Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn

View through CrossRef
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित, आवाजविहीन, सर्वहारा, गरिब, किनारीकृत समूह नै सबाल्टर्न समूह हुन् । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययनको नवीन पद्धति हो । यसभित्र जुनसुकै प्रकारका विभेदका कारण किनारीकृत हुन पुगेका सबै शोषित वर्गलाई समेटिन्छ । यसले साहित्यमा अभिव्यक्त भएको सीमान्तीकृत समूहको स्थिति, प्रभुत्वशाली शक्ति र विचारधाराको खोजी गर्दछ । प्रस्तुत अध्ययनमा सबाल्टर्न सिद्धान्तका आधारमा इस्मालीकृत ‘हरिशरण रामको पुनरागमन’कथामा सबाल्टर्न वर्गको जातीय, धार्मिक र भौगोलिक अवस्था पहिचान गरिएको छ साथै कथामा देखिएको सबाल्टर्नको स्थान, प्रभुत्वशाली संस्कृति र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । प्रस्तुत कथामा नेपालको महोत्तरी जिल्लामा रहेका चमार जातिलाई सबाल्टर्न वर्गका रूपमा चित्रण गरी उनीहरू अझै शक्तिको केन्द्रमा आउन नसकेको र प्रतिरोध गर्न नसकेको अवस्था प्रस्तुत गरिएको छ । कथामा प्रकट भएको विषयवस्तु र पात्र नेपालको तत्तत् क्षेत्रकाआज पनि सबाल्टर्न जीवन बाँचेको देखिन्छ । त्यसैले सबाल्टर्न वर्ग बुझ्न यस कथाको अध्ययन गर्नु उपयोगी देखिन्छ । प्रस्तुत कथामा पाठविश्लेषण विधिबाट प्रस्तुत कथाका पात्र जातीयताका साथै धार्मिक, भौगोलिक सबाल्टर्न पनि रहेका छन् र उनीहरू आवाजवीहीन रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
Title: हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
Description:
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित, आवाजविहीन, सर्वहारा, गरिब, किनारीकृत समूह नै सबाल्टर्न समूह हुन् । सबाल्टर्न अध्ययन सांस्कृतिक अध्ययनको नवीन पद्धति हो । यसभित्र जुनसुकै प्रकारका विभेदका कारण किनारीकृत हुन पुगेका सबै शोषित वर्गलाई समेटिन्छ । यसले साहित्यमा अभिव्यक्त भएको सीमान्तीकृत समूहको स्थिति, प्रभुत्वशाली शक्ति र विचारधाराको खोजी गर्दछ । प्रस्तुत अध्ययनमा सबाल्टर्न सिद्धान्तका आधारमा इस्मालीकृत ‘हरिशरण रामको पुनरागमन’कथामा सबाल्टर्न वर्गको जातीय, धार्मिक र भौगोलिक अवस्था पहिचान गरिएको छ साथै कथामा देखिएको सबाल्टर्नको स्थान, प्रभुत्वशाली संस्कृति र प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ । प्रस्तुत कथामा नेपालको महोत्तरी जिल्लामा रहेका चमार जातिलाई सबाल्टर्न वर्गका रूपमा चित्रण गरी उनीहरू अझै शक्तिको केन्द्रमा आउन नसकेको र प्रतिरोध गर्न नसकेको अवस्था प्रस्तुत गरिएको छ । कथामा प्रकट भएको विषयवस्तु र पात्र नेपालको तत्तत् क्षेत्रकाआज पनि सबाल्टर्न जीवन बाँचेको देखिन्छ । त्यसैले सबाल्टर्न वर्ग बुझ्न यस कथाको अध्ययन गर्नु उपयोगी देखिन्छ । प्रस्तुत कथामा पाठविश्लेषण विधिबाट प्रस्तुत कथाका पात्र जातीयताका साथै धार्मिक, भौगोलिक सबाल्टर्न पनि रहेका छन् र उनीहरू आवाजवीहीन रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

इरफान अली कथाको सबाल्टर्न विश्लेषण
इरफान अली कथाको सबाल्टर्न विश्लेषण
प्रस्तुत लेखमा नारायण ढकालको ‘इरफान अली’ कथालाई सबाल्टर्न अध्ययनका दृष्टिले विश्लेषण गरिएको छ । सबाल्टर्न शब्दले सामान्यतः वर्ग, लिङ्ग, जाति, उमेर, भाषा, कार्यगत दर्जालगायत हरेक हि...
तपन उपन्यासमा सबाल्टर्न चेतना
तपन उपन्यासमा सबाल्टर्न चेतना
प्रस्तुत शोधलेख शरद पौडेलद्वारा लिखित तपन उपन्यासको सबाल्टर्न चेतनाका आधारमा अध्ययन गरिएको छ । ग्राम्सीको प्रभुत्वसम्बन्धी अवधारणालाई लिएर रन्जित गुहाको नेतृत्वमा भारतमा सन् १९८२ द...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...

Back to Top