Javascript must be enabled to continue!
वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
View through CrossRef
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका समालोचनात्मक प्रवृत्तिमध्येको सबैभन्दा सशक्त प्रवृत्ति ऐतिहासिक समालोचना र साहित्येतिहासपरक समालोचना हो । साहित्येतिहासपरक समालोचक वासुदेव त्रिपाठीका समालोचनाकृतिहरू नै यस लेखका आधारसामग्री हुन । ती आधारसामग्रीको सत्यापन र अर्थापनका लागि यस लेखमा इतिहास दर्शन र साहित्येतिहास दर्शनको संश्लेषणात्मक अन्तप्र्रयोग गरिएको छ । क्षितिजीय आयाममा विषयको विश्लेषण गरिएको यस लेखमा गुणात्मक अध्ययनविधि अवलम्बन गरिएको छ । वासुदेव त्रिपाठीका लगभग एक दर्जनजति समालोचनाकृतिमा निहित उनको साहित्येतिहास दृष्टि, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन र साहित्येतिहास दर्शनको विमर्श गरी उनका साहित्येतिहास चेतनाको सामान्यीकरण गरिएको छ । लेखको शीर्षकअनुकूलका तथ्यहरूको विश्लेषण गर्दा वासुदेव त्रिपाठीका समालोचनाकृतिमा साहित्येतिहास चेतनालाई आधारभूमि बनाइएको एवं यस्तो चेतना पूर्वीय सनातन संस्कृति, मूल्य र मान्यता तथा पाश्चात्य साहित्येतिहास दर्शनको संश्लेषणबाट निर्माण भएको निष्कर्ष निकालिएको छ ।
Title: वासुदेव त्रिपाठीको विधागत साहित्येतिहास चेतना
Description:
प्रस्तुत लेखमा वासुदेव त्रिपाठीका समालोचनात्मक कृतिमा निहित साहित्येतिहास चेतनाको विमर्श गरिएको छ । नेपाली साहित्यको बहुआयामिक र बहुलवादी समालोचना गर्ने समालोचक वासुदेव त्रिपाठीका समालोचनात्मक प्रवृत्तिमध्येको सबैभन्दा सशक्त प्रवृत्ति ऐतिहासिक समालोचना र साहित्येतिहासपरक समालोचना हो । साहित्येतिहासपरक समालोचक वासुदेव त्रिपाठीका समालोचनाकृतिहरू नै यस लेखका आधारसामग्री हुन । ती आधारसामग्रीको सत्यापन र अर्थापनका लागि यस लेखमा इतिहास दर्शन र साहित्येतिहास दर्शनको संश्लेषणात्मक अन्तप्र्रयोग गरिएको छ । क्षितिजीय आयाममा विषयको विश्लेषण गरिएको यस लेखमा गुणात्मक अध्ययनविधि अवलम्बन गरिएको छ । वासुदेव त्रिपाठीका लगभग एक दर्जनजति समालोचनाकृतिमा निहित उनको साहित्येतिहास दृष्टि, साहित्येतिहास बोध, साहित्येतिहास चिन्तन र साहित्येतिहास दर्शनको विमर्श गरी उनका साहित्येतिहास चेतनाको सामान्यीकरण गरिएको छ । लेखको शीर्षकअनुकूलका तथ्यहरूको विश्लेषण गर्दा वासुदेव त्रिपाठीका समालोचनाकृतिमा साहित्येतिहास चेतनालाई आधारभूमि बनाइएको एवं यस्तो चेतना पूर्वीय सनातन संस्कृति, मूल्य र मान्यता तथा पाश्चात्य साहित्येतिहास दर्शनको संश्लेषणबाट निर्माण भएको निष्कर्ष निकालिएको छ । .
Related Results
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ व...
Life Values in Usha Kiran Soni’s Stories
Life Values in Usha Kiran Soni’s Stories
Usha Kiran Soni’s stories significantly contribute to Hindi literature by vividly portraying life values. Her works highlight women’s consciousness, self-respect, and social realit...
चेतनाको चित्कारमा प्रगतिशील चेतना
चेतनाको चित्कारमा प्रगतिशील चेतना
प्रस्तुत शोधलेखमा राममणि ढुङ्गेलद्वारा लिखित चेतना चित्कार मुक्तकसङ्ग्रहमा प्रगतिशील चेतनाका बारेमा विश्लेषण तथा मूल्याङ्कन गरेर उक्त कृतिमा विद्यमान प्रगतिशील चेतनाको निरूपण गरिएक...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्...

