Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास

View through CrossRef
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास राखिएको छ । पूर्वीय दर्शनसँग सम्बन्धित विषयलाई मुख्य केन्द्रविन्दु मानेर लेखनाथका सीमित फुटकर कविताहरूको विश्लेषण गरिएको छ । पौड्यालका फुटकर रचनाका सन्दर्भमा प्रशस्तै खोज, अनुसन्धान भए पनि उनका कवितामा पूर्वीय दर्र्शनको पृष्ठभूमि के हो र कविताभित्र पूर्वीय दर्शन कसरी विकसित हुँदै गएको छ भन्ने विषयमा आधिकारिक अनुसन्धान भएको छैन । तसर्थ लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि के हो र उनका कवितामा पूर्वीय दर्शनको अन्तर्विकास कसरी हुँदै गएको छ भन्ने मूल समस्याको समाधेय पक्ष नै यस लेखको निष्कर्ष हो । सामग्री सङ्कलनका रूपमा पुस्तकालय कार्यको अवलम्बन गरिएको यस लेखमा लेखनाथका ।।।वियोगिनी विलाप,’ ।।।वर्षा विचार’, ।।।कवि कवितालाप’, ।।।ईश्वर स्तुति पद्य’ १, नैतिक दृष्टान्त’, ।।।विज्ञानको मोह’, ।।।गौँथलीको चिरिबिरी’ र ।।।आखिरी कविता’ जस्ता फुटकर कविताहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने द्वितीयक स्रोतका रूपमा पूर्वीय दर्शनका सैद्धान्तिक कृति र लेखनाथका कवितामा विश्लेषण गरिएका अनुसन्धानमूलक लेख, शोधग्रन्थ, पत्रपत्रिका वा पुस्तकहरूलाई आधार मानिएको छ । पूर्वीय दर्शनका मूलभूत मान्यताहरूलाई पृष्ठभूमि मानेर लेखनाथको बाल्यकाल, अध्ययन, शिक्षादीक्षासँग सम्बन्धित आधिकारिक प्रमाणका साथै उनका कविताहरूका पङ्क्तिहरूलाई दृष्टान्त दिएर पाठपरक विश्लेषण विधिको प्रयोग गरी यो लेख तयार पारिएको छ । लेखनाथ जीवनको प्रारम्भिक अवस्थादेखि नै पूर्वीय दर्शनका विविध पक्षहरूबाट प्रभावित देखिन्छन् । नैतिक पक्षमाथि बाल्यकालदेखि नै जोड दिँदै आएका लेखनाथको ६० बर्से लेखनयात्राको अधिकांश समय पूर्वीय दर्शनकै सेरोफेरोमा केन्द्रित रहेको छ । १९६३ को ।।।सुन्दरी’ पत्रिकामा प्रकाशित ।।।कलिका विलासी’ कविताबाट आध्यात्मिक पूर्वीय दर्शनका पक्षमा लेखकको कलम झुकेको छ । ।।।वर्षा विचार’ सम्म आइपुग्दा लेखनाथमा पूर्वीय दर्शनले गहिरो प्रभाव पारिसकेको छ भने १९९१ पछिका कविता काव्यहरूमा उनी पूर्णतः पूर्वीय दर्शनकै पक्षधर बनेर दर्शनलाई उत्कर्ष विन्दुमा पु¥याउन सफल बनेका छन् । पूर्वीय दर्शनलाई परिपाकमा पु¥याउन ।।।तरुण तपसी’ सर्वाधिक महŒवपूर्ण कृति मानिन्छ । जीवनको अन्तिम घडीमा आइपुग्दा ।।।आखिरी कविता’ रचेर कविले आफूलाई आध्यात्मिक तथा पूर्वीय दर्शनका पक्षमा उभ्याएका छन् भन्ने निष्कर्षमा यो लेख केन्द्रित छ । लेखनाथका कविताहरूको विश्लेषणले उनी पूर्वीय दर्शनका सशक्त कवि हुन् र बाल्यकालबाट नै उनमा पूर्वीय दर्शनको प्रभाव रहँदै आएको प्रमाणित गरेको छ ।
Title: लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
Description:
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास राखिएको छ । पूर्वीय दर्शनसँग सम्बन्धित विषयलाई मुख्य केन्द्रविन्दु मानेर लेखनाथका सीमित फुटकर कविताहरूको विश्लेषण गरिएको छ । पौड्यालका फुटकर रचनाका सन्दर्भमा प्रशस्तै खोज, अनुसन्धान भए पनि उनका कवितामा पूर्वीय दर्र्शनको पृष्ठभूमि के हो र कविताभित्र पूर्वीय दर्शन कसरी विकसित हुँदै गएको छ भन्ने विषयमा आधिकारिक अनुसन्धान भएको छैन । तसर्थ लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि के हो र उनका कवितामा पूर्वीय दर्शनको अन्तर्विकास कसरी हुँदै गएको छ भन्ने मूल समस्याको समाधेय पक्ष नै यस लेखको निष्कर्ष हो । सामग्री सङ्कलनका रूपमा पुस्तकालय कार्यको अवलम्बन गरिएको यस लेखमा लेखनाथका ।।।वियोगिनी विलाप,’ ।।।वर्षा विचार’, ।।।कवि कवितालाप’, ।।।ईश्वर स्तुति पद्य’ १, नैतिक दृष्टान्त’, ।।।विज्ञानको मोह’, ।।।गौँथलीको चिरिबिरी’ र ।।।आखिरी कविता’ जस्ता फुटकर कविताहरूलाई प्राथमिक स्रोतका रूपमा लिइएको छ भने द्वितीयक स्रोतका रूपमा पूर्वीय दर्शनका सैद्धान्तिक कृति र लेखनाथका कवितामा विश्लेषण गरिएका अनुसन्धानमूलक लेख, शोधग्रन्थ, पत्रपत्रिका वा पुस्तकहरूलाई आधार मानिएको छ । पूर्वीय दर्शनका मूलभूत मान्यताहरूलाई पृष्ठभूमि मानेर लेखनाथको बाल्यकाल, अध्ययन, शिक्षादीक्षासँग सम्बन्धित आधिकारिक प्रमाणका साथै उनका कविताहरूका पङ्क्तिहरूलाई दृष्टान्त दिएर पाठपरक विश्लेषण विधिको प्रयोग गरी यो लेख तयार पारिएको छ । लेखनाथ जीवनको प्रारम्भिक अवस्थादेखि नै पूर्वीय दर्शनका विविध पक्षहरूबाट प्रभावित देखिन्छन् । नैतिक पक्षमाथि बाल्यकालदेखि नै जोड दिँदै आएका लेखनाथको ६० बर्से लेखनयात्राको अधिकांश समय पूर्वीय दर्शनकै सेरोफेरोमा केन्द्रित रहेको छ । १९६३ को ।।।सुन्दरी’ पत्रिकामा प्रकाशित ।।।कलिका विलासी’ कविताबाट आध्यात्मिक पूर्वीय दर्शनका पक्षमा लेखकको कलम झुकेको छ । ।।।वर्षा विचार’ सम्म आइपुग्दा लेखनाथमा पूर्वीय दर्शनले गहिरो प्रभाव पारिसकेको छ भने १९९१ पछिका कविता काव्यहरूमा उनी पूर्णतः पूर्वीय दर्शनकै पक्षधर बनेर दर्शनलाई उत्कर्ष विन्दुमा पु¥याउन सफल बनेका छन् । पूर्वीय दर्शनलाई परिपाकमा पु¥याउन ।।।तरुण तपसी’ सर्वाधिक महŒवपूर्ण कृति मानिन्छ । जीवनको अन्तिम घडीमा आइपुग्दा ।।।आखिरी कविता’ रचेर कविले आफूलाई आध्यात्मिक तथा पूर्वीय दर्शनका पक्षमा उभ्याएका छन् भन्ने निष्कर्षमा यो लेख केन्द्रित छ । लेखनाथका कविताहरूको विश्लेषणले उनी पूर्वीय दर्शनका सशक्त कवि हुन् र बाल्यकालबाट नै उनमा पूर्वीय दर्शनको प्रभाव रहँदै आएको प्रमाणित गरेको छ ।.

Related Results

पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शनमा भौतिकवाद
पूर्वीय दर्शन भनेर खास गरेर भारतीय दर्शनहरूलाई नै प्रचारमा लिने गरिएको पाइन्छ । तर त्यसो नभएर एसिया र अरब क्षेत्रमा हुर्किएका समग्र दर्शनहरू नै पूर्वीय दर्शनभित्र पर्दछन् । पूर्वीय...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ खण्डकाव्यमा रहस्य दर्शनको प्रभाव
‘राष्ट्रनिर्माता’ -२०२३_ खण्डकाव्यमा अभिव्यक्त रहस्यसम्बन्धी दर्शनको अध्ययनलाई प्रस्तुत शोधलेखमा विषय बनाइएको छ । ‘राष्ट्रनिर्माता’ ऐतिहासिक विषयवस्तुमा आधारित रहस्य दर्शनको प्रभाव...
‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak
‘जिन्दगीको मौसम’ कवितामा कर्मवादी दर्शनको रूपक 'Jindagiko Mausam' Kabitama Karmavadi Darshanko Rupak
लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको ‘जिन्दगीको मौसम’ कविता कर्मवादी दर्शनको वैचारिक पृष्ठभूमिमा रचिएको छ । मानव जीवनको उच्च पुरुषार्थ मानिने कर्म (धर्म बाट प्राप्त सुख नै भोग्यवस्त...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
कम्लरी कवितामा अभिव्यञ्जित यथार्थ
प्रस्तुत अध्ययन ‘कम्लरी’ कवितामा यथार्थवादी अभिव्यञ्जनामा केन्द्रित रहेको छ । ‘कम्लरी’ कवि शीला योगीद्वारा रचित यथार्थवादी कविता हो । यस कवितामा पश्चिममा बसोबास गर्ने आदिवासी थारू ...

Back to Top