Javascript must be enabled to continue!
गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
View through CrossRef
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।
Nepal Journals Online (JOL)
Title: गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
Description:
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।.
Related Results
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म Madhyakalma Buddha Dharma
मध्यकालमा बुद्ध धर्म डा. जुनु बासुकला रञ्जितकार सारांश सन् ८७९ देखि १२०० सम्मको काललाई राजनैनिक रुपले अन्धकार युग भनिए पनि बौद्ध धर्मकोबज्रयानको दृष्टिकोणले हेर्दा चरम अवस्थामा पुग...
Modinagar : A Historical Introduction
Modinagar : A Historical Introduction
Modinagar, whose ancient name was Begumabad, is hiding a history in itself. The city we know today as Modinagar was founded by Padma Vibhushan Rai Bahadur Seth Gurjar Mal Modi, who...
वैदिकसादित्ये विश्वशान्तिस्तथा सद्भावः
वैदिकसादित्ये विश्वशान्तिस्तथा सद्भावः
Available with fulltext...
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
नेपालमा खश आगमन र सिञ्जा राजधानी : एक अध्ययन {Khash arrival and Sinja Capital in Nepal: A study}
प्रागऐतिहासिक कालमा नै नेपालमा खश जातिको उपस्थिति पाइन्छ । खश जाति मात्र नभएर महाजाति हो । युरोपका विभिन्न भूभागमा साम्राज्य कायम गर्दै एशियाका विभिन्न भूभागमा साम्राज्य फैलाएर लाम...
उत्तरवर्ती नेपाली उपन्यासको मनोविश्लेषणात्मक पठन
उत्तरवर्ती नेपाली उपन्यासको मनोविश्लेषणात्मक पठन
Available with Fulltext. ...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

