Javascript must be enabled to continue!
जयराज भट्टराईको फ्राइडे कन्फ्यूजनमा सामयिक चेतना
View through CrossRef
प्रस्तुत आलेखमा कथाकार जयराज भट्टराईको कथा सङ्ग्रह ‘फ्राइडे कन्फ्युजन’भित्रका कथामा सामयिक चेतनाको खोजी गर्ने उद्देश्य राखिएको छ । यो आलेख तयार गर्न पुस्तकालयीय पद्धतिमा केन्द्रित रहेर गुणात्मक अध्ययन र व्याख्यान पद्धतिको अनुसरण गरिएको छ । खासगरी आजको नवीन सोच र चिन्तनको परिप्रेक्ष्यमा कथाहरूले कसरी सामयिक चेतना प्रस्तुत कुराको खोजी कथामा गरिएको छ । उत्तरआधुनिक चेतमा रहेर लेखकले समयलाई कथामा कसरी प्रवेश गराएका छन् भन्ने ध्येय यसमा छ । वर्तमान परिवेशमा युवापुस्ता वैदेशिक रोजगारीका नाममा देश छाड्न बाध्य छ । विदेशमा अनेकौँ हण्डर, ठक्कर खाएर पनि घरका लागि जागिरमा बस्न विवश छ । देशभित्रै पनि सत्ताको राजनीति गर्नेहरूले सर्वसाधारणलाई अनेकौँ प्रलोभन देखाएर सत्ता हत्याइरहेका छन् । ज्येष्ठ नागरिकहरूका आफ्नै समस्याहरू छन् । गरिबीको चपेटामा परेका श्रमजीवीका समस्याहरू छन् । देशभित्र पनि श्रमजीवीहरू नै पीडामा छन्, विदेशमा पनि श्रमजीवीहरू नै पीडामा छन् । सहरमा पनि उनीहरू नै पीडामा छन् । गाउँमा पनि उनीहरू नै पीडामा छन् । तिनै पीडैपीडाका अनन्त शृङ्खलाहरू कथाकार भट्टराईका ‘फ्राइडे कन्फ्युजन’ संग्रहका कथाभित्र समेटिएका छन् । तिनै कथामा भेटिएका समस्याहरू युगीन चेतनामा विचार सम्प्रेषण गर्न कति सबल र सफल छन् भन्ने कुराको खोजी यहाँ भएको छ । सबैजसो कथाका मूलपात्रहरू उपल्ला पात्रहरूको सिकार भएका छन् । आफ्नै कार्यालयको हाकिम, काम लगाउने मान्छे, काम दिने कम्पनी, टाठो छिमेकी, आफ्नै श्रीमान्, धूर्त राजनेता आदि जस्ताहरूबाट आफ्नै मातहतको सानो मान्छे सिकार भएको छ । आर्थिक जटिलताबाट पीडित भएकाहरू त्यसका विरुद्धमा सशक्त एकजुट भएर प्रतिकार गर्नसक्ने अवस्था कतै बन्न सकेको छैन । विद्रोह गरेर परिवर्तन गर्ने भन्दा पनि अवस्थाको चित्रण गर्ने भावात्मक युद्ध भएका यस सङ्ग्रहका कथाले सामयिक चेतना प्रस्तुत गरेका छन् ।
Title: जयराज भट्टराईको फ्राइडे कन्फ्यूजनमा सामयिक चेतना
Description:
प्रस्तुत आलेखमा कथाकार जयराज भट्टराईको कथा सङ्ग्रह ‘फ्राइडे कन्फ्युजन’भित्रका कथामा सामयिक चेतनाको खोजी गर्ने उद्देश्य राखिएको छ । यो आलेख तयार गर्न पुस्तकालयीय पद्धतिमा केन्द्रित रहेर गुणात्मक अध्ययन र व्याख्यान पद्धतिको अनुसरण गरिएको छ । खासगरी आजको नवीन सोच र चिन्तनको परिप्रेक्ष्यमा कथाहरूले कसरी सामयिक चेतना प्रस्तुत कुराको खोजी कथामा गरिएको छ । उत्तरआधुनिक चेतमा रहेर लेखकले समयलाई कथामा कसरी प्रवेश गराएका छन् भन्ने ध्येय यसमा छ । वर्तमान परिवेशमा युवापुस्ता वैदेशिक रोजगारीका नाममा देश छाड्न बाध्य छ । विदेशमा अनेकौँ हण्डर, ठक्कर खाएर पनि घरका लागि जागिरमा बस्न विवश छ । देशभित्रै पनि सत्ताको राजनीति गर्नेहरूले सर्वसाधारणलाई अनेकौँ प्रलोभन देखाएर सत्ता हत्याइरहेका छन् । ज्येष्ठ नागरिकहरूका आफ्नै समस्याहरू छन् । गरिबीको चपेटामा परेका श्रमजीवीका समस्याहरू छन् । देशभित्र पनि श्रमजीवीहरू नै पीडामा छन्, विदेशमा पनि श्रमजीवीहरू नै पीडामा छन् । सहरमा पनि उनीहरू नै पीडामा छन् । गाउँमा पनि उनीहरू नै पीडामा छन् । तिनै पीडैपीडाका अनन्त शृङ्खलाहरू कथाकार भट्टराईका ‘फ्राइडे कन्फ्युजन’ संग्रहका कथाभित्र समेटिएका छन् । तिनै कथामा भेटिएका समस्याहरू युगीन चेतनामा विचार सम्प्रेषण गर्न कति सबल र सफल छन् भन्ने कुराको खोजी यहाँ भएको छ । सबैजसो कथाका मूलपात्रहरू उपल्ला पात्रहरूको सिकार भएका छन् । आफ्नै कार्यालयको हाकिम, काम लगाउने मान्छे, काम दिने कम्पनी, टाठो छिमेकी, आफ्नै श्रीमान्, धूर्त राजनेता आदि जस्ताहरूबाट आफ्नै मातहतको सानो मान्छे सिकार भएको छ । आर्थिक जटिलताबाट पीडित भएकाहरू त्यसका विरुद्धमा सशक्त एकजुट भएर प्रतिकार गर्नसक्ने अवस्था कतै बन्न सकेको छैन । विद्रोह गरेर परिवर्तन गर्ने भन्दा पनि अवस्थाको चित्रण गर्ने भावात्मक युद्ध भएका यस सङ्ग्रहका कथाले सामयिक चेतना प्रस्तुत गरेका छन् ।.
Related Results
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
भूकम्प प्रार्थना कवितासङ्ग्रहमा अभिघात चेतना {Trauma Awareness in Bhukampa Prarthana Poems Collection}
प्रस्तुत लेखमा कवि गोविन्दराज भट्टराईको 'भूकम्प प्रार्थना’ कवितासङ्ग्रहभित्रका कवितामा निहित अभिघातको अवस्थालाई प्रकाश पार्ने काम गरिएको छ । २०७२ सालको भूकम्पले सिर्जना गरेको त्रास...
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
Shiksha ka Dalit Chetana ke Vikas me Yogdan evn Mahatva
सारांश
भारत जैसे विविध जातीय संरचना वाले समाज में शिक्षा ने दलित चेतना को विकसित करने में अत्यंत महत्वपूर्ण भूमिका निभाई है। ऐतिहासिक रूप से जातिगत भेदभाव के कारण दलित समुदाय को शि...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतना {Class Consciousness in Rishiraj Baral's Novels}
प्रस्तुत लेख ऋषिराज बरालका उपन्यासमा वर्गीय चेतनाको अध्ययनमा आधारित छ । नेपाली समाजको वर्गीय विषमताको विरुद्धमा सङ्घर्षरत जनताले देखाएको साहस र वलिदान तथा सामाजिक, राजनीतिक विकृति ...
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद्
प्रतिष्ठा उपनिषद् एक मौलिक दार्शनिक ग्रन्थ है, जिसका उद्देश्य "प्रतिष्ठा" की प्रचलित सामाजिक अवधारणा का पुनर्विचार करते हुए उसके वास्तविक आध्यात्मिक स्वरूप का उद्घाटन करना है। यह ग...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
Jagdish Chandra Gupta's poetry: Social concerns
Jagdish Chandra Gupta's poetry: Social concerns
Literature is a powerful medium of expression of social consciousness. A writer or poet is also a member of the society, who has his own social position, he is also social. Literat...
हंस उपन्यासमा पर्यावरण चेतना
हंस उपन्यासमा पर्यावरण चेतना
प्रस्तुत लेख उपन्यासकार जीव उप्रेतीको हंस उपन्यासमा गहन पर्यावरण चेतना अध्ययनमा केन्द्रित छ । गहन पर्यावरणसम्बन्धी दृष्टिकोणमा पृथ्वीको सतहमा रहेका हरेक जैविक तथा अजैविक प्रणालीका ...

