Javascript must be enabled to continue!
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
View through CrossRef
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरैवेति उपन्यासमा के–कस्तो युगचेतनाको अभिव्यक्ति पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि चरैवेति उपन्यास प्राथमिक सामग्री र युगचेतनासँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । युग र सामाजिक सांस्कृतिक परिवेश, युगीन राजनीति, युगीन आर्थिक अवस्था, युगीन विचारधारा, उपन्यासका युगीन प्रवृत्तिहरू, युगमा आधारित लेखकीय र सामाजिक अनुभव गरी यी छओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् । पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा पूर्वी नेपालको पहाड र तराईको जनजीवन, त्यहाँ व्याप्त धर्मान्तरण, हिन्दु अतिवाद, छुवाछुत, जातीय विभेद, विदेशी संस्कृतिको नकारात्मक प्रभाव, हिन्दु, इसाई र किरात धर्मबिचको मतमतान्तर आदि चरैवेति उपन्यासमा प्रयुक्त युग र सामाजिक सांस्कृतिक परिवेश हो । पञ्चायतकालीन शासन व्यवस्था, इसाईहरूमाथि धार्मिक प्रतिबन्ध लगाउनु, धर्म प्रचारको आरोपमा प्रहरी प्रशासनले धरपकड गर्नु र मुद्दा लगाउनु आदि उपन्यासमा प्रयुक्त युगीन राजनीति हो । जङ्गल फाँडेर बसोबास गर्नु, खानलाउनकै दुःखले बसाइँ सर्नु, समयमै अस्पतालको उपचार प्राप्त गर्न नसकेर मृत्युवरण गर्न पुग्नु जस्ता घटनावलीले कमजोर आर्थिक अवस्थालाई बुझाउँछ । समाजमा व्याप्त सारा धार्मिक रूढिवाद र अन्धपरम्परालाई चिर्न वैज्ञानिक चेत र मानवतावादले मात्रै सक्ने हुँदा प्रकृतिलाई रक्षा गर्ने वैज्ञानिक तथा भौतिकवादी जीवन अँगाल्नुपर्ने विचार उपन्यासमा प्रयुक्त युगीन विचारधारा हो । पूर्वीय र पाश्चात्य धर्मदर्शनको तुलनात्मक अध्ययन गर्नु, सामाजिक यथार्थतालाई प्रस्तुत गर्नु जस्ता मूलभूत औपन्यासिक प्रवृतिहरू उपन्यासमा पाइन्छ । समाजमा देखिएका विकृति, विसङ्गति, पारिवारिक बेमेल आदिजस्ता विषयलाई लेखकले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यस्तै आजको आधुनिक युगमा विज्ञान र प्रविधि प्रमुख तत्त्वका रूपमा रहेका छन्, समाजमा मानवताको खाँचो छ, प्रकृतिको संरक्षण गर्न नसके सारा जगत् खतरामा पर्छ भन्ने विचार लेखकीय सामाजिक अनुभवगत विचार हो । यसरी युगचेतनाको सिद्धान्त र प्रयोगका दृष्टिले चरैवेति उपन्यास अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।
Title: चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
Description:
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरैवेति उपन्यासमा के–कस्तो युगचेतनाको अभिव्यक्ति पाइन्छ भन्ने समस्यामा केन्द्रित रहेर यो अध्ययन गरिएको छ । यसका लागि चरैवेति उपन्यास प्राथमिक सामग्री र युगचेतनासँग सम्बन्धित द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । तिनको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । युग र सामाजिक सांस्कृतिक परिवेश, युगीन राजनीति, युगीन आर्थिक अवस्था, युगीन विचारधारा, उपन्यासका युगीन प्रवृत्तिहरू, युगमा आधारित लेखकीय र सामाजिक अनुभव गरी यी छओटा आधार नै कृतिको विमर्श गर्ने सैद्धान्तिक स्वरूप हुन् । पाठविश्लेषण विधिमा आधारित यस अध्ययनका आधारमा पूर्वी नेपालको पहाड र तराईको जनजीवन, त्यहाँ व्याप्त धर्मान्तरण, हिन्दु अतिवाद, छुवाछुत, जातीय विभेद, विदेशी संस्कृतिको नकारात्मक प्रभाव, हिन्दु, इसाई र किरात धर्मबिचको मतमतान्तर आदि चरैवेति उपन्यासमा प्रयुक्त युग र सामाजिक सांस्कृतिक परिवेश हो । पञ्चायतकालीन शासन व्यवस्था, इसाईहरूमाथि धार्मिक प्रतिबन्ध लगाउनु, धर्म प्रचारको आरोपमा प्रहरी प्रशासनले धरपकड गर्नु र मुद्दा लगाउनु आदि उपन्यासमा प्रयुक्त युगीन राजनीति हो । जङ्गल फाँडेर बसोबास गर्नु, खानलाउनकै दुःखले बसाइँ सर्नु, समयमै अस्पतालको उपचार प्राप्त गर्न नसकेर मृत्युवरण गर्न पुग्नु जस्ता घटनावलीले कमजोर आर्थिक अवस्थालाई बुझाउँछ । समाजमा व्याप्त सारा धार्मिक रूढिवाद र अन्धपरम्परालाई चिर्न वैज्ञानिक चेत र मानवतावादले मात्रै सक्ने हुँदा प्रकृतिलाई रक्षा गर्ने वैज्ञानिक तथा भौतिकवादी जीवन अँगाल्नुपर्ने विचार उपन्यासमा प्रयुक्त युगीन विचारधारा हो । पूर्वीय र पाश्चात्य धर्मदर्शनको तुलनात्मक अध्ययन गर्नु, सामाजिक यथार्थतालाई प्रस्तुत गर्नु जस्ता मूलभूत औपन्यासिक प्रवृतिहरू उपन्यासमा पाइन्छ । समाजमा देखिएका विकृति, विसङ्गति, पारिवारिक बेमेल आदिजस्ता विषयलाई लेखकले उपन्यासमा जीवन्त रूपमा प्रस्तुत गरेका छन् । यस्तै आजको आधुनिक युगमा विज्ञान र प्रविधि प्रमुख तत्त्वका रूपमा रहेका छन्, समाजमा मानवताको खाँचो छ, प्रकृतिको संरक्षण गर्न नसके सारा जगत् खतरामा पर्छ भन्ने विचार लेखकीय सामाजिक अनुभवगत विचार हो । यसरी युगचेतनाको सिद्धान्त र प्रयोगका दृष्टिले चरैवेति उपन्यास अब्बल रहेको निष्कर्ष यसमा प्रस्तुत गरिएको छ ।.
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...

