Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

शोधप्रस्तावको ढाँचाः एक अध्ययन

View through CrossRef
यस अनुसन्धानमूलक लेखमा शोधप्रस्तावका अङ्गहरू विषय परिचय, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, औचित्य, सीमा र विधिलाई क्रमैसँगै चर्चा गरिएको छ । यस कार्यका लागि विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । शोधप्रस्ताव लेखनु अघि संक्षिप्त, अर्थपूर्ण, स्पष्ट र आकर्षक तथा मौलिक, नवीन र समस्याकेन्द्री शोध शीर्षक चयन गर्नुपर्छ । शोध्य विषयको जिज्ञासा वा शोधसमस्या समाधान गर्नका लागि त्रिमुखी प्रकृतिका के, किन र कसरीजस्ता प्रश्नवाचक शब्द राखेर शोध प्रश्न निर्माण गर्नुपर्ने हुन्छ । यस्ता प्रश्नमा केन्द्रित भएर विषयवस्तुको समीक्षा गर्ने, विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने उद्देश्य शोध उद्देश्यमा राख्नुपर्छ । शोध रिक्तताको पहिचान गरी निश्चित सिद्धान्त वा अवधारणा, त्यसको प्रयोग र शोध शीर्षकसँग सम्बन्धित साहित्यको पूर्वकार्यको समीक्षामा केन्द्रित भएर तीन खण्डमा अध्ययन गर्नुपर्ने हुन्छ । शोधको औचित्य पुष्टि गर्न अनुसन्धान गर्नुपर्ने कारण, वर्तमान सन्दर्भमा यसको आवश्यकता प्रस्ट रूपमा उल्लेख गर्नुपर्छ । सामग्री सङ्कलन गर्दा पुस्कालयीय कार्य वा क्षेत्रकार्य गर्नुपर्ने हुन्छ । क्षेत्रकार्य गर्दा प्रश्नावली, सामूहिक छलफल, विद्युतीय माध्यमद्वारा अन्तरक्रिया र अवलोकन विधिको उपयोग गर्नुपर्ने हुन्छ । यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शोधकार्यको आवश्यकताका आधारमा नमुना छनोट विधि वा समष्टि विधिको उपयोग गर्नुपर्ने हुन्छ । नमुना छनोट विधि–अन्तर्गत उद्देश्यमूलक, यादृच्छिक, गुच्छ र हिमगोल विधि पर्दछन् । यसरी तयार गरिएको अनुसन्धानमूलक लेख शोधकार्यमा अभिरुचि भएका शोधार्थी तथा विद्यार्थीहरूका लागि उपयोगी हुने देखिन्छ ।
Title: शोधप्रस्तावको ढाँचाः एक अध्ययन
Description:
यस अनुसन्धानमूलक लेखमा शोधप्रस्तावका अङ्गहरू विषय परिचय, समस्याकथन, उद्देश्य, पूर्वकार्यको समीक्षा, औचित्य, सीमा र विधिलाई क्रमैसँगै चर्चा गरिएको छ । यस कार्यका लागि विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । शोधप्रस्ताव लेखनु अघि संक्षिप्त, अर्थपूर्ण, स्पष्ट र आकर्षक तथा मौलिक, नवीन र समस्याकेन्द्री शोध शीर्षक चयन गर्नुपर्छ । शोध्य विषयको जिज्ञासा वा शोधसमस्या समाधान गर्नका लागि त्रिमुखी प्रकृतिका के, किन र कसरीजस्ता प्रश्नवाचक शब्द राखेर शोध प्रश्न निर्माण गर्नुपर्ने हुन्छ । यस्ता प्रश्नमा केन्द्रित भएर विषयवस्तुको समीक्षा गर्ने, विश्लेषण गर्ने र मूल्याङ्कन गर्ने उद्देश्य शोध उद्देश्यमा राख्नुपर्छ । शोध रिक्तताको पहिचान गरी निश्चित सिद्धान्त वा अवधारणा, त्यसको प्रयोग र शोध शीर्षकसँग सम्बन्धित साहित्यको पूर्वकार्यको समीक्षामा केन्द्रित भएर तीन खण्डमा अध्ययन गर्नुपर्ने हुन्छ । शोधको औचित्य पुष्टि गर्न अनुसन्धान गर्नुपर्ने कारण, वर्तमान सन्दर्भमा यसको आवश्यकता प्रस्ट रूपमा उल्लेख गर्नुपर्छ । सामग्री सङ्कलन गर्दा पुस्कालयीय कार्य वा क्षेत्रकार्य गर्नुपर्ने हुन्छ । क्षेत्रकार्य गर्दा प्रश्नावली, सामूहिक छलफल, विद्युतीय माध्यमद्वारा अन्तरक्रिया र अवलोकन विधिको उपयोग गर्नुपर्ने हुन्छ । यसरी सङ्कलन गरिएका सामग्रीहरूलाई शोधकार्यको आवश्यकताका आधारमा नमुना छनोट विधि वा समष्टि विधिको उपयोग गर्नुपर्ने हुन्छ । नमुना छनोट विधि–अन्तर्गत उद्देश्यमूलक, यादृच्छिक, गुच्छ र हिमगोल विधि पर्दछन् । यसरी तयार गरिएको अनुसन्धानमूलक लेख शोधकार्यमा अभिरुचि भएका शोधार्थी तथा विद्यार्थीहरूका लागि उपयोगी हुने देखिन्छ ।.

Related Results

‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
प्रस्तुत शोध सारांश कला का प्रतीक रूप में अध्ययन करता है तथा हार्वड गार्डनर नामक विद्वान द्वारा प्रस्तुत बालको की कला में प्रयुक्त प्रतीक तथा विभिन्न कलाकारों द्वारा उनकी कलाकृतियो...
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
प्रस्तुत षोध अध्ययन में सरकारी एवं गैर सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र-छात्राओं की कम्प्यूटर अभिवृत्ति के संदर्भ में अध्ययन किया गया। षोध अध्ययन में ब्लाॅक न...
नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण
नाटककार समको प्रेमपिण्ड नाटकका पात्रको शैलीवैज्ञानिक वर्गीकरण
प्रस्तुत लेख नाटककार बालकृष्ण समको “प्रेमपिण्ड” नाटकका पात्रको शैलीवैज्ञानिक अध्ययन गरिएको छ । यसमा मोहनाराज शर्माको शैलीविज्ञान (२०५९) कृति अन्तर्गत रहेर पात्रहरुको तालिकीकरणद्वार...

Back to Top