Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

साइनो : सैद्धान्तिक विमर्श

View through CrossRef
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.सं. २०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।
Title: साइनो : सैद्धान्तिक विमर्श
Description:
प्रस्तुत लेख नेपाली साहित्यको नेपाली सूत्र कविता साइनोको सैद्धान्तिक विमर्शसँग आबद्ध रहेको छ । यसमा साइनो सूत्र कविताको सैद्धान्तिक विमर्शका साथै यसको उत्पत्ति, सिद्धान्त, परिभाषा, रचनाविधान र घटकतत्त्वको चिनारी दिने प्रयत्न गरिएको छ । व्यङ्ग्यात्मक ढङ्गबाट सिर्जनात्मक तरिकाले सम्बन्धित विषयलाई छोटोछरितो रूपमा प्रस्तुत हुने साइनोको विकासक्रमलाई हेर्ने हो भने लामो इतिहास बनेको छैन । वि.
सं.
२०७६ साल साउन १६ गते परिकल्पना गरिएको साइनोको इतिहास लामो नभए पनि यसको आधार प्रस्ट रूपमा कोरिएको छ । साहित्यका सन्दर्भमा हेर्दा लामो इतिहास नबोकेको साइनोको व्यवस्थित अध्ययन हुन नसकेको अवस्थामा यसको व्यवस्थित र तथ्यपरक अध्ययन हुनु वाञ्छनीय रहेको छ । यसैलाई आधार मानेर साइनोको यो सैद्धान्तिक विमर्शको खाका कोरिएको हो । नेपाली वाङ्मय क्षेत्रमा नवप्रतिभाका रूपमा आएको साइनोसम्बन्धी धारणालाई परिभाषाका रूपमा उल्लेख गरिएको छ । मूल रूपमा यो लेख साइनोको सैद्धान्तिक विमर्शमा केन्द्रित रहेको छ । यसमा मुख्य गरी सैद्धान्तिक विमर्शभित्र साइनोको उत्पत्तिगत आधार, परिचय, परिभाषा, संरचनात्मक विधान र साइनोका लागि आवश्यक घटकतत्त्वलाई समावेश गरिएको छ । यिनै विषयलाई थप पुष्टि गर्नुका साथै घटकतत्त्वगत विषयलाई उदाहरणद्वारा पुष्टि गरी यस लेखको निचोड निकालिएको छ ।.

Related Results

समकालीन विमर्श के विभिन्न आयाम
समकालीन विमर्श के विभिन्न आयाम
यह सदी विमर्शों की सदी है । यानि समाज की किसी भी समस्या पर चर्चा–परिचर्चा, संवाद, तर्क–वितर्क आदि । दूसरे शब्दों में कहा जाये तो जब व्यक्ति किसी समूह में किसी विषय पर चिन्तन अथचा च...
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्धति
प्राज्ञिक लेखनअन्तर्गत अभिलेखीकरण पद्धतिको परिचय र यसको प्रयोगसँग सम्बद्ध भई प्रस्तुत लेखमा अभिलेखीकरण पद्धतिको सैद्धान्तिक आधारको निरूपण गरिएको छ । प्राज्ञिक लेखनमा अभिलेखीकरण पद्...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
कविता सम्बन्धी प्रगतिवादी विमर्श Kabita sambandhi Pragativadi Bimarsh
प्रस्तुत आलेखमा कवितासम्बन्धी प्रगतिवादी विमर्शलाई प्रस्तुत गरिएको छ ।कविताका बारेमा प्रगतिवादको के दृष्टिकोण छ भन्ने सम्बन्धमा यसमा चर्चा छ । प्रगतिवादीहरू कवितालाई मानव मनको सर्व...

Back to Top