Javascript must be enabled to continue!
अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव
View through CrossRef
पूर्वीय दर्शनमा आस्तिकता र नास्तिकताका अवधारणा विद्यमान छन् । आस्तिकहरू आत्माको अस्तित्वमा विश्वास गर्छन्, आत्माको नित्यतालाई स्वीकार गर्छन् भने नास्तिकहरू त्यसबाट अलग छन् । ईश्वर, आत्मा, परमात्मालाई स्वीकार नगर्ने पूर्वीय तीन नास्तिक दर्शनहरूमध्ये बौद्ध दर्शन अनात्मवादी मानिन्छ । बुद्धद्वारा देशना गरिएको अनात्मसँग सम्बन्धित दोस्रो उपदेश अनात्मलक्षण सूत्र हो । यस सूत्रको श्रवण पश्चात् ती पाँचै जना श्रोतापन्न भिक्षुहरू अर्हत् अर्थात् निर्वाणको अन्तिम मार्गमा पुगेका थिए । यस सूत्रले ‘म’ र ‘मेरो’ भन्ने मानसिकताले ग्रसित मनोभावको अनित्यता, दुःख र अनात्मलाई उजागर गरेको छ । हाम्रो शरीरलाई नामरूपधारी पञ्चस्कन्धको संज्ञा दिएर बुद्धले रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानलाई अलग अलग छुट्याई आफ्नो शरीरको अवलोकन गर्दै त्यसको परिवर्तनशीलतालाई नियाल्ने अभ्यास गर्न उपदेश दिएका छन् । यस लेखले अनात्मलक्षणसूत्र उल्लेखित पञ्चस्कन्धहरूको अनात्मलाई विश्लेषण गर्ने उद्देश्य रहेकोे छ । यस लेखमा बौद्ध जगतमा यस सूत्रको बुझाई कति महत्वपूर्ण छ ? मानवीय जीवनको सार्थकता पूरा गर्न अनित्यतालाई बुझ्नु किन आवश्यक छ ? भन्ने पक्षलाई अध्ययनको मुख्य विषय बनाइएको छ । अध्ययनमा मूलतः गुणात्मक विधिद्वारा तथ्यहरूको विश्लेषण गरिएको छ । मूल पालि भाषाका ग्रन्थहरू प्राथमिक स्रोत र अनात्मलक्षण सूत्रसँग सम्बन्धित प्रकाशित लेखहरू द्वितीय स्रोतका रूपमा तयार पारिएको छ । यस लेखको उपलब्धि अनात्मलक्षण सूत्रलाई वैज्ञानिक खोजबाट अनात्मको धर्म स्वभाव परिवर्तनशील हुने पुष्टी गरेको छ । यस लेखको निष्कर्ष सांसरिक दुःखलाई साक्षात्कार गर्दै अनित्यको अभ्यासद्वारा अनात्मको धर्मलाई जान्न सकेमा निर्वाणको मार्ग पहिल्याउन सकिन्छ ।
Title: अनात्मलक्षण सूत्रमा पञ्चस्कन्धको अनात्म भाव
Description:
पूर्वीय दर्शनमा आस्तिकता र नास्तिकताका अवधारणा विद्यमान छन् । आस्तिकहरू आत्माको अस्तित्वमा विश्वास गर्छन्, आत्माको नित्यतालाई स्वीकार गर्छन् भने नास्तिकहरू त्यसबाट अलग छन् । ईश्वर, आत्मा, परमात्मालाई स्वीकार नगर्ने पूर्वीय तीन नास्तिक दर्शनहरूमध्ये बौद्ध दर्शन अनात्मवादी मानिन्छ । बुद्धद्वारा देशना गरिएको अनात्मसँग सम्बन्धित दोस्रो उपदेश अनात्मलक्षण सूत्र हो । यस सूत्रको श्रवण पश्चात् ती पाँचै जना श्रोतापन्न भिक्षुहरू अर्हत् अर्थात् निर्वाणको अन्तिम मार्गमा पुगेका थिए । यस सूत्रले ‘म’ र ‘मेरो’ भन्ने मानसिकताले ग्रसित मनोभावको अनित्यता, दुःख र अनात्मलाई उजागर गरेको छ । हाम्रो शरीरलाई नामरूपधारी पञ्चस्कन्धको संज्ञा दिएर बुद्धले रूप, वेदना, संज्ञा, संस्कार र विज्ञानलाई अलग अलग छुट्याई आफ्नो शरीरको अवलोकन गर्दै त्यसको परिवर्तनशीलतालाई नियाल्ने अभ्यास गर्न उपदेश दिएका छन् । यस लेखले अनात्मलक्षणसूत्र उल्लेखित पञ्चस्कन्धहरूको अनात्मलाई विश्लेषण गर्ने उद्देश्य रहेकोे छ । यस लेखमा बौद्ध जगतमा यस सूत्रको बुझाई कति महत्वपूर्ण छ ? मानवीय जीवनको सार्थकता पूरा गर्न अनित्यतालाई बुझ्नु किन आवश्यक छ ? भन्ने पक्षलाई अध्ययनको मुख्य विषय बनाइएको छ । अध्ययनमा मूलतः गुणात्मक विधिद्वारा तथ्यहरूको विश्लेषण गरिएको छ । मूल पालि भाषाका ग्रन्थहरू प्राथमिक स्रोत र अनात्मलक्षण सूत्रसँग सम्बन्धित प्रकाशित लेखहरू द्वितीय स्रोतका रूपमा तयार पारिएको छ । यस लेखको उपलब्धि अनात्मलक्षण सूत्रलाई वैज्ञानिक खोजबाट अनात्मको धर्म स्वभाव परिवर्तनशील हुने पुष्टी गरेको छ । यस लेखको निष्कर्ष सांसरिक दुःखलाई साक्षात्कार गर्दै अनित्यको अभ्यासद्वारा अनात्मको धर्मलाई जान्न सकेमा निर्वाणको मार्ग पहिल्याउन सकिन्छ ।.
Related Results
भावसन्धिका आलोकमा उर्वशी
भावसन्धिका आलोकमा उर्वशी
सिद्धिचरण श्रेष्ठ (१९६९–२०४९) द्वारा महाभारतकालीन पौराणिक प्रसङ्गलाई आधार बनाई रचिएको उर्वशी भोगको मोह त्यागेर इन्द्रियनिग्रह गरी निरन्तर कर्ममार्गमा लाग्दा अवश्य लक्ष्यप्राप्ति हु...
चर्यानृत्य दुने हस्तमुद्रा
चर्यानृत्य दुने हस्तमुद्रा
नेपालमण्डल दुने न्यागूगु शताब्दीया अन्तनिसें आतक्क म्वान च्वंगु छगू सम्पदा खः चर्यानृत्य । थुकियात जगत कल्याणय् लीन जुया, आध्यात्मिक चिन्तन दुने प्रज्ञा व उपाय्या दर्शनपाखें बुद्ध...
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
राहुल–यशोधरा संवाद गीतिनाटकमा विरहका अवस्था {Rahul-Yashodhara dialogue situation in Gitinataka}
प्रस्तुत लेखमा लालगोपाल सुवेदीको राहुल यशोधरा संवाद गीतिनाटकमा पाइने विरहका अवस्थाको विश्लेषण गरिएको छ । यसमा विवेच्य कृतिलाई आधारभूत सामग्रीका रूपमा र सैद्धान्तिक अध्ययनका लागि वि...
Rasa, Rasika and Rasavant
Rasa, Rasika and Rasavant
The Art, कला, has varied genre, विधा. चित्र सूत्र suggests the शास्त्र of the गीत, आतोद्यू, नृत्त, च मूर्ति शिल्प and आलेख्य. प्रतिमा लक्षण is discussed there as देवतारूप-निर्माणम्...
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
'कृतासा' कविता सङ्ग्रहमा अभिव्यक्त यथार्थता
तारा पाण्डेबाट लेखिएको कृतासा कविता सँगालोमा समसामयिक यथार्थका विविध पक्ष समेटिएका छन् । यथार्थको अध्ययनलाई मुख्य विषय बनाएको यस लेखले देशप्रेम, सामाजिक नीति चेतना ,सामाजिक परिवेश,...
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
रसप्रयोगका दृष्टिले मुनामदन खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाद्वारा नेपाल भाषाको एउटा कथात्मक गीतलाई प्रेरणास्रोतका रुपमा ग्रहण गरी सिर्जित मुनामदन मुना र मदनको शाश्वत प्रेमको महिमा गायन गरिएको सर्वाधिक लोकप्रिय अमर कृति...
आरुको बोट कथामा शृङगार रस
आरुको बोट कथामा शृङगार रस
प्रस्तुत लेख पदमावती सिंहद्वारा रचना गरिएको ‘आरुको बोट’ कथामा अभिव्यक्त शृङगार रसको अध्ययनमा केन्द्रित छ । यसमा रसको सैद्धान्तिक परिचयका साथै रस विधायक तत्व—विभाव, अनुभाव, व्यभिचार...
‘एकान्त’ कथामा रस
‘एकान्त’ कथामा रस
यो लेखमा मनु ब्राजाकी (वि.स. १९९९–२०७४) द्वारा लिखित एकान्त कथालाई रससिद्धान्तका सैद्धान्तिक आधारमा विश्लेषण गरिएको छ । एकान्त कथा करुण रसमा केन्द्रित भई प्रियजनको मृत्युले उत्पन्न...

