Javascript must be enabled to continue!
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
View through CrossRef
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।
Title: उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
Description:
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६० यता प्रकाशित भएका आत्मपरक नेपाली निबन्धलाई अध्ययनको आधार बनाइएको छ । नेपाली साहित्यका अन्य विधामा जस्तै उत्तरवर्ती नेपाली नेपाली निबन्धमा पनि अन्तर्विषयकताको प्रयोग भएको छ । साहित्यको विषयवस्तुभित्र साहित्येतर विषयहरू अन्तर्वस्तुका रूपमा प्रयोग हुनुलाई अन्तर्विषयकता भनिन्छ । विश्वसाहित्यमा सन् १९६० पछि उत्तरआधुनिक बहुलवादी सिद्धान्त र सांस्कृतिक अध्ययनको विकासका क्रममा अन्तर्विषयक समालोचनाको पनि विकास भएको हो । साहित्यमा अन्तर्विषयकताको प्रयोग हुन थालेपछि यसप्रकारको साहित्यको अध्ययन–विश्लेषण गर्नका लागि अन्तर्विषयक समालोचनाको आरम्भ भएको हो । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकताको प्रयोग केकसरी भएको छ ? भन्ने प्राज्ञिक जिज्ञासा समाधान गर्ने उद्देश्यले तयार पारिएको यस लेखमा अन्तर्विषयकताका व्याख्याता मार्क बाउर्लिनले अन्तर्विषयकताका सम्बन्धमा राखेका मान्यताहरूलाई सैद्धान्तिक पर्याधारका रूपमा उपयोग गरिएको छ । उत्तरवर्ती नेपाली निबन्धमा विभिन्न प्रकारका अन्तर्विषयकताको प्रयोग भए पनि यस अनुसन्धानात्मक लेखमा राजनीति, संस्कृति र दर्शन गरी तीन ओटा अन्तर्विषयकतालाई मात्र विश्लेषणको आधार बनाइएको छ । उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्वस्तुका रूपमा राजनीति, संस्कृति र दर्शन अन्तर्विषयकता प्रभावकारी रूपमा आएको र यसले निबन्धलाई बहुआयामिक, बौद्धिक, गहन र स्तरीय बनाएको निष्कर्ष यस अनुसन्धानात्मक लेखमा निकालिएको छ ।.
Related Results
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
घुस्सा निबन्धसङग्रहमा हास्यव्यङग्य चेतना
प्रस्तुत अनुसन्धानमूलक लेख ‘घुस्सा’ निबन्धसङग्रहको विश्लेषणमा केन्द्रित रहेको छ । उक्त कृतिका लेखक रामप्रसाद अर्याल हुन । अर्यालका निबन्धमा मुख्य गरी व्यङग्यात्मक प्रवृत्ति मुखरित ...
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
‘कुम्भकर्ण’ निबन्धमा जागरण र सुषुप्ति {Awakening and Slumbering (Susupti) in the essay 'Kumbhakarna'}
लक्ष्मीप्रसाद देवकोटाको कुम्भकर्ण निबन्धमा पौरस्त्य दर्शनसँग सम्बन्धित जागरण र सुषुप्तिसम्बन्धी प्रभावको निरूपण गर्नु नै यस अध्ययन पत्रको मुख्य विषयवस्तु हो । सर्वेक्षण, सूक्ष्म पठ...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतना
प्रस्तुत लेख प्रतिरोधी चेतनासम्बन्धी सैद्धान्तिक आधारमा केन्द्रित रही उत्तरवर्ती किराती कवितामा प्रतिरोधी चेतनाको अध्ययन र विश्लेषणमा आधारित रहेको छ । उत्तरवर्ती किराती कवितामा प्र...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...

