Javascript must be enabled to continue!
भावसन्धिका आलोकमा उर्वशी
View through CrossRef
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हुन्छ भन्ने सारगर्भित खण्डकाव्य हो । पाण्डवहरूको वनवासका सन्दर्भमा अर्जुनले इन्द्रको आग्रहमा दानवहरूको आक्रमणबाट स्वर्गलोकलाई मुक्त गराएको र अप्सरा उर्वशी वीर अर्जुनप्रति आकृष्ट भएर भोगेच्छाका लागि आग्रह गर्दा अर्जुनद्वारा अस्वीकार भएपश्चात् क्रोधवश उर्वशीले श्राप प्रदान गरेपछि स्वयं कविद्वारा सानासाना अप्राप्तिमै हताश नभई कर्ममार्गमा लाग्न गरिएको आग्रहलाई केन्द्रीय कथ्य बनाउनु यस काव्यको अभीष्ट हो । प्रस्तुत प्राज्ञिक लेख उर्वशी खण्डकाव्यमा प्रयुक्त स्थायीभावहरूको स्थितिको निरूपणमा आधारित छ । यसमा उर्वशी खण्डकाव्यलाई प्राथमिक सामग्रीका रूपमा र पूर्वीय काव्यशास्त्रमा विवेचित सन्धि नियमलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस लेखमा विषयको विवेचनाका निम्ति पूर्वीय सन्धि नियमलाई आधार बनाई पाठविश्लेषण गरिएकाले निगमनात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत काव्य उर्वशी र अर्जुनबिच जीवनका लागि भोग वा संयम के अभीष्ट हो भन्ने विषयमा आधारित छ । यहाँ नायिकाका भोगेच्छा एवं यौनेच्छा तृप्तिका निम्ति नायकसामु आग्रह हुँदा नायकद्वारा अस्वीकार भएपछि क्रोधले आकुल नायिका नायकलाई नपुंसक हुने श्राप दिएर बाहिरिएपछि कविद्वारा उपदेश दिएको प्रसङ्गमा कथावस्तु टुङ्गिएको छ । काव्यका विभिन्न घटना तथा प्रसङ्गमा घनीभूत रूपमा बाह्य एवं आन्तरिक द्वन्द्व सिर्जना हुँदा रति, क्रोध तथा शम स्थायीभाव जागृत भएका छन् । काव्यको आरम्भदेखि नै जागृत–उद्दीपित रतिभाव नायिकाको भोगेच्छासम्बन्धी प्रस्तावलाई नायकद्वारा अस्वीकार गरेपछि उर्वशीमा अप्रत्याशित उद्बुद्ध क्रोधभावतिर मोडिएर सन्धिको अवस्था सिर्जना भएको छ । क्रोधले आकुल नायिका नायकको शयनकक्षबाट बाहिरिएपछि उनलाई कविले सान्त्वना प्रदान गरेका छन् । कविद्वारा भगवद्गीताबाट अनुप्राणित निष्काम कर्ममार्गमा निरन्तर लागिरहँदा महान्भन्दा महान् लक्ष्यप्राप्ति हुने भएकाले एउटा लक्ष्य पूरा नहुँदैमा हताश हुनु हुँदैन भन्ने सन्देश प्रदान गर्दा शम स्थायीभाव जागृत भएको देखिन्छ । अन्त्यमा रति र क्रोध दुवै भाव शम स्थायीभावमा सन्धि भएको पाइन्छ । प्रस्तुत काव्यका घटना तथा प्रसङ्गका आधारमा अध्ययन गर्दा यसमा प्रयुक्त स्थायीभावहरूमध्ये कुनै पनि भाव रसको अभिव्यक्ति तहमा पुगेका देखिँदैनन् । यी भाव भावकै अवस्थामा सीमित रहेर भावसन्धिको तहमा चमत्कृत भई स्थापित भएको पाइन्छ । अतः रति, क्रोध तथा शम स्थायीभावका सन्धिका कारण प्रस्तुत कृति भावसन्धिका आलेकमा उत्कृष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।
Title: भावसन्धिका आलोकमा उर्वशी
Description:
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हुन्छ भन्ने सारगर्भित खण्डकाव्य हो । पाण्डवहरूको वनवासका सन्दर्भमा अर्जुनले इन्द्रको आग्रहमा दानवहरूको आक्रमणबाट स्वर्गलोकलाई मुक्त गराएको र अप्सरा उर्वशी वीर अर्जुनप्रति आकृष्ट भएर भोगेच्छाका लागि आग्रह गर्दा अर्जुनद्वारा अस्वीकार भएपश्चात् क्रोधवश उर्वशीले श्राप प्रदान गरेपछि स्वयं कविद्वारा सानासाना अप्राप्तिमै हताश नभई कर्ममार्गमा लाग्न गरिएको आग्रहलाई केन्द्रीय कथ्य बनाउनु यस काव्यको अभीष्ट हो । प्रस्तुत प्राज्ञिक लेख उर्वशी खण्डकाव्यमा प्रयुक्त स्थायीभावहरूको स्थितिको निरूपणमा आधारित छ । यसमा उर्वशी खण्डकाव्यलाई प्राथमिक सामग्रीका रूपमा र पूर्वीय काव्यशास्त्रमा विवेचित सन्धि नियमलाई द्वितीयक सामग्रीका रूपमा ग्रहण गरिएको छ । सामग्रीको सङ्कलन पुस्तकालय कार्यबाट गरिएको छ । यस लेखमा विषयको विवेचनाका निम्ति पूर्वीय सन्धि नियमलाई आधार बनाई पाठविश्लेषण गरिएकाले निगमनात्मक विधिको प्रयोग गरिएको छ । प्रस्तुत काव्य उर्वशी र अर्जुनबिच जीवनका लागि भोग वा संयम के अभीष्ट हो भन्ने विषयमा आधारित छ । यहाँ नायिकाका भोगेच्छा एवं यौनेच्छा तृप्तिका निम्ति नायकसामु आग्रह हुँदा नायकद्वारा अस्वीकार भएपछि क्रोधले आकुल नायिका नायकलाई नपुंसक हुने श्राप दिएर बाहिरिएपछि कविद्वारा उपदेश दिएको प्रसङ्गमा कथावस्तु टुङ्गिएको छ । काव्यका विभिन्न घटना तथा प्रसङ्गमा घनीभूत रूपमा बाह्य एवं आन्तरिक द्वन्द्व सिर्जना हुँदा रति, क्रोध तथा शम स्थायीभाव जागृत भएका छन् । काव्यको आरम्भदेखि नै जागृत–उद्दीपित रतिभाव नायिकाको भोगेच्छासम्बन्धी प्रस्तावलाई नायकद्वारा अस्वीकार गरेपछि उर्वशीमा अप्रत्याशित उद्बुद्ध क्रोधभावतिर मोडिएर सन्धिको अवस्था सिर्जना भएको छ । क्रोधले आकुल नायिका नायकको शयनकक्षबाट बाहिरिएपछि उनलाई कविले सान्त्वना प्रदान गरेका छन् । कविद्वारा भगवद्गीताबाट अनुप्राणित निष्काम कर्ममार्गमा निरन्तर लागिरहँदा महान्भन्दा महान् लक्ष्यप्राप्ति हुने भएकाले एउटा लक्ष्य पूरा नहुँदैमा हताश हुनु हुँदैन भन्ने सन्देश प्रदान गर्दा शम स्थायीभाव जागृत भएको देखिन्छ । अन्त्यमा रति र क्रोध दुवै भाव शम स्थायीभावमा सन्धि भएको पाइन्छ । प्रस्तुत काव्यका घटना तथा प्रसङ्गका आधारमा अध्ययन गर्दा यसमा प्रयुक्त स्थायीभावहरूमध्ये कुनै पनि भाव रसको अभिव्यक्ति तहमा पुगेका देखिँदैनन् । यी भाव भावकै अवस्थामा सीमित रहेर भावसन्धिको तहमा चमत्कृत भई स्थापित भएको पाइन्छ । अतः रति, क्रोध तथा शम स्थायीभावका सन्धिका कारण प्रस्तुत कृति भावसन्धिका आलेकमा उत्कृष्ट रहेको निष्कर्ष प्राप्त भएको छ ।.
Related Results
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
सिद्घिचरण श्रेष्ठको उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूप [Urvashi Character’s Worldly Desires in Siddhicharan Shrestha’s Epic Urvashi]
उर्वशी खण्डकाव्यमा उर्वशी पात्रको जीवभावीय स्वरूपको विश्लेषण गर्ने उद्देश्यले यस अनुसन्धानात्मक लेख तयार गरिएको हो । यस लेखको अध्ययनको प्रमुख क्षेत्रका रूपमा सिद्घिचरण श्रेष्ठको उर...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोगात्मक प्रवृत्तिका आलोकमा फर्सीको जरा कविता Prayogatmak Prabritika Aalokma farsiko Jara Kabita
प्रयोग पाश्चात्य जगत्मा जन्मिएर विकसित भएको एउटा साहित्यिक चिन्तन हो । नाटक, चित्रकला, कविता आदि क्षेत्रमा देखापरेको नवीन यो मान्यता पश्चिममा ‘वाद’ का रूपमा भने देखिएको पाईंदैन । प...

