Javascript must be enabled to continue!
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
View through CrossRef
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित भएको पाइन्छ । समाजमा रहेका विकृति र वसिङगतिप्रति सशक्त प्रहार गरी त्यस्ता प्रवृत्तिमा परिष्कारको काम व्यङग्य चेतनाले गर्दछ । व्यक्ति, समाज तथा राष्ट्रिय स्तरमा झाँगिएका खराब प्रवृत्तिप्रतिको विमति व्यङग्य लेखनको उद्देश्य हो । । रामप्रसाद अर्यालका निबन्धमा समाजका विभिन्न क्षेत्रमा फैलिएका बेथितिप्रतिको प्रहार पाइन्छ । यिनको घुस्सा निबन्धसङग्रहका सबैजसो निबन्धमा कुनै न कुनै पक्षलाई व्यङग्य प्रहार गरिएको छ । नेपाली समाजमा लोकतान्त्रिक तथा गणतान्त्रिक समयमा बढदै गएको स्वच्छन्दता र मानिसहरू नैतिक कर्तव्यमा नरहने प्रवृत्तिले गर्दा सबैजसो क्षेत्रमा अस्तव्यस्तता छाएको देखिन्छ । यस्ता कुराले जताततै समस्या निम्त्याएको छ । त्यस्ता प्रवृत्ति नहटेसम्म समाज अगाडि नबढने निष्कर्ष लेखकको रहेको छ । अर्यालका निबन्धले समाजका विद्रुप र अकर्मण्य अवस्थाप्रति प्रहार गरी स्वस्थ समाजको अपेक्षा राखेको हुनाले यिनका निबन्धलाई व्यङग्यको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी व्यङग्यको सैद्धान्तिक अवधारणालाई प्रकाश पारी विश्लेष्य निबन्धसङग्रहमा प्रस्तुत व्यङग्यको पक्षलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । अर्यालको उक्त सङग्रहमा आम नेपाली जनताले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्याका रूपमा रहेको ढिलासुस्ती र अधिकारको दुरुपयोगलाई कृतिमा केन्द्रित गरिएको पाइन्छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘घुस्सा’ निबन्धसङग्रहमा व्यङग्य चेतना के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही व्यङग्यको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य निबन्धसङग्रहको विषयवस्तु र सामाजिक सांस्कृतिक रूपमा कलङकित मानिएका व्यवहार देखाउनेहरूलाई धज्जी उडाउने काम गरिएकाले विश्लेष्य निबन्धसङग्रहमा व्यङग्य चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
Title: घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
Description:
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित भएको पाइन्छ । समाजमा रहेका विकृति र वसिङगतिप्रति सशक्त प्रहार गरी त्यस्ता प्रवृत्तिमा परिष्कारको काम व्यङग्य चेतनाले गर्दछ । व्यक्ति, समाज तथा राष्ट्रिय स्तरमा झाँगिएका खराब प्रवृत्तिप्रतिको विमति व्यङग्य लेखनको उद्देश्य हो । । रामप्रसाद अर्यालका निबन्धमा समाजका विभिन्न क्षेत्रमा फैलिएका बेथितिप्रतिको प्रहार पाइन्छ । यिनको घुस्सा निबन्धसङग्रहका सबैजसो निबन्धमा कुनै न कुनै पक्षलाई व्यङग्य प्रहार गरिएको छ । नेपाली समाजमा लोकतान्त्रिक तथा गणतान्त्रिक समयमा बढदै गएको स्वच्छन्दता र मानिसहरू नैतिक कर्तव्यमा नरहने प्रवृत्तिले गर्दा सबैजसो क्षेत्रमा अस्तव्यस्तता छाएको देखिन्छ । यस्ता कुराले जताततै समस्या निम्त्याएको छ । त्यस्ता प्रवृत्ति नहटेसम्म समाज अगाडि नबढने निष्कर्ष लेखकको रहेको छ । अर्यालका निबन्धले समाजका विद्रुप र अकर्मण्य अवस्थाप्रति प्रहार गरी स्वस्थ समाजको अपेक्षा राखेको हुनाले यिनका निबन्धलाई व्यङग्यको सैद्धान्तिक मान्यतालाई उपयोग गरी विश्लेषण गरिएको छ । प्रस्तुत लेखमा आवश्यक सामग्री प्रथम र द्वितीयक स्रोतबाट लिइएको छ । प्राथमिक तथा द्वितीयक सामग्रीको उपयोग गरी व्यङग्यको सैद्धान्तिक अवधारणालाई प्रकाश पारी विश्लेष्य निबन्धसङग्रहमा प्रस्तुत व्यङग्यको पक्षलाई खोजी गर्ने काम यस लेखमा गरिएको छ । अर्यालको उक्त सङग्रहमा आम नेपाली जनताले भोगेका वास्तविक समस्यालाई प्रकाश पारिएको छ । वर्तमान नेपाली समाजको जल्दोबल्दो समस्याका रूपमा रहेको ढिलासुस्ती र अधिकारको दुरुपयोगलाई कृतिमा केन्द्रित गरिएको पाइन्छ । कृतिको अर्थापनका लागि सघन पाठविश्लेषण विधिअनुसार गुणात्मक प्रकृतिको अध्ययन विश्लेषण गरी स्थापित सिद्धान्तका आधारमा परिणाम निकालिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । ‘घुस्सा’ निबन्धसङग्रहमा व्यङग्य चेतना के कसरी प्रयोग भएको छ ? भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही व्यङग्यको सैद्धान्तिक पर्याधारका सापेक्षमा विश्लेषण गरिएको छ । विश्लेष्य निबन्धसङग्रहको विषयवस्तु र सामाजिक सांस्कृतिक रूपमा कलङकित मानिएका व्यवहार देखाउनेहरूलाई धज्जी उडाउने काम गरिएकाले विश्लेष्य निबन्धसङग्रहमा व्यङग्य चेतना सशक्त रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
Life Values in Usha Kiran Soni’s Stories
Life Values in Usha Kiran Soni’s Stories
Usha Kiran Soni’s stories significantly contribute to Hindi literature by vividly portraying life values. Her works highlight women’s consciousness, self-respect, and social realit...
चेतनाको चित्कारमा प्रगतिशील चेतना
चेतनाको चित्कारमा प्रगतिशील चेतना
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएक...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
दलित चेतना और हिन्दी पत्रकारिता
दलित चेतना और हिन्दी पत्रकारिता
हिन्दी दलित पत्रकारिता का इतिहास लगभग 150 वर्शों से भी अधिक पुराना है। दलित पत्रकारिता की षुरूआत मराठी भाशा में प्रकाषित पत्रिकाओं के माध्यम से हुई। कालांतर में हिन्दी भाशा में भी ...
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
लँय् लूम्ह उपन्यासय् लैङ्गिक सीमान्त
‘लँय् लूम्हʼ उपन्यास मय्जु शशिकला मानन्धरया निगूगु उपन्यास खः । शशिकला नेवाः समाजय् मिसातसें फय्माःगु समस्या, व्यथायात आख्यान रूप बीम्ह उपन्यासकार खः । वय्कःया उपन्यासय् मिसात प...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
देवकोटाका काव्यमा रहस्यवादी चेतना
देवकोटाका काव्यमा रहस्यवादी चेतना
रहस्यवाद मानवीय संज्ञानको एउटा महवपूर्ण वृत्ति हो । यसले इन्द्रिय भन्दा परका सत्य तथ्यलाई अनुभूतिको विषय बनाएर ग्राह्य बनाउँछ । यस लेखमा लक्ष्मीप्रसाद देवकोटाका कृतिलाई प्राथमिक स्...

