Javascript must be enabled to continue!
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।
Title: उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।.
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...

