Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर

View through CrossRef
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्ताकोटीद्वारा लेखिएका १२ वटा कथाहरूको सङ्ग्रह हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण/साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद वा छलफल गर्दै तुलना र भिन्नता छुट्याउने कामसमेत गरिएको छ । मूल स्वरलाई केन्द्रमा राखेर कथाहरूको अध्ययन र विश्लेषणका क्रममा विनिर्माण, यौन मनोविज्ञान, सामाजिक विकृति र विसङ्गतिप्रति असन्तुष्टि, पर्यावरणीय चेत र पशुअधिकार, नारीवादी स्वर नै मूल स्वरका रूपमा देखा परेका छन् । आधुनिक र उत्तरआधुनिक भावधारा र शैलीको उपयोग गरी लेखिएका कथाहरू स्वरका दृष्टिले उत्कृष्ट नै देखिन्छन् । यति भएर पनि बौद्धिकता र तार्किकताले थिचिएका कतिपय प्रयोगशील कथाहरू भावसम्प्रेषणका दृष्टिले जटिल बन्न पुगेका छन् भने छोटा आयामका कथाहरूमा घटनाको अस्वाभाविक विकास र तीव्रताले कथाको मूल मर्ममा चोट पुगेको छ । आयामका दृष्टिले मौनकोट, कार्निभल कथा थोरै लामा देखिए पनि संक्षिप्तताभित्र पूर्णताको खोजीका साथ रचना गरिएको ‘कार्निभल’ कथासङ्ग्रह भावसघनता र स्वरका कोणबाट उत्कृष्ट देखापर्दछ ।
Nepal Journals Online (JOL)
Title: ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर
Description:
प्रस्तुत ‘कार्निभल’ कथासङ्ग्रहमा अभिव्यक्त मूल स्वर’ शीर्षकको आलेख मूल स्वरका दृष्टिले कथासङ्ग्रहको विश्लेषण गर्ने उद्देश्यले तयार पारिएको हो । ‘कार्निभल’ (२०७६) कथाकार भूमिराज बस्ताकोटीद्वारा लेखिएका १२ वटा कथाहरूको सङ्ग्रह हो । आलेख तयार पार्ने सन्दर्भमा मूलतः पुस्तकालय कार्यको उपयोग गरी सङ्कलन गरिएका प्राथमिक र द्वितीयक स्रोतका सामग्रीहरूको अध्ययनबाट प्राप्त तथ्यलाई तर्क, प्रमाण/साक्ष्य र उदाहरणका आधारमा पुष्टि गरिएको छ । आवश्यक ठाउँमा पूर्वअध्येताहरूसँग संवाद वा छलफल गर्दै तुलना र भिन्नता छुट्याउने कामसमेत गरिएको छ । मूल स्वरलाई केन्द्रमा राखेर कथाहरूको अध्ययन र विश्लेषणका क्रममा विनिर्माण, यौन मनोविज्ञान, सामाजिक विकृति र विसङ्गतिप्रति असन्तुष्टि, पर्यावरणीय चेत र पशुअधिकार, नारीवादी स्वर नै मूल स्वरका रूपमा देखा परेका छन् । आधुनिक र उत्तरआधुनिक भावधारा र शैलीको उपयोग गरी लेखिएका कथाहरू स्वरका दृष्टिले उत्कृष्ट नै देखिन्छन् । यति भएर पनि बौद्धिकता र तार्किकताले थिचिएका कतिपय प्रयोगशील कथाहरू भावसम्प्रेषणका दृष्टिले जटिल बन्न पुगेका छन् भने छोटा आयामका कथाहरूमा घटनाको अस्वाभाविक विकास र तीव्रताले कथाको मूल मर्ममा चोट पुगेको छ । आयामका दृष्टिले मौनकोट, कार्निभल कथा थोरै लामा देखिए पनि संक्षिप्तताभित्र पूर्णताको खोजीका साथ रचना गरिएको ‘कार्निभल’ कथासङ्ग्रह भावसघनता र स्वरका कोणबाट उत्कृष्ट देखापर्दछ ।.

Related Results

अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
अक्षर कवितासङग्रहका कवितामा प्रगतिवादी चेतना
प्रस्तुत लेखमा लेखनाथ ज्ञवालीको अक्षर कवितासङग्रहमा रहेको प्रगतिवादी चेतनाको विश्लेषण गरिएको छ । यस लेखमा अक्षर कवितासङग्रहलाई प्राथमिक स्रोत सामग्रीको रूपमा तथा प्रगतिवादी अवधारणा...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
छाडिएका भगवान् कथामा यथार्थवाद
छाडिएका भगवान् कथामा यथार्थवाद
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथाम...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...
पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
पलापला गजलकृतिमा राजनीतिक व्यङ्ग्य
प्रस्तुत लेख गजलकार लक्ष्मण थापाको पलापला गजलकृतिमा निहित राजनीतिक व्यङ्ग्यको विश्लेषणमा केन्द्रित रहेको छ । व्यङ्ग्यले कुनै पनि विषयमाथि देखिएका बेथिति र विसङ्गतिप्रति शिष्ट र मर्...

Back to Top