Javascript must be enabled to continue!
आकाश उपन्यासमा नारीवादी चेतना
View through CrossRef
प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतबाट तथ्य सङ्कलन गरिएको छ । यस अध्ययनमा शीर्षक, सारसङ्क्षेप, विषयपरिचय, सैद्धान्तिक पर्याधार र मूलपाठको अध्ययन गरी निष्कर्षमा पुगिएको छ । समानान्तर आकाश नारीवादी उपन्यासकार पद्मावती सिंहको उपन्यास हो । यहाँ एउटी नारीद्वारा, सुनिएको, भोगिएको नारी मानसिकता, विभिन्न नारी वेदनालाई विषयसन्दर्भ बनाइएको छ । उपन्यासमा म पात्र सुस्मिताका माध्यमबाट सहर र गाउँ सबैतिरका नारीहरूले भोग्ने पीडा समान भएकाले नारीहरू शिक्षित नभएसम्म समानान्तर आकाश प्राप्ति नहुने देखाइएको छ । नारी र पुरुष समान भए पनि परम्परादेखि नै अनेक बहानामा नारीहरू शोषणमा परिरहेका छन् । लैङ्गिक विभेदको अन्त्य गरी समान अधिकारका लागि नारीहरू आत्मनिर्भर र सशक्त हुनुपर्छ भन्ने नारीवादी चिन्तनको अभिव्यक्ति यहाँ रहेको छ ।
Title: आकाश उपन्यासमा नारीवादी चेतना
Description:
प्रस्तुत लेख नारीवादी चेतनाका आधारमा समानान्तर आकाश उपन्यासको अध्ययन गर्ने उद्देश्यले तयार पारिएको हो । गुणात्मक ढाँचामा संरचित यस लेखमा कृति अवलोकन, पूर्वकार्यको अवलोकन आदि स्रोतबाट तथ्य सङ्कलन गरिएको छ । यस अध्ययनमा शीर्षक, सारसङ्क्षेप, विषयपरिचय, सैद्धान्तिक पर्याधार र मूलपाठको अध्ययन गरी निष्कर्षमा पुगिएको छ । समानान्तर आकाश नारीवादी उपन्यासकार पद्मावती सिंहको उपन्यास हो । यहाँ एउटी नारीद्वारा, सुनिएको, भोगिएको नारी मानसिकता, विभिन्न नारी वेदनालाई विषयसन्दर्भ बनाइएको छ । उपन्यासमा म पात्र सुस्मिताका माध्यमबाट सहर र गाउँ सबैतिरका नारीहरूले भोग्ने पीडा समान भएकाले नारीहरू शिक्षित नभएसम्म समानान्तर आकाश प्राप्ति नहुने देखाइएको छ । नारी र पुरुष समान भए पनि परम्परादेखि नै अनेक बहानामा नारीहरू शोषणमा परिरहेका छन् । लैङ्गिक विभेदको अन्त्य गरी समान अधिकारका लागि नारीहरू आत्मनिर्भर र सशक्त हुनुपर्छ भन्ने नारीवादी चिन्तनको अभिव्यक्ति यहाँ रहेको छ ।.
Related Results
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
समानान्तर आकाशमा नारीवादी चेतना {Feminist Consciousness in The Samanantar Aakash}
पद्मावती सिंहको ‘समानान्तर आकाश’ उपन्यास नेपाली साहित्यमा विशेषतः नारीवादलाई सशक्त रूपमा प्रस्तुत गर्ने उपन्यासका रूपमा परिचित छ । समाजमा विद्यमान लैङ्गिक विभेद, पुरुषहरूको हैकमवाद...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

