Javascript must be enabled to continue!
ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
View through CrossRef
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ विद्यमान जाति प्रथाले सिर्जना गरेका विभिन्न किसिमका सामाजिक विखण्डन र विकृतिका रूपहरूलाई समेत समावेश गरेर इतिहास र सामाजिक परिदृश्यका सीमारेखाबाट अगाडि बढेको उपन्यास भएकाले यहाँ भक्तपुरे संस्कृतिका परिदृश्यहरू बिम्बित भएका छन् । सांस्कृतिक यथार्थ र औपन्यासिक विधागत मूल्यका बिच तालमेल गर्न खोज्दा संस्कृतिको यथार्थ रूप के कति चित्रित हुनपुग्यो भन्ने कुराको अन्वेषणका लागि कृतिको सर्वाङ्गीण अध्ययन, विश्लेषण तथा तत्कालीन समय र संस्कृति चेतनाको आवश्यकता पर्दछ । पौरस्त्य संस्कृतिका पृष्ठभूमिमा भक्तपुरे समाजले अङ्गीकार गर्दै आएका आफ्ना मौलिक प्रथा र परम्पराहरूलाई समेत के कस्ता स्थानमा समावेश गरिएको छ भन्ने कुराको अध्ययनका लागि सांस्कृतिक उपकरणहरूको सहयोग लिइएको छ । कृतिमा उपन्यासकारले आफ्नो संस्कृति, सभ्यता र परम्पराको जगेर्ना गर्न सके मात्र जुनकुनै जातजातिको अस्तित्व सुरक्षित रहन सक्ने सन्देश प्रवाह गरेका छन् । ज्यापु समुदायलाई राज्य र समाजका अन्य पक्षबाट त्यति राम्रो दृष्टिले नहेरिएको सन्दर्भमा उपन्यासकारले यस समुदायको गौरवपूर्ण अतीत उद्घाटन गरी उच्च मनोबलका साथ अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्ने काम गरेका छन् । इतिहास र सामाजिक यथार्थको दोसाँधमा रहेको प्रस्तुत उपन्यासले नेपाली ऐतिहासिक उपन्यास परम्परामा फरक किसिमको धारलाई आमन्त्रण गरेको छ । मातृप्रधान समाजका रूपमा रहेको ज्यापु समुदायकी शिक्षित, अनुशासित र संस्कृतिप्रेमी नारी पात्र चकनालाई प्रमुख नायिकाको भूमिका दिएर रचना गरिएको प्रस्तुत उपन्यासले भक्तपुरको संस्कृति, समाज र इतिहासलाई चियाउने आँखीझ्यालको रूप ग्रहण गरेको छ । ऐतिहासिक, सांस्कृतिक, सामाजिक र साहित्यिक मूल्यले समेत उच्च स्थान प्राप्त गर्न सकेको प्रस्तुत उपन्यास नेपाली साहित्यमा महत्वपूर्ण कृतिका रूपमा रहेको छ ।
{'Khwapadesh' is a novel created by keeping the social and cultural aspects of Bhadgaun (Bhaktapure) society in historical context. Bhadgaun is a novel that goes beyond the boundaries of history and social landscape by including the customs, traditions, behavior and various forms of social fragmentation and distortion created by the caste system existing there. In order to find a harmony between the cultural reality and the fictional literary values, to explore how much the real form of culture has been portrayed, comprehensive study and analysis of the work and awareness of the time and culture are needed. In the background of Eastern culture, the help of cultural tools has been taken for the study of the places where the original customs and traditions accepted by the Bhaktapure society have been included. In this way, the novelist has conveyed the message that the existence of any caste can be preserved only if it preserves its culture, civilization and tradition. In the context that the Jyapu community is not viewed so favorably by the state and other aspects of the society, the novelist has opened the glorious past of this community and paved the way for them to move forward with high morale. The presented novel, which is at the intersection of history and social reality, has invited a different edge in the Nepali historical novel tradition. The present novel, composed by giving the role of the main heroine to Chakna, uneducated, disciplined and culture-loving female character of the Jyapu community, which is a matriarchal society, has taken the form of a window into the culture, society and history of Bhaktapur. The presented novel, which has achieved a high position in historical, cultural, social and literary value, is an important work in Nepali literature.}
Title: ख्वपदेश उपन्यासमा सांस्कृतिक चेतना {Cultural Consciousness in Khwapadesh Novlel}
Description:
‘ख्वपदेश’ भादगाउँले (भक्तपुरे) समाजको सामाजिक र सांस्कृतिक पक्षलाई ऐतिहासिक परिवेशमा राखेर सिर्जना गरिएको उपन्यास हो । भादगाउँले समाजका रीतिस्थिति, प्रथा परम्परा, चालचलन र त्यहाँ विद्यमान जाति प्रथाले सिर्जना गरेका विभिन्न किसिमका सामाजिक विखण्डन र विकृतिका रूपहरूलाई समेत समावेश गरेर इतिहास र सामाजिक परिदृश्यका सीमारेखाबाट अगाडि बढेको उपन्यास भएकाले यहाँ भक्तपुरे संस्कृतिका परिदृश्यहरू बिम्बित भएका छन् । सांस्कृतिक यथार्थ र औपन्यासिक विधागत मूल्यका बिच तालमेल गर्न खोज्दा संस्कृतिको यथार्थ रूप के कति चित्रित हुनपुग्यो भन्ने कुराको अन्वेषणका लागि कृतिको सर्वाङ्गीण अध्ययन, विश्लेषण तथा तत्कालीन समय र संस्कृति चेतनाको आवश्यकता पर्दछ । पौरस्त्य संस्कृतिका पृष्ठभूमिमा भक्तपुरे समाजले अङ्गीकार गर्दै आएका आफ्ना मौलिक प्रथा र परम्पराहरूलाई समेत के कस्ता स्थानमा समावेश गरिएको छ भन्ने कुराको अध्ययनका लागि सांस्कृतिक उपकरणहरूको सहयोग लिइएको छ । कृतिमा उपन्यासकारले आफ्नो संस्कृति, सभ्यता र परम्पराको जगेर्ना गर्न सके मात्र जुनकुनै जातजातिको अस्तित्व सुरक्षित रहन सक्ने सन्देश प्रवाह गरेका छन् । ज्यापु समुदायलाई राज्य र समाजका अन्य पक्षबाट त्यति राम्रो दृष्टिले नहेरिएको सन्दर्भमा उपन्यासकारले यस समुदायको गौरवपूर्ण अतीत उद्घाटन गरी उच्च मनोबलका साथ अगाडि बढ्नका लागि मार्गप्रशस्त गर्ने काम गरेका छन् । इतिहास र सामाजिक यथार्थको दोसाँधमा रहेको प्रस्तुत उपन्यासले नेपाली ऐतिहासिक उपन्यास परम्परामा फरक किसिमको धारलाई आमन्त्रण गरेको छ । मातृप्रधान समाजका रूपमा रहेको ज्यापु समुदायकी शिक्षित, अनुशासित र संस्कृतिप्रेमी नारी पात्र चकनालाई प्रमुख नायिकाको भूमिका दिएर रचना गरिएको प्रस्तुत उपन्यासले भक्तपुरको संस्कृति, समाज र इतिहासलाई चियाउने आँखीझ्यालको रूप ग्रहण गरेको छ । ऐतिहासिक, सांस्कृतिक, सामाजिक र साहित्यिक मूल्यले समेत उच्च स्थान प्राप्त गर्न सकेको प्रस्तुत उपन्यास नेपाली साहित्यमा महत्वपूर्ण कृतिका रूपमा रहेको छ ।
{'Khwapadesh' is a novel created by keeping the social and cultural aspects of Bhadgaun (Bhaktapure) society in historical context.
Bhadgaun is a novel that goes beyond the boundaries of history and social landscape by including the customs, traditions, behavior and various forms of social fragmentation and distortion created by the caste system existing there.
In order to find a harmony between the cultural reality and the fictional literary values, to explore how much the real form of culture has been portrayed, comprehensive study and analysis of the work and awareness of the time and culture are needed.
In the background of Eastern culture, the help of cultural tools has been taken for the study of the places where the original customs and traditions accepted by the Bhaktapure society have been included.
In this way, the novelist has conveyed the message that the existence of any caste can be preserved only if it preserves its culture, civilization and tradition.
In the context that the Jyapu community is not viewed so favorably by the state and other aspects of the society, the novelist has opened the glorious past of this community and paved the way for them to move forward with high morale.
The presented novel, which is at the intersection of history and social reality, has invited a different edge in the Nepali historical novel tradition.
The present novel, composed by giving the role of the main heroine to Chakna, uneducated, disciplined and culture-loving female character of the Jyapu community, which is a matriarchal society, has taken the form of a window into the culture, society and history of Bhaktapur.
The presented novel, which has achieved a high position in historical, cultural, social and literary value, is an important work in Nepali literature.
}.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
Consciousness: In your own words
Consciousness: In your own words
Surprisingly little is known about how the general public understands consciousness, yet information on common intuitions is crucial to discussions and theories of consciousness. W...