Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना

View through CrossRef
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको स्वरुप केकस्तो रहेको छ र प्रतिरोधी चेतनालाई किराती कविहरुले कवितामा केकसरी अभिव्यक्त गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारलाई पाठ विश्लेषणको मुख्य विधिको रुपमा अँगालिएको छ । यस लेखमा उत्तरवर्ती किराती कविताको विश्लेषणका क्रममा मूलतः भूगोल, सभ्यता संस्कृति र भाषिकपक्षसँग सम्बद्ध प्रतिरोधी चेतनाका आवाजहरु प्रखर रुपमा अभिव्यञ्जित गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । उत्तरवर्ती किराती कवितामा भौगोलिक, सांस्कृतिकका साथै भाषिक प्रतिरोधी चेतनाको मूल्यमाथि विमर्श गर्दै किराती प्रतिरोधी चेतना प्रकट गर्नु कविहरुको प्रमुख ध्येय देखिएकाले उनीहरुले प्रतिरोधी चेतनालाई   महत्वकाकासाथ्  प्रभावशाली ढङ्गबाट प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।
Title: उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
Description:
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको स्वरुप केकस्तो रहेको छ र प्रतिरोधी चेतनालाई किराती कविहरुले कवितामा केकसरी अभिव्यक्त गरेका छन् भन्ने जिज्ञासाको समाधान गर्नु यस लेखको प्रमुख उद्देश्य रहेको छ । यस अध्ययनमा आधारभूत र द्वितीयक स्रोतबाट सामाग्री लिई प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारलाई पाठ विश्लेषणको मुख्य विधिको रुपमा अँगालिएको छ । यस लेखमा उत्तरवर्ती किराती कविताको विश्लेषणका क्रममा मूलतः भूगोल, सभ्यता संस्कृति र भाषिकपक्षसँग सम्बद्ध प्रतिरोधी चेतनाका आवाजहरु प्रखर रुपमा अभिव्यञ्जित गरिएको छ भन्ने तथ्यलाई पुष्टि गरिएको छ । उत्तरवर्ती किराती कवितामा भौगोलिक, सांस्कृतिकका साथै भाषिक प्रतिरोधी चेतनाको मूल्यमाथि विमर्श गर्दै किराती प्रतिरोधी चेतना प्रकट गर्नु कविहरुको प्रमुख ध्येय देखिएकाले उनीहरुले प्रतिरोधी चेतनालाई   महत्वकाकासाथ्  प्रभावशाली ढङ्गबाट प्रस्तुत गरेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।.

Related Results

उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
माधवप्रसाद घिमिरेको ‘वैराग्य’ कवितामा ईश्वरचिन्तन {Godconsciousness in Madhav Prasad Ghimire's poem 'Vair-agya'}
प्रस्तुत आलेखमा माधवप्रसाद घिमिरेद्वारा लिखित ‘वैराग्य’ कविताको दर्शनपरक अध्ययन गरिएको छ । पूर्वीय वेदान्त दर्शन प्रतिपाद्य सगुण, साकार ईश्वरसम्बन्धी मान्यतालाई विश्लेषणको आधार बना...
मानुषी कविताको लैङ्गिक अध्ययन
मानुषी कविताको लैङ्गिक अध्ययन
प्रगतिवादी साहित्यकार पारिजातद्वारा रचित मानुषी कविता मूलतः लैङ्गिक समानताका दृष्टिले नारीवादी मान्यतामारचना भएको पाइन्छ । प्रस्तुत मानुषी कवितामा नेपाली समाजमा विद्यमान लैङ्गिक भे...
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकास
प्रस्तुत लेख लेखनाथ पौड्यालका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्विकाससँग सम्बन्धित छ । विषयवस्तुअनुसार यस लेखको शीर्षक लेखनाथका कवितामा पूर्वीय दर्शनको पृष्ठभूमि र अन्तर्वि...
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
‘सूर्य–महिमा’ कवितामा अद्वैत वेदान्त दर्शन
प्रस्तुत अनुसन्धानात्मक लेखमा लेखनाथ पौड्यालको ‘सूर्य–महिमा’ कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान्यताहरूको विश्लेषण गरिएको छ । यस कवितामा प्रस्तुत अद्वैत वेदान्त दर्शनका मान...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपास...

Back to Top