Javascript must be enabled to continue!
टुवरा उपन्यासमा सीमान्तीयता
View through CrossRef
प्रस्तुत लेखमा मनोज थारूद्वारा लिखित टुवरा उपन्यासको सीमान्तीय समालोचनाका आधारमा अध्ययन गरिएको छ । सीमान्तीय समालोचना भन्नाले देशको मूलधारदेखि बाहिर रहेका विभिन्न जाति, वर्ग, वर्ण, क्षेत्र आदिको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक आदि पक्ष अध्ययन गर्ने समालोचनाको सिद्धान्त भन्ने बुझिन्छ । प्रस्तुत उपन्यासमा थारूजातिसँग सम्बन्धित विभिन्न किसिमका समस्याको चित्रण गरिएको छ । त्यसैले यो अध्ययन थारूजाति के कस्ता कारणले कुन कुन क्षेत्रमा पछि परेको छ भन्ने मुख्य समस्या र यसको समाधान खोज्नमा केन्द्रित छ । यसमा टुवरा उपन्यास प्राथमिक सामग्रीका रूपमा रहेको छ भने सीमान्तीय समालोचनाका बारेमा उल्लेख गरिएका पुस्तक, जर्नल आदि द्वितीयक सामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । पुस्तकबाट सूचकसँग सम्बन्धित अंश उद्धरण प्रस्तुत गरी अध्ययनलाई प्रामाणिक र विश्वसनीय बनाइएको छ । यस अध्ययनबाट मुख्यतः थारूहरूलाई जातीय र वर्गीय दृष्टिले किनारामा पारिएको र यस कार्यमा उच्चवर्गका गैरथारूजातिको विभेदकारी चिन्तन र व्यवहार मुख्य कारक रहेको निष्कर्ष प्राप्त भएको जनाइएको छ । उपन्यासले आंशिक रूपमा किनाराकृत निम्नवर्गका जनजातिको सामाजिक र आर्थिक अवस्थाको पनि चित्रण गरेको छ । यसकारण उपन्यास सीमान्तीय चेतनाका साथै शैलीशिल्पका दृष्टिले पनि सफल र प्रभावकारी रहेको छ ।
Nepal Journals Online (JOL)
Title: टुवरा उपन्यासमा सीमान्तीयता
Description:
प्रस्तुत लेखमा मनोज थारूद्वारा लिखित टुवरा उपन्यासको सीमान्तीय समालोचनाका आधारमा अध्ययन गरिएको छ । सीमान्तीय समालोचना भन्नाले देशको मूलधारदेखि बाहिर रहेका विभिन्न जाति, वर्ग, वर्ण, क्षेत्र आदिको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक आदि पक्ष अध्ययन गर्ने समालोचनाको सिद्धान्त भन्ने बुझिन्छ । प्रस्तुत उपन्यासमा थारूजातिसँग सम्बन्धित विभिन्न किसिमका समस्याको चित्रण गरिएको छ । त्यसैले यो अध्ययन थारूजाति के कस्ता कारणले कुन कुन क्षेत्रमा पछि परेको छ भन्ने मुख्य समस्या र यसको समाधान खोज्नमा केन्द्रित छ । यसमा टुवरा उपन्यास प्राथमिक सामग्रीका रूपमा रहेको छ भने सीमान्तीय समालोचनाका बारेमा उल्लेख गरिएका पुस्तक, जर्नल आदि द्वितीयक सामग्रीका रूपमा रहेका छन् । गुणात्मक प्रकृतिको यस अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि अवलम्बन गरिएको छ । पुस्तकबाट सूचकसँग सम्बन्धित अंश उद्धरण प्रस्तुत गरी अध्ययनलाई प्रामाणिक र विश्वसनीय बनाइएको छ । यस अध्ययनबाट मुख्यतः थारूहरूलाई जातीय र वर्गीय दृष्टिले किनारामा पारिएको र यस कार्यमा उच्चवर्गका गैरथारूजातिको विभेदकारी चिन्तन र व्यवहार मुख्य कारक रहेको निष्कर्ष प्राप्त भएको जनाइएको छ । उपन्यासले आंशिक रूपमा किनाराकृत निम्नवर्गका जनजातिको सामाजिक र आर्थिक अवस्थाको पनि चित्रण गरेको छ । यसकारण उपन्यास सीमान्तीय चेतनाका साथै शैलीशिल्पका दृष्टिले पनि सफल र प्रभावकारी रहेको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...

