Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

देव नागरी र रोमन लिपिको चिनारी

View through CrossRef
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । देव नागरी हिन्दी, मराठी, नेपाली, संस्कृत, र अन्य सहित धेरै भाषाहरू लेख्नको लागि प्रयोग गरिने लिपि हो । यो बायाँबाट दायाँ लेखिएको छ र वर्णहरू जडान गर्दै, शीर्षमा यसको विशिष्ट तेर्सो रेखाद्वारा यसको विशेषता चिनिन्छ भने रोमन लिपि जसलाई ल्याटिन लिपि पनि भनिन्छ । यो संसारमा सबैभन्दा धेरै प्रयोग हुने लेखन प्रणाली हो । यो पुरातन रोमीहरूबाट उत्पन्न भएको हो र अंग्रेजी, फ्रेन्च, स्पेनिश, र अन्य सहित धेरै भाषाहरूको लागि प्रयोग गरिन्छ । यो बायाँबाट दायाँ लेखिएको वर्णमाला लिपि हो र प्रत्येक अक्षरले एकल ध्वनि प्रतिनिधित्व गर्दछ । रोमन लिपि देव नागरीको विपरीत लिपिका रूपमा देखिन्छ । यस्ता प्रचलित लिपिहरू नेपाल लगायत विदेशी मुलुकहरूमा समेत उपयोगी हुने कुरा यस लिपि सम्बन्धी आलेखमा उल्लेख गरिएको छ ।
Title: देव नागरी र रोमन लिपिको चिनारी
Description:
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनेर चिनिन्छ । अंगे्रजी भाषाको लिपि रोमन लिपि हो । त्यसै गरी नेपाली, हिन्दी, संस्कृत आदि भाषाहरू देव नागरी लिपिमा लेख्ने गरिन्छ । प्राचीन समयमा प्रचलित हुँदै सङ्केत वा भाषिक तत्वलाई देखाउन प्रयोग हुने सङ्केतात्मक अर्थ दिने लेखनको चिहृनलाई लिपि भनिन्छ । लिपि एउटा समाजको गहन ऐना भएकाले यो सबै ठाउँमा प्रचलित हुन्छ । लेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालयको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण र उदाहरणका आधारमा वर्णनात्मक विधिद्वारा विश्लेषण गरिएको छ । देव नागरी हिन्दी, मराठी, नेपाली, संस्कृत, र अन्य सहित धेरै भाषाहरू लेख्नको लागि प्रयोग गरिने लिपि हो । यो बायाँबाट दायाँ लेखिएको छ र वर्णहरू जडान गर्दै, शीर्षमा यसको विशिष्ट तेर्सो रेखाद्वारा यसको विशेषता चिनिन्छ भने रोमन लिपि जसलाई ल्याटिन लिपि पनि भनिन्छ । यो संसारमा सबैभन्दा धेरै प्रयोग हुने लेखन प्रणाली हो । यो पुरातन रोमीहरूबाट उत्पन्न भएको हो र अंग्रेजी, फ्रेन्च, स्पेनिश, र अन्य सहित धेरै भाषाहरूको लागि प्रयोग गरिन्छ । यो बायाँबाट दायाँ लेखिएको वर्णमाला लिपि हो र प्रत्येक अक्षरले एकल ध्वनि प्रतिनिधित्व गर्दछ । रोमन लिपि देव नागरीको विपरीत लिपिका रूपमा देखिन्छ । यस्ता प्रचलित लिपिहरू नेपाल लगायत विदेशी मुलुकहरूमा समेत उपयोगी हुने कुरा यस लिपि सम्बन्धी आलेखमा उल्लेख गरिएको छ ।.

Related Results

साइनो : सैद्धान्तिक विमर्श
साइनो : सैद्धान्तिक विमर्श
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा,...
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा न...
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रह्लाद नाटकमा मानसिक द्वन्द्व
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रह्लाद (१९९५) नाटकमा प्रस्तुत मनोविश्लेषणात्मक अध्ययनमा केन्द्रित छ । समले अज (रचना १९८३¬) र ध्रुव (१९८६) नाटकबाट नै पौराणिक विषयवस्तुका नाट्यलेखनमा...

Back to Top