Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

माछो माछो भ्यागुतो कथामा आञ्चलिकता

View through CrossRef
इस्मालीको ‘माछो माछो भ्यागुतो’कथालाई आञ्चलिकताका आधारमा विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेषका रीतिस्थिति, चालचलन, रहनसहन, संस्कार, संस्कृति आदि विविध पक्षहरूको अध्ययन गरिन्छ । प्रस्तुत लेखमा आञ्चलिकताको परिचय दिँदै कथ्यविषय, पात्रचित्रण, प्रकृतिचित्रण, स्थानीयभाषा, स्थानीय रङ, स्थानीय जीवनपद्धति, संस्कृति र लोकजीवन जस्ता आञ्चलिकता निर्धारणका आधारहरूको प्रस्तुति गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिकस्रोतका सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमा वर्णनात्मक विधिको उपयोग गरी कथाको विश्लेषण गरिएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, शोधपत्र आदिबाट द्वितीयक सामग्रीको खोजी गरी यसलेखलाई तयार पारिएको छ । मिथिला क्षेत्रको चुनावी परिवेशलाई केन्द्रविन्दु बनाई लेखिएको यस कथामाचुनावका समयमा गाउँमा देखिएको चहलपहल, उमेदवारहरूको झुटो आश्वासन तथा विपन्न वर्गमा देखिएको नैराश्यतालाई प्रस्तुत गरिएको छ । यस कथामा गरिबीको मारमा पिल्सिएका तथा सामन्तको अत्याचार सहेरबसेका जनताहरूमा बिस्तारै चेतनाको विकास हुँदै गरेको कुरा देखाइएको छ । कथाको विश्लेषणबाट मिथिलाक्षेत्रको स्थानीय जनजीवनसँग सम्बद्ध विविध पक्षलाई द्योतन गर्न सक्षम रहेकाले आञ्चलिकताको प्रयोगसमुचित ढङ्गले भएको निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: माछो माछो भ्यागुतो कथामा आञ्चलिकता
Description:
इस्मालीको ‘माछो माछो भ्यागुतो’कथालाई आञ्चलिकताका आधारमा विश्लेषण गरिएको छ । आञ्चलिक अध्ययनमा निश्चित स्थानविशेषका रीतिस्थिति, चालचलन, रहनसहन, संस्कार, संस्कृति आदि विविध पक्षहरूको अध्ययन गरिन्छ । प्रस्तुत लेखमा आञ्चलिकताको परिचय दिँदै कथ्यविषय, पात्रचित्रण, प्रकृतिचित्रण, स्थानीयभाषा, स्थानीय रङ, स्थानीय जीवनपद्धति, संस्कृति र लोकजीवन जस्ता आञ्चलिकता निर्धारणका आधारहरूको प्रस्तुति गरिएको छ । प्रस्तुत लेख गुणात्मक ढाँचामा रहेको छ । यस लेखमा पुस्तकालयीय कार्यबाट प्राथमिकस्रोतका सामग्री सङ्कलन गरिएको छ । यस अध्ययनमा वर्णनात्मक विधिको उपयोग गरी कथाको विश्लेषण गरिएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित लेख, शोधपत्र आदिबाट द्वितीयक सामग्रीको खोजी गरी यसलेखलाई तयार पारिएको छ । मिथिला क्षेत्रको चुनावी परिवेशलाई केन्द्रविन्दु बनाई लेखिएको यस कथामाचुनावका समयमा गाउँमा देखिएको चहलपहल, उमेदवारहरूको झुटो आश्वासन तथा विपन्न वर्गमा देखिएको नैराश्यतालाई प्रस्तुत गरिएको छ । यस कथामा गरिबीको मारमा पिल्सिएका तथा सामन्तको अत्याचार सहेरबसेका जनताहरूमा बिस्तारै चेतनाको विकास हुँदै गरेको कुरा देखाइएको छ । कथाको विश्लेषणबाट मिथिलाक्षेत्रको स्थानीय जनजीवनसँग सम्बद्ध विविध पक्षलाई द्योतन गर्न सक्षम रहेकाले आञ्चलिकताको प्रयोगसमुचित ढङ्गले भएको निष्कर्ष निकालिएको छ ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

Back to Top