Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

लघुकथा र कथाका साम्यवैषम्य

View through CrossRef
प्रस्तुत लेख कथा र लघुकथाका साम्यवैषम्यको चर्चामा केन्द्रित छ । कथाको एक प्रभेदका रूपमा देखिएको लघुकथाका बारेमा केही सैद्धान्तिक अस्पष्टता देखिएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा केही चर्चा भए पनि मूलतः कथाभन्दा केकति कारणले लघुकथा भिन्न छ भन्ने बारेमा प्रस्ट चर्चा भएको पाइँदैन । तसर्थ कथासँग लघुकथाका केकति समानता र असमानता छन् भन्ने प्रश्नको प्राज्ञिक समाधानमा लेख केन्द्रित रहेको छ । त्यस सन्दर्भमा मूलतः वैषम्य वा असमानतामा केन्द्रित रही तुलनात्मक विधि अवलम्बन गरिएको छ । कथा र लघुकथाका बारेमा पूर्व अध्येताका सैद्धान्तिक सामग्री तथा सर्जकका सिर्जनाबाट अवधारणा निर्माण गरी वैषम्यका मूल आधार तय गरिएको छ । विधा तथा प्रविधाको विकासयात्रामा मानकहरू भत्कने र नयाँ बन्ने ऐतिहासिक साक्ष्य भए पनि खास गरी आकार, कथानकीय ढाँचा, चरित्रनिर्माण, समापन वा अन्त्य व्यवस्थापन तथा सारवस्तुको प्रक्षेपण जस्ता आधारमा लघुकथा कथाभन्दा भिन्न छ भन्ने निष्कर्ष निकालिएको छ ।
Nepal Journals Online (JOL)
Title: लघुकथा र कथाका साम्यवैषम्य
Description:
प्रस्तुत लेख कथा र लघुकथाका साम्यवैषम्यको चर्चामा केन्द्रित छ । कथाको एक प्रभेदका रूपमा देखिएको लघुकथाका बारेमा केही सैद्धान्तिक अस्पष्टता देखिएका छन् । लघुकथालाई चिनाउने सन्दर्भमा केही चर्चा भए पनि मूलतः कथाभन्दा केकति कारणले लघुकथा भिन्न छ भन्ने बारेमा प्रस्ट चर्चा भएको पाइँदैन । तसर्थ कथासँग लघुकथाका केकति समानता र असमानता छन् भन्ने प्रश्नको प्राज्ञिक समाधानमा लेख केन्द्रित रहेको छ । त्यस सन्दर्भमा मूलतः वैषम्य वा असमानतामा केन्द्रित रही तुलनात्मक विधि अवलम्बन गरिएको छ । कथा र लघुकथाका बारेमा पूर्व अध्येताका सैद्धान्तिक सामग्री तथा सर्जकका सिर्जनाबाट अवधारणा निर्माण गरी वैषम्यका मूल आधार तय गरिएको छ । विधा तथा प्रविधाको विकासयात्रामा मानकहरू भत्कने र नयाँ बन्ने ऐतिहासिक साक्ष्य भए पनि खास गरी आकार, कथानकीय ढाँचा, चरित्रनिर्माण, समापन वा अन्त्य व्यवस्थापन तथा सारवस्तुको प्रक्षेपण जस्ता आधारमा लघुकथा कथाभन्दा भिन्न छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

कथाका उपकरणहरूको अध्ययन
कथाका उपकरणहरूको अध्ययन
कथा मानव उदयसँगसँगै भएको हो यसको विकास पनि मानव विकास र उदयसँगै भएको मानिन्छ । यसको प्रयोग पनि मानवले आफ्नो जीवनका अनेक पक्षमा गर्दै आएको छ । यसरी मानवले प्रयोग गर्दै आएको कथा लिपि...
लघुकथामा मानकको धर्को
लघुकथामा मानकको धर्को
प्रस्तुत लेखमा आख्यान विधाको महत्वपूर्ण प्रविधा लघुकथासँग सम्बन्धित रही लघुकथामा मानकको निर्धारण सम्बन्धी अवधारणाको अध्ययन गरिएको छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुग...
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
छाडिएका भगवान् कथामा यथार्थवाद
छाडिएका भगवान् कथामा यथार्थवाद
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथाम...

Back to Top