Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन

View through CrossRef
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।
Title: चेलीवेटीका बेग्लै कुरा निबन्धसङ्ग्रहमा नारीउत्पीडन
Description:
प्रस्तुत लेखमा सुधा त्रिपाठीको ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहलाई पाठका रूपमा लिई त्यसमा प्रयुक्त नारीउत्पीडनका विविध आयामहरूको विश्लेषण र मूल्याङ्कनमार्फत निबन्धसङ्ग्रहमा प्रस्तुत वैचारिकताको निरूपण गरिएको छ । ‘चेलीवेटीका बेग्लै कुरा’ निबन्धङ्ग्रहमा आर्थिक, सांस्कृतिक र राजनीतिक आधारमा नारीमाथि गरिएका विविध शोषण, दमन र उत्पीडनका स्वरूपहरूका साथै र त्यसबाट मुक्तिका सन्दर्भमा प्रस्तुत भएका विचारको अध्ययन गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यस सन्दर्भमा निबन्धहरूको विश्लेषणका लागि पितृसत्तासम्बन्धी मान्यतालाई सैद्धान्तिक ढाँचाका रूपमा उपयोग गरिएको छ । यसका लागि आर्थिक उत्पीडन, सांस्कृतिक उत्पीडन र राजनीतिक उत्पीडनजस्ता सूचकहरूको निर्माण गरी सोद्देश्यमूलक नमुना छनोट पद्धतिबाट पाठगत तथ्याङ्कहरूको विश्लेषण गरिएको छ । यस कृतिमा पुरुषद्वारा नारीमाथि गरिने व्यवस्थित र प्रणालीगत शोषण, दमन र उत्पीडनलाई पितृसत्ताका रूपमा परिभाषित गरिएको छ साथै यो नारीमाथि परिवार, समाज र राज्यले अन्तर्संरचित र व्यवस्थित रूपमा गर्ने एकीकृत शासनप्रणाली भएको चिन्तन व्यक्त गर्दै आर्थिक जगमा खडा भएको पितृसत्ताको अन्त्यका लागि समाजको आमूल परिवर्तन हुनुपर्ने र यसका लागि राजनीतिक, सामाजिक र सांस्कृतिक आन्दोलन अपरिहार्य रहेको चिन्तन अभिव्यक्त भएको छ भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
दुर्गतीबाट मुक्तिको लागि त्रिरत्न शरणगमन {Triple Gem for Liberation from lower realm}
बुद्धधर्ममा त्रिधातु अर्थात् तीन प्रकारको लोकधातुको अवधारणा पाइन्छ । ती त्रिधातुहरु कामधातु, रुपधातु र अरुपधातु हुन् । यिनीहरुलाई तीन प्रकारकासंसार पनि भनिन्छ । तीमध्ये कामधातुमा न...
अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
अश्वत्थामा गीतिनाटकको ध्वनिवादी विश्लेषण
‘अश्वत्थामा’ गीतिनाटकको ध्वनिवादी विश्लेषणमा केन्द्रित यस अनुसन्धानात्मक लेखका निम्ति आवश्यक सैद्धान्तिक आधारको निर्माण निगमनात्मक विधिका आधारमा पुस्तकालयीय स्रोतबाट गरी त्यसैका आध...
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
अनुराधा : पहिचान र विद्रोह {Anuradha: Identity and Rebellion}
विजय मल्लको ‘अनुराधा’ उपन्यासमा पितृसत्तात्मक मूल्य–मान्यताभित्र नारीले झेल्नुपर्ने उत्पीडनको प्रस्तुति गर्नाका साथै सोही उत्पीडनका बिचबाट नायिका अनुराधाको विद्रोह अभिव्यक्त भएको छ...
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको चिनारी
देव नागरी र रोमन लिपिको  चिनारी शीर्षकको यस लेखमा  देव नागरी लिपि र रोमन लिपिका वर्णहरू, देव नागरी लिपि र रोमन लिपिको समानता र भिन्नताजस्ता उपशीर्षकहरूमा विषयको विश्लेषण गरिएको छ ।...
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीजपर्वको सांस्कृतिक तथा सामाजिक पक्ष {Teej Festival: Cultural and Social Aspects}
तीज नेपालभरी मनाउने हिन्दू नेपाली महिलाहरुको सबैभन्दा ठूलो चाड हो । योपर्व भाद्रशुक्ल द्वितीयादेखि शुरु भई पञ्चमीसम्म मनाइन्छ । तीजको पहिलो दिन दरिलो खाद्य परिकारहरु अर्थात् ‘दर’ ख...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
‘बहुला काजीको सपना’ नाटकमा पात्रविधान
नाटक अभिनयद्वारा प्रस्तुत हुने कला हो । विश्वजगत्मा रचना प्रकृतिजन्य र मानवनिर्मित गरी दुई प्रकारको हुन्छ । मानवद्वारा सिर्जना गरिएका कुरालाई कला भनिन्छ । कला मूलतः आनन्दसँग सम्बन्...
लघुकथामा अन्त्य व्यवस्थापन
लघुकथामा अन्त्य व्यवस्थापन
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन वि...

Back to Top