवै खालको सम्बन्धको एकीकृत स्वरूपको रूपमा चर्चा गर्ने गरेका छन् । यसै सन्दर्भमा यस आलेखको मूल ध्येय सामाजिक मानवशास्त...
भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
उच्च शिक्षा शिक्षणमा प्रविधिको प्रयोगको अवस्था
नेपालमा उच्च शिक्षाको सुरुवात वि.सं. १९७५ मा त्रिचन्द्र कलेजको स्थापनासँगैै भएको मानिन्छ । बढ्दो विश्वव्यापीकरण, प्रविधिको विस्तार तथा शिक्षण सिकाइमा आएको नवीनतम् प्रविधिको प्रयोगल...
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति 2020 और शिक्षक उत्तरदायित्व: एक विश्लेषण
राष्ट्रीय शिक्षा नीति (एनईपी) 2020 भारत के शैक्षिक परिदृश्य में एक परिवर्तनकारी बदलाव का प्रतीक है, जिसका लक्ष्य देश की शिक्षा प्रणाली को 21वीं सदी के वैश्विक मानकों के अनुरूप बनान...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
राजेश्वरी खण्डकाव्यमा काव्यगुण (Rajeshwari Khandakabyama Kabyaguna)
प्रस्तुत लेखमा राजेश्वरी खण्डकाव्यलाई काव्यगुणका आधारमा विश्लेषण गरिएको छ । गुणात्मक अनुसन्धान विधि र पाठविश्लेषण ढाँचामा तयार हुने यस लेखमा सामग्रीको स्रोत पुस्तकालय हो । पाठविश्ल...

