Javascript must be enabled to continue!
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
View through CrossRef
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपमा प्रचलित हुँदै आएका मिथक, अनुश्रुति, लोककथा आदि स्वैरकल्पनात्मक प्रकारका छन् । आधुनिक कालपूर्वका नेपाली आख्यानमा स्वैरकल्पनाको प्रचुरता पाइन्छ । आधुनिक नेपाली उपन्यासको आरम्भ यथार्थवादसँगै भएकाले तिनमा स्वैरकल्पनाको प्रयोग पाइँदैन । प्रयोगवादी उपन्यासको आरम्भ भएपछि स्वैरकल्पनाको प्रयोग पनि हुन थाल्दछ । उत्तरआधुनिक उपन्यासमा पनि स्वैरकल्पनाको प्रयोग हुने भएकाले हालसम्म पनि नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग पाइन्छ । स्वैरकल्पना मूलतः मनोविश्लेषणात्मक सिद्धान्तसँग सम्बन्धित छ । मनोविश्लेषणले मानवस्वभावको गहन अध्ययन गर्दछ । सिग्मन्ड फ्रायडले अचेतनका आधारमा विभिन्न मनोवैज्ञानिक सिद्धान्तको व्याख्या गरेका छन् र त्यसै क्रममा स्वैरकल्पनाको पनि व्याख्या गरेका छन् । ज्याक लकाँले फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तको पुनर्पठन गरेका छन् । उनले पनि स्वैरकल्पनाको चर्चा गरेका छन् । तिनै सिद्धान्तका आधारमा प्रस्तुत अध्ययन गरिएको छ । सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा गरिएको छ र त्यसका लागि पाठात्मक विश्लेषण विधिको उपयोग गरिएको छ । आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग स्वप्निलता, वैज्ञानिक आविष्कारको परिकल्पना, पर्यावरणीय परिवर्तनको दुश्चिन्ताका रूपमा गरिएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Title: आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
Description:
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपमा प्रचलित हुँदै आएका मिथक, अनुश्रुति, लोककथा आदि स्वैरकल्पनात्मक प्रकारका छन् । आधुनिक कालपूर्वका नेपाली आख्यानमा स्वैरकल्पनाको प्रचुरता पाइन्छ । आधुनिक नेपाली उपन्यासको आरम्भ यथार्थवादसँगै भएकाले तिनमा स्वैरकल्पनाको प्रयोग पाइँदैन । प्रयोगवादी उपन्यासको आरम्भ भएपछि स्वैरकल्पनाको प्रयोग पनि हुन थाल्दछ । उत्तरआधुनिक उपन्यासमा पनि स्वैरकल्पनाको प्रयोग हुने भएकाले हालसम्म पनि नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग पाइन्छ । स्वैरकल्पना मूलतः मनोविश्लेषणात्मक सिद्धान्तसँग सम्बन्धित छ । मनोविश्लेषणले मानवस्वभावको गहन अध्ययन गर्दछ । सिग्मन्ड फ्रायडले अचेतनका आधारमा विभिन्न मनोवैज्ञानिक सिद्धान्तको व्याख्या गरेका छन् र त्यसै क्रममा स्वैरकल्पनाको पनि व्याख्या गरेका छन् । ज्याक लकाँले फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तको पुनर्पठन गरेका छन् । उनले पनि स्वैरकल्पनाको चर्चा गरेका छन् । तिनै सिद्धान्तका आधारमा प्रस्तुत अध्ययन गरिएको छ । सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा गरिएको छ र त्यसका लागि पाठात्मक विश्लेषण विधिको उपयोग गरिएको छ । आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पनाको प्रयोग स्वप्निलता, वैज्ञानिक आविष्कारको परिकल्पना, पर्यावरणीय परिवर्तनको दुश्चिन्ताका रूपमा गरिएको छ भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.
Related Results
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
नेपाली भाषामा व्याकरण निर्माण र शिक्षणको विकासक्रम
प्रस्तुत लेख नेपाली व्याकरणको अध्ययनमा आधारित रहेको छ । यसका मुख्य उद्देश्य नेपाली व्याकरण निर्माणको विकासक्रम अध्ययन गर्नु र नेपाली व्याकरण शिक्षणको विकासक्रम प्रस्तुत गर्नु रहेका...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
उपन्यासकार हृदय चन्द्रसिंह प्रधान: प्रगतिवादका कोसेढुङ्गो
प्रस्तुत लेख आधुनिक नेपाली उपन्यासकार हृदय चन्द्रसिंह प्रधानमा केन्द्रित छ । प्रधानद्वारा स्वास्नीमान्छे (२०११) र एकचिहान (२०१७) गरी दुई उपन्यास रचना गरिएको छ । यी रचनामा जनक्रान्त...

