Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

नासाे कथामा लोकसंस्कृति

View through CrossRef
प्रस्तुत लेखमा गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथासङ्ग्रहमा सङ्गृहीत 'नासो' शीर्षकको कथालाई लोकसंस्कृतिका आधारमा अध्ययन गरिएको छ । लेखमा कथाको विश्लेषण गर्नुपूर्व लोक र संस्कृति शब्दका अर्थ दिनाका साथै उक्त दुई शब्दका योगद्वारा निर्मित लोकसंस्कृति शब्दको तात्पर्यार्थ प्रस्तुत गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा विश्लेषित कथा र लोकसंस्कृतिका बारेमा उल्लेख गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्री प्रयोग गरिएको छ । विश्लेषणका लागि मानदण्ड तयार गर्दा आगमनात्मक विधि अवलम्बन गरिएको छ । लोकसंस्कृतिसँग सम्बन्धित लोकरीति, लोकधर्म, लोकसंस्कार, लोकविश्वास र लोकउपचारलाई मानदण्ड बनाई व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिद्वारा कथाको विश्लेषण गरिएको छ । निष्कर्षका रूपमा नेपाली ग्रामीण समाजको रीतिरिवाज, धर्म, संस्कार, लोकको आस्था र विश्वास, लोकले विश्वास गर्दै आएको परम्परागत उपचारपद्धति आदि संस्कृतिसम्बद्ध पक्षको स्वाभाविक र सुन्दर किसिमले प्रयोग गरिएका कारण कथा सफल र प्रभावकारी रहेको कुरा उल्लेख गरिएको छ ।
Title: नासाे कथामा लोकसंस्कृति
Description:
प्रस्तुत लेखमा गुरुप्रसाद मैनालीद्वारा लिखित नासो कथासङ्ग्रहमा सङ्गृहीत 'नासो' शीर्षकको कथालाई लोकसंस्कृतिका आधारमा अध्ययन गरिएको छ । लेखमा कथाको विश्लेषण गर्नुपूर्व लोक र संस्कृति शब्दका अर्थ दिनाका साथै उक्त दुई शब्दका योगद्वारा निर्मित लोकसंस्कृति शब्दको तात्पर्यार्थ प्रस्तुत गरिएको छ । गुणात्मक प्रकृतिको यस अध्ययनमा विश्लेषित कथा र लोकसंस्कृतिका बारेमा उल्लेख गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्री प्रयोग गरिएको छ । विश्लेषणका लागि मानदण्ड तयार गर्दा आगमनात्मक विधि अवलम्बन गरिएको छ । लोकसंस्कृतिसँग सम्बन्धित लोकरीति, लोकधर्म, लोकसंस्कार, लोकविश्वास र लोकउपचारलाई मानदण्ड बनाई व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिद्वारा कथाको विश्लेषण गरिएको छ । निष्कर्षका रूपमा नेपाली ग्रामीण समाजको रीतिरिवाज, धर्म, संस्कार, लोकको आस्था र विश्वास, लोकले विश्वास गर्दै आएको परम्परागत उपचारपद्धति आदि संस्कृतिसम्बद्ध पक्षको स्वाभाविक र सुन्दर किसिमले प्रयोग गरिएका कारण कथा सफल र प्रभावकारी रहेको कुरा उल्लेख गरिएको छ ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

Back to Top