Javascript must be enabled to continue!
छाडिएका भगवान् कथामा यथार्थवाद
View through CrossRef
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथामध्ये आठौँ क्रममा रहेको प्रस्तुत कथाले मूलतः नेपालको सुदूरपश्चिमको समकालीन ग्रामीण परिवेश र त्यससँग सम्बन्धित गाउँबस्तीको वर्तमान यथार्थ अवस्थाको वस्तुपरक प्रस्तुति गरेको पाइन्छ । सुदूरपश्चिममा मात्र नभई नेपालका हरेक ग्रामीण बस्तीहरूमा मान्छे पातलिँदै गएको विषयलाई सङ्केत गरेको प्रस्तुत कथाले त्यसका लागि सुदूरपश्चिमको गाउँलाई माध्यम बनाएको छ । वृद्धवृद्धाहरूलाई आफू जन्मिएको, हुर्किएको र जीवनका महत्त्वपूर्ण समय व्यतीत गरेको आफ्नो भूमि छाड्न मन नलाग्ने तर नयाँ पुस्ताको सहर र विदेशी भूमिप्रतिको मोहका कारण उनीहरू गाउँमा नफर्कने गरेको विषयलाई प्रस्तुत गरेको पाइन्छ । गाउँमा जीवनका अन्तिम समय व्यतीत गरिरहेका वृद्धवृद्धाका आफ्ना भाव तथा उनीहरूकै कथनका माध्यमबाट युवापुस्ताको दृष्टिकोण र व्यवहारलाई प्रस्तुत गरेको यस कथाले वर्तमान नेपालका ग्रामीण समाजको यथार्थको चित्रलाई प्रस्तुत गरेको पाइन्छ । कथामा अभिव्यक्त भएको विषय, भाषा र भावको तथ्यात्मकताले कथालाई यथार्थवादी कथाका रूपमा प्रस्तुत गरेको पाइन्छ । प्रस्तुत लेखमा रामलाल जोशीको छाडिएका भगवान् कथालाई प्रमुख स्रोत सामग्रीका रूपमा चयन गरेर पुस्तकालयीय स्रोत सामग्रीको प्रयोग गरी अध्ययनलाई अगाडि बढाइएको छ । पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ। प्रस्तुत समालोचनात्मक लेखमा छाडिएका भगवान् कथामा यथार्थवादको केकस्तो प्रयोग पाइन्छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही कथालाई यथार्थवादी दृष्टिकोणबाट विश्लेषण गरी प्रस्तुत कथा यथार्थवादका सापेक्षमा सवल र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।
Title: छाडिएका भगवान् कथामा यथार्थवाद
Description:
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथामध्ये आठौँ क्रममा रहेको प्रस्तुत कथाले मूलतः नेपालको सुदूरपश्चिमको समकालीन ग्रामीण परिवेश र त्यससँग सम्बन्धित गाउँबस्तीको वर्तमान यथार्थ अवस्थाको वस्तुपरक प्रस्तुति गरेको पाइन्छ । सुदूरपश्चिममा मात्र नभई नेपालका हरेक ग्रामीण बस्तीहरूमा मान्छे पातलिँदै गएको विषयलाई सङ्केत गरेको प्रस्तुत कथाले त्यसका लागि सुदूरपश्चिमको गाउँलाई माध्यम बनाएको छ । वृद्धवृद्धाहरूलाई आफू जन्मिएको, हुर्किएको र जीवनका महत्त्वपूर्ण समय व्यतीत गरेको आफ्नो भूमि छाड्न मन नलाग्ने तर नयाँ पुस्ताको सहर र विदेशी भूमिप्रतिको मोहका कारण उनीहरू गाउँमा नफर्कने गरेको विषयलाई प्रस्तुत गरेको पाइन्छ । गाउँमा जीवनका अन्तिम समय व्यतीत गरिरहेका वृद्धवृद्धाका आफ्ना भाव तथा उनीहरूकै कथनका माध्यमबाट युवापुस्ताको दृष्टिकोण र व्यवहारलाई प्रस्तुत गरेको यस कथाले वर्तमान नेपालका ग्रामीण समाजको यथार्थको चित्रलाई प्रस्तुत गरेको पाइन्छ । कथामा अभिव्यक्त भएको विषय, भाषा र भावको तथ्यात्मकताले कथालाई यथार्थवादी कथाका रूपमा प्रस्तुत गरेको पाइन्छ । प्रस्तुत लेखमा रामलाल जोशीको छाडिएका भगवान् कथालाई प्रमुख स्रोत सामग्रीका रूपमा चयन गरेर पुस्तकालयीय स्रोत सामग्रीको प्रयोग गरी अध्ययनलाई अगाडि बढाइएको छ । पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ। प्रस्तुत समालोचनात्मक लेखमा छाडिएका भगवान् कथामा यथार्थवादको केकस्तो प्रयोग पाइन्छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही कथालाई यथार्थवादी दृष्टिकोणबाट विश्लेषण गरी प्रस्तुत कथा यथार्थवादका सापेक्षमा सवल र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...

