Javascript must be enabled to continue!
‘मेरी सौता’ कथामा रौद्र रस
View through CrossRef
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित छन् । मूलतः यौनलाई विषय बनाउने चौधरीले यस कथामा लोग्नेले अर्को बिहे गरेपछि र सौतालाई माया गर्न थालेपछि लोग्ने र सौताप्रति वितृष्णा उत्पन्न हुन गई उनीहरूप्रति क्रोध प्रकट गर्ने नारीको कथा भनिएको छ । लोग्नेले सौतालाई माया गरेपछि लोग्नेप्रति चरम क्रोध प्रकट गरेकाले कथामा रौद्र रसको विशेष प्रयोग भएको देखिन्छ । संस्कृत साहित्यशास्त्रमा काव्य विश्लेषणका निम्ति प्रतिपादन गरिएका सिद्धान्तमध्ये रसलाई जेठो माानिन्छ, जसमा नवरसको चर्चा पाइन्छ । तीमध्ये रौद्र रस एक हो । कसैप्रति क्रोध वा आक्रोश प्रकट गर्दा रौद्र रसको उत्पत्ति हुन्छ । विश्लेष्य कथामा रौद्र रसको प्रयोग अत्यधिक देखिएको छ । प्रस्तुत लेखमा मेरी सौता कथामा रौद्र रसको प्रस्तुति केकसरी गरिएको छ ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर अध्ययनलाई सम्पन्न गरिएको छ । अध्ययनमा निगमनात्म्क विधिअन्तर्गत व्याख्यात्मक विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रकृतिको प्रस्तुत अध्ययनमा मुना चौधरीको मेरी सौता कथा रौद्र रसको प्रयोगका दृष्टिले महत्त्वपूर्ण र सशक्त रहेको निष्कर्ष निकालिएको छ ।
Title: ‘मेरी सौता’ कथामा रौद्र रस
Description:
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित छन् । मूलतः यौनलाई विषय बनाउने चौधरीले यस कथामा लोग्नेले अर्को बिहे गरेपछि र सौतालाई माया गर्न थालेपछि लोग्ने र सौताप्रति वितृष्णा उत्पन्न हुन गई उनीहरूप्रति क्रोध प्रकट गर्ने नारीको कथा भनिएको छ । लोग्नेले सौतालाई माया गरेपछि लोग्नेप्रति चरम क्रोध प्रकट गरेकाले कथामा रौद्र रसको विशेष प्रयोग भएको देखिन्छ । संस्कृत साहित्यशास्त्रमा काव्य विश्लेषणका निम्ति प्रतिपादन गरिएका सिद्धान्तमध्ये रसलाई जेठो माानिन्छ, जसमा नवरसको चर्चा पाइन्छ । तीमध्ये रौद्र रस एक हो । कसैप्रति क्रोध वा आक्रोश प्रकट गर्दा रौद्र रसको उत्पत्ति हुन्छ । विश्लेष्य कथामा रौद्र रसको प्रयोग अत्यधिक देखिएको छ । प्रस्तुत लेखमा मेरी सौता कथामा रौद्र रसको प्रस्तुति केकसरी गरिएको छ ? भन्ने समस्यामूलक प्रश्नमा केन्द्रित रहेर अध्ययनलाई सम्पन्न गरिएको छ । अध्ययनमा निगमनात्म्क विधिअन्तर्गत व्याख्यात्मक विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । गुणात्मक प्रकृतिको प्रस्तुत अध्ययनमा मुना चौधरीको मेरी सौता कथा रौद्र रसको प्रयोगका दृष्टिले महत्त्वपूर्ण र सशक्त रहेको निष्कर्ष निकालिएको छ ।.
Related Results
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...

