Javascript must be enabled to continue!
शोधप्रस्तावका प्रमुख अङ्गहरू
View through CrossRef
प्रस्तुत लेख शोधप्रस्ताव र यसका प्रमुख अङ्गहरूको चर्चामा आधारित रहेको छ । यस लेखमा शोधप्रस्तावका विभिन्न अङ्गहरू ः अध्ययनको पृष्ठभूमि, समस्याकथन, अध्ययनको उद्देश्य, अनुसन्धान प्रश्न, प्राक्कल्पना, पूर्वकार्यको पुनरावलोकन, अध्ययनको औचित्य, अध्ययन विधि र प्रक्रिया, अध्ययनको परिसीमा, प्रमुख शब्दावलीको परिभाषालगायतको सूक्ष्म व्याख्या–विश्लेषण गरिएको छ । शोधप्रस्तावको परिचय दिनु, शोधप्रस्तावका अङ्गहरू प्रस्तुत गर्नु, शोधप्रस्तावका अङ्गहरूको चर्चा गर्नु प्रस्तुत लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । यस लेखमा शोधप्रस्ताव र यसका अङ्गहरूको चर्चार्थ यसबारे व्याख्या–विश्लेषण गरिएका अङ्ग्रेजी तथा नेपाली सैद्धान्तिक सामग्रीहरूको सङ्कलन गरी आवश्यक कुराहरू ग्रहण गरिएको छ । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस लेखमा प्राप्त तथ्य एवम् सूचनाहरूको व्याख्या विश्लेषणका लागि व्याख्यात्मक, विश्लेषणात्मक एवम् समीक्षात्मक विधिको अवलम्बन गरिएको छ । जसका आधारमा शोधप्रस्ताव अनुसन्धानपूर्व आवश्यक शोधमार्गका रूपमा रहेको, हरेक अनुसन्धानमा शोधप्रस्ताव आरम्भिक कार्यका रूपमा रहेको, यसका विविध अङ्गहरूको उपयुक्त प्रस्तुतिले शोधकार्य सहज तरिकाले सम्पन्न गर्न सकिने अवस्था रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले शोधप्रस्ताव, यसका अङ्ग र यसको लेखनबारे जानकारी राख्न इच्छुक विद्यार्थी, शिक्षक, शोधार्थी, लेखक, तथा विषय विशेषज्ञलाई समेत आवश्यक कुराहरू ग्रहण गर्न सघाउने अपेक्षा गरिएको छ ।
Title: शोधप्रस्तावका प्रमुख अङ्गहरू
Description:
प्रस्तुत लेख शोधप्रस्ताव र यसका प्रमुख अङ्गहरूको चर्चामा आधारित रहेको छ । यस लेखमा शोधप्रस्तावका विभिन्न अङ्गहरू ः अध्ययनको पृष्ठभूमि, समस्याकथन, अध्ययनको उद्देश्य, अनुसन्धान प्रश्न, प्राक्कल्पना, पूर्वकार्यको पुनरावलोकन, अध्ययनको औचित्य, अध्ययन विधि र प्रक्रिया, अध्ययनको परिसीमा, प्रमुख शब्दावलीको परिभाषालगायतको सूक्ष्म व्याख्या–विश्लेषण गरिएको छ । शोधप्रस्तावको परिचय दिनु, शोधप्रस्तावका अङ्गहरू प्रस्तुत गर्नु, शोधप्रस्तावका अङ्गहरूको चर्चा गर्नु प्रस्तुत लेखका मुख्य उद्देश्यका रूपमा रहेका छन् । यस लेखमा शोधप्रस्ताव र यसका अङ्गहरूको चर्चार्थ यसबारे व्याख्या–विश्लेषण गरिएका अङ्ग्रेजी तथा नेपाली सैद्धान्तिक सामग्रीहरूको सङ्कलन गरी आवश्यक कुराहरू ग्रहण गरिएको छ । प्रस्तुत लेखमा मूलतः गुणात्मक अनुसन्धान विधिको प्रयोग गरिएको छ । यस क्रममा पुस्तकालयीय कार्यका माध्यमबाट सोद्देश्यमूलक तरिकाले सामग्रीहरूको सङ्कलन गरिएको छ । यस लेखमा प्राप्त तथ्य एवम् सूचनाहरूको व्याख्या विश्लेषणका लागि व्याख्यात्मक, विश्लेषणात्मक एवम् समीक्षात्मक विधिको अवलम्बन गरिएको छ । जसका आधारमा शोधप्रस्ताव अनुसन्धानपूर्व आवश्यक शोधमार्गका रूपमा रहेको, हरेक अनुसन्धानमा शोधप्रस्ताव आरम्भिक कार्यका रूपमा रहेको, यसका विविध अङ्गहरूको उपयुक्त प्रस्तुतिले शोधकार्य सहज तरिकाले सम्पन्न गर्न सकिने अवस्था रहेको लगायतका निष्कर्ष निकालिएको छ । प्रस्तुत लेखले शोधप्रस्ताव, यसका अङ्ग र यसको लेखनबारे जानकारी राख्न इच्छुक विद्यार्थी, शिक्षक, शोधार्थी, लेखक, तथा विषय विशेषज्ञलाई समेत आवश्यक कुराहरू ग्रहण गर्न सघाउने अपेक्षा गरिएको छ ।.
Related Results
प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
प्रसंगः स्थानीय सरकार सञ्चालनको सातवर्ष प्रमुख प्रशासकीय अधिकृतको भूमिका र अभिमत
नेपालको संघीय प्रणाली र स्थानीय सरकारहरूको सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृतहरूको महत्वपूर्ण भूमिका र कर्तव्यहरूको विश्लेषण गरिएको छ । संघीय संरचनामा तीन तहका सरकारहरूको स्थापना भए...
शोधप्रस्तावको ढाँचाः एक अध्ययन
शोधप्रस्तावको ढाँचाः एक अध्ययन
यस अनुसन्धानमूलक लेखमा शोधप्रस्तावका अङ्गहरू विषय परिचय, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, औचित्य, सीमा र विधिलाई क्रमैसँगै चर्चा गरिएको छ । यस कार्यका लागि विश्लेषणात्मक ...
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
ग्यास च्याम्बरको मृत्यु कथामा सांस्कृतिक प्रभुत्व
आर्जित शक्तिका पृष्ठभूमिमा रही हिटलरले विकास गरेको दमनकारी चरित्रलाई ग्यास च्याम्बरको मृत्यु कथामा अभिव्यक्त गरिएको छ । यहुदीविनाशका नाममा हिटलरले कायम गरेको जातीय प्रभुत्व यस कथाक...
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
राजभण्डार महाराजथानः सांस्कृतिक अध्ययन {Cultural Study of Rajbhandar Maharajsthan}
ग्रामथान गाउँका स्थानीय मिलेर सामूहिक रुपमा ग्रामीण देउदेउताको पूजाउपासना गर्ने उद्देश्यले निर्माण गरिएका देवस्थल हुन् । स्थानीय क्षेत्रमा असलर उदाहरणीय कार्य गरी ख्याति आर्जन गरेक...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
सिन्धी कहानी-लेखन : ऐतिहासिक विश्लेषण
साहित्य की अहम विधा कहानी के माध्यम से मानव जीवन, उनके मूल्यों, अनुभवों को व्यक्त करती है। सिंधी भाषा में कहानी लेखन की परम्परा बहुत ही प्राचीन है, जिसकी जड़ें लोक कथाओं, धार्मिक व...
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
भारत में सूचना का अधिकार और सुशासन: पारदर्शिता, जवाबदेही और नागरिक सशक्तीकरण का संस्थागत विश्लेषण
सूचना का अधिकार (RTI) आधुनिक लोकतांत्रिक शासन में पारदर्शिता, उत्तरदायित्व और नागरिक सशक्तिकरण का एक महत्वपूर्ण उपकरण है। भारत में सूचना का अधिकार अधिनियम, 2005 प्रशासनिक कार्यप्रण...

