Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नेपालीमा आश्रयक व्यवस्था

View through CrossRef
प्रस्तुत शोधलेख नेपालीमा आश्रयक व्यवस्थाको विश्लेषणमा केन्द्रित छ । निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा रूपान्तरण व्याकरणअन्तर्गतको आश्रयक व्यवस्थाका आधारमा नेपाली आश्रयक व्यवस्थाको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । रूपान्तरण व्याकरणअनुसार एकभन्दा बढी वाक्यको संयोजन हुँदा एउटा वाक्यलाई स्वतन्त्र वाक्यका रूपमा छोडी अन्य वाक्यलाई आश्रित बनाउने भाषिक एकाइ आश्रयक हुन् । एउटा स्वतन्त्र वाक्यलाई आश्रित बनाई तिनलाई नाप, विप, क्रिविप पदकोटिका रूपमा परिणत गराउने कार्य आश्रयकको हो । यसैले नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यको व्याख्या, वर्गीकरण र विश्लेषण गर्न सकिन्छ । नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यलाई बुहक्रियापदीय मिश्र वाक्य र एकक्रियापदीय मिश्र वाक्य गरी दुई प्रकारमा वर्गीकरण गर्नुपर्ने हुन्छ । बहुक्रियापदीय र एकक्रियापदीय दुवै किसिमका मिश्र वाक्यमा आश्रित वाक्यअन्तर्गत नाम आश्रित वाक्य, विशेषण आश्रित वाक्य र क्रियाविशेषण आश्रित वाक्य गरी तीन किसिमका आश्रित वाक्य रहन्छन् । आश्रयककै अर्थ र भूमिकाका आधारमा बहुक्रियापदीय र एकक्रियापदीय मिश्र वाक्यअन्तर्गत आएका नाम आश्रित वाक्यले कर्ता, कर्म र पूरकको प्रकार्य  गर्दछन् भने विशेषण आश्रित वाक्यले भने कर्तृविशेषण, प्रत्यक्ष कर्म विशेषण, अप्रत्यक्ष कर्म विशेषण,  कर्तृपूरक विशेषण र कर्मपूरक विशेषणको प्रकार्य गर्दछन् । क्रियाविशेषण आश्रित वाक्यले चाहिँ क्रियाविशेषणकै प्रकार्य गर्दछन् । बहुक्रियापदीय मिश्र वाक्यमा भन्ने, भनी, भने, कि, कि...यो, के..भने, जो...त्यो, जब...तब लगायतका आश्रयकको प्रयोग हुन्छ भने एकक्रियापदीय मिश्र वाक्यमा चाहिँ नु, न,ने एको, दो, दै, इन्जेल, उन्जेल लगायतका आश्रयक प्रयुक्त हुन्छन् । यो...कि, के ...भने जस्ता केही आश्रयक मुख्य वाक्यका क्रियाको अघि र पछि प्रयुक्त हुन्छन् । यो नेपाली आश्रयक व्यवस्थाको संरचनागत वैशिष्ट्य हो । यसरी नेपालीमा सापेक्ष संयोजक र कृत्प्रत्यय पनि आश्रयकका रूपमा प्रयुक्त हुने भएकाले आश्रयक व्यवस्थाका दृष्टिले नेपाली भाषा विशिष्ट छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।
Nepal Journals Online (JOL)
Title: नेपालीमा आश्रयक व्यवस्था
Description:
प्रस्तुत शोधलेख नेपालीमा आश्रयक व्यवस्थाको विश्लेषणमा केन्द्रित छ । निगमनात्मक विधिको प्रयोग गरिएको यस लेखमा रूपान्तरण व्याकरणअन्तर्गतको आश्रयक व्यवस्थाका आधारमा नेपाली आश्रयक व्यवस्थाको विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिएको छ । रूपान्तरण व्याकरणअनुसार एकभन्दा बढी वाक्यको संयोजन हुँदा एउटा वाक्यलाई स्वतन्त्र वाक्यका रूपमा छोडी अन्य वाक्यलाई आश्रित बनाउने भाषिक एकाइ आश्रयक हुन् । एउटा स्वतन्त्र वाक्यलाई आश्रित बनाई तिनलाई नाप, विप, क्रिविप पदकोटिका रूपमा परिणत गराउने कार्य आश्रयकको हो । यसैले नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यको व्याख्या, वर्गीकरण र विश्लेषण गर्न सकिन्छ । नेपालीमा आश्रयकको प्रयोगका आधारमा मिश्र वाक्यलाई बुहक्रियापदीय मिश्र वाक्य र एकक्रियापदीय मिश्र वाक्य गरी दुई प्रकारमा वर्गीकरण गर्नुपर्ने हुन्छ । बहुक्रियापदीय र एकक्रियापदीय दुवै किसिमका मिश्र वाक्यमा आश्रित वाक्यअन्तर्गत नाम आश्रित वाक्य, विशेषण आश्रित वाक्य र क्रियाविशेषण आश्रित वाक्य गरी तीन किसिमका आश्रित वाक्य रहन्छन् । आश्रयककै अर्थ र भूमिकाका आधारमा बहुक्रियापदीय र एकक्रियापदीय मिश्र वाक्यअन्तर्गत आएका नाम आश्रित वाक्यले कर्ता, कर्म र पूरकको प्रकार्य  गर्दछन् भने विशेषण आश्रित वाक्यले भने कर्तृविशेषण, प्रत्यक्ष कर्म विशेषण, अप्रत्यक्ष कर्म विशेषण,  कर्तृपूरक विशेषण र कर्मपूरक विशेषणको प्रकार्य गर्दछन् । क्रियाविशेषण आश्रित वाक्यले चाहिँ क्रियाविशेषणकै प्रकार्य गर्दछन् । बहुक्रियापदीय मिश्र वाक्यमा भन्ने, भनी, भने, कि, कि.
यो, के.
भने, जो.
त्यो, जब.
तब लगायतका आश्रयकको प्रयोग हुन्छ भने एकक्रियापदीय मिश्र वाक्यमा चाहिँ नु, न,ने एको, दो, दै, इन्जेल, उन्जेल लगायतका आश्रयक प्रयुक्त हुन्छन् । यो.
कि, के .
भने जस्ता केही आश्रयक मुख्य वाक्यका क्रियाको अघि र पछि प्रयुक्त हुन्छन् । यो नेपाली आश्रयक व्यवस्थाको संरचनागत वैशिष्ट्य हो । यसरी नेपालीमा सापेक्ष संयोजक र कृत्प्रत्यय पनि आश्रयकका रूपमा प्रयुक्त हुने भएकाले आश्रयक व्यवस्थाका दृष्टिले नेपाली भाषा विशिष्ट छ भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।.

Related Results

COLOR IN PAINTING (SPECIAL REFERENCE AJANTA)
COLOR IN PAINTING (SPECIAL REFERENCE AJANTA)
Color has an important place in human life. Each item has a color. It is visible to us only because of the color of the objects in the ground. Objects of the same color appear diff...
दलित चेतना और हिन्दी पत्रकारिता
दलित चेतना और हिन्दी पत्रकारिता
हिन्दी दलित पत्रकारिता का इतिहास लगभग 150 वर्शों से भी अधिक पुराना है। दलित पत्रकारिता की षुरूआत मराठी भाशा में प्रकाषित पत्रिकाओं के माध्यम से हुई। कालांतर में हिन्दी भाशा में भी ...
Gramin Vikas Hetu Panchayati Raj Ka Karyanvayan, Chunoutiyan Evam Samadhaan (Chhindwara Zile Ke Vishesh Sandarbh Mein)
Gramin Vikas Hetu Panchayati Raj Ka Karyanvayan, Chunoutiyan Evam Samadhaan (Chhindwara Zile Ke Vishesh Sandarbh Mein)
छिंदवाड़ा जिले में पंचायती राज व्यवस्था ग्रामीण विकास में महत्वपूर्ण भूमिका निभा रही है। यह अध्ययन पंचायती राज प्रणाली के प्रभावी क्रियान्वयन, इसके लाभों, चुनौतियों और संभावित समाधा...
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालमा संविधानवादको कार्यान्वयन
नेपालको संविधानले जनताको अधिकार प्रत्याभूति गर्नुका साथै सरकार र जनताबीचको सन्तुलन कायम राख्ने गरेको पाइन्छ । नेपालको राजनीतिक इतिहासमा धेरै संविधानको निर्माण भए तथापि तिनमा संविधा...
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली खस भाषाको वर्णव्यवस्था
सिँजाली भाषा भारोपेली भाषापरिवारको शतम वर्गको आर्यइरानेली बाल्हीक खस हुँदै विकसित भएको हो । खस पूर्वी पहाडी भाषा सिँजाली पर्वते गोर्खाली र नेपाली भाषा विकसित हुनपुग्यो । वर्तमान सम...
हिंदी दलित साहित्य: विमर्श और चुनौती
हिंदी दलित साहित्य: विमर्श और चुनौती
दलित साहित्य हिंदी साहित्य की एक महत्वपूर्ण धारा है जो सामाजिक अन्याय, शोषण, भेदभाव और जातिवादी व्यवस्था के विरुद्ध आवाज़ उठाता है। यह साहित्य दलितों के अनुभवों, संघर्षों, पीड़ाओं ...
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले पारेका प्रभावहरू
सामाजिक विभेद र उत्पीडनले महिला, दलित, जनजाति, मधेसी, गरिब तथा अल्प सङ्ख्यक सबैलाई चोट दिएको छ । उनीहरूलाई समाजमा अरूकै हाराहारीमा पुग्न कयौँ वर्ष लाग्न सक्छ । यसैलाई मध्यनजर गरी न...

Back to Top