Javascript must be enabled to continue!
स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
View through CrossRef
प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय हीरादेवीको खोज उपन्यासमा अस्तित्ववादी भविताको अभिव्यक्ति कसरी भएको छ भन्ने समस्या समाधान गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यथास्थितिलाई अवलम्बन गरी पतनतिर लाग्ने वा आफू बन्नाका लागि स्वयम् सक्रिय बन्ने भन्ने मान्यता अस्तित्ववादी भवितासँग सम्बन्धित रहेको छ । विवेच्य उपन्यासमा अस्तित्ववादी जीवनदृष्टिको अभिव्यक्ति भएको छ भन्ने कुराको जानकारी पूर्वकार्यको अध्ययनबाट भए पनि भविताका कोणबाट गरिने अध्ययनको रिक्तता रहेकाले यस अध्ययनको सान्दर्भिकता देखिएको छ । तसर्थ अस्तित्ववादी भविताको मर्मअनुरूप निर्मित उपकरणहरू जीवनजगत्प्रतिको स्वाभाविकता, रिक्तताको बोध र अस्तित्वका लागि सक्रियतालाई आधार बनाई उपन्यासको विश्लेषण गरिएको छ । बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय स्थापित गरिएको छ । पाठविश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनका लागि आवश्यक पर्ने सामग्री पुस्तकालय र ईपुस्तकालयबाट सङ्कलन गरिएको छ । अस्तित्ववादी भविताका कोणबाट विवेच्य उपन्यासको अध्ययन गरिएकाले निगमनात्मक अध्ययनविधि अवलम्बन यस अध्ययनमा गरिएको छ । यस उपन्यासका अस्तित्वशील पात्रले जड भविताबाट माथि उठी अस्तित्वका लागि सङ्घर्ष गर्दा आइपरेका समस्याको सामना गर्न तयार भएका तर सम्झौता र आत्मसमर्पण गर्ने पलायनवादी चिन्तनबाट अलग रहेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।
Title: स्वर्गीय हीरादेवीको खोज उपन्यासमा भविता
Description:
प्रस्तुत लेख ध्रुवचन्द्र गौतमद्वारा लिखित स्वर्गीय हीरादेवीको खोज उपन्यासको अस्तित्ववादी जीवनदृष्टिको मूलभूत मान्यता भविताका कोणबाट गरिने विश्लेषणमा केन्द्रित रहेको छ । स्वर्गीय हीरादेवीको खोज उपन्यासमा अस्तित्ववादी भविताको अभिव्यक्ति कसरी भएको छ भन्ने समस्या समाधान गर्ने उद्देश्यले यो लेख तयार पारिएको हो । यथास्थितिलाई अवलम्बन गरी पतनतिर लाग्ने वा आफू बन्नाका लागि स्वयम् सक्रिय बन्ने भन्ने मान्यता अस्तित्ववादी भवितासँग सम्बन्धित रहेको छ । विवेच्य उपन्यासमा अस्तित्ववादी जीवनदृष्टिको अभिव्यक्ति भएको छ भन्ने कुराको जानकारी पूर्वकार्यको अध्ययनबाट भए पनि भविताका कोणबाट गरिने अध्ययनको रिक्तता रहेकाले यस अध्ययनको सान्दर्भिकता देखिएको छ । तसर्थ अस्तित्ववादी भविताको मर्मअनुरूप निर्मित उपकरणहरू जीवनजगत्प्रतिको स्वाभाविकता, रिक्तताको बोध र अस्तित्वका लागि सक्रियतालाई आधार बनाई उपन्यासको विश्लेषण गरिएको छ । बहुसत्यमा आधारित गुणात्मक प्रकृतिको यस अध्ययनमा तत्त्वमीमांसा, ज्ञानमीमांसा र मूल्यमीमांसाका बिचमा समन्वय स्थापित गरिएको छ । पाठविश्लेषण पद्धतिको अवलम्बन गरिएको यस अध्ययनका लागि आवश्यक पर्ने सामग्री पुस्तकालय र ईपुस्तकालयबाट सङ्कलन गरिएको छ । अस्तित्ववादी भविताका कोणबाट विवेच्य उपन्यासको अध्ययन गरिएकाले निगमनात्मक अध्ययनविधि अवलम्बन यस अध्ययनमा गरिएको छ । यस उपन्यासका अस्तित्वशील पात्रले जड भविताबाट माथि उठी अस्तित्वका लागि सङ्घर्ष गर्दा आइपरेका समस्याको सामना गर्न तयार भएका तर सम्झौता र आत्मसमर्पण गर्ने पलायनवादी चिन्तनबाट अलग रहेका छन् भन्ने निष्कर्ष यस अध्ययनबाट निकालिएको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...

