Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन

View through CrossRef
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस्था भए पनि यस लेखमा संरचनावादी सिद्धान्तका आधारमा मात्र अध्ययन गरिएको छ । कुनै पनि कृतिको संरचनामा केन्द्रित भई उक्त कृतिको वस्तुगत र वैज्ञानिक ढङ्गले अध्ययन विश्लेषण गर्ने पद्धतिलाई संरचनावाद भनिन्छ । कृतिरचनाका क्रममा आवश्यक पर्ने विभिन्न अङ्ग, तत्त्व वा घटकहरूको समष्टि वा पारस्परिक मेलबाट निर्मित पूर्ण रूप नै उक्त कृतिको संरचना हो ।संरचनात्मक विश्लेषण कृतिको विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, समाख्याताको स्थिति तथा भाषाशैलीगत विन्यास जस्ता विभिन्न आधारमा गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीलाई सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययनसमेत गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । प्रमुख पात्र पवित्राको शारीरिक, सामाजिक र मानसिक सबै दृष्टिकोणले दयनीय स्थितिको जीवन्त तस्विर प्रस्तुत गर्दै तत्कालीन समाजमा मात्र नभएर जहिले र अहिले पनि यस्ता युवतीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक नहुँदा र उनीहरूको बिहे हुन नसक्दा उनीहरू नोकर वा भान्छे भएर आफ्नो जवानी यत्तिकै खेर फाल्दै बेसहारा जीवन बाँच्नुपर्ने बाध्यात्मक अवस्थालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । प्रारम्भमा कथातर्फ पाठकलाई अभिमुख गराई लगत्तै कथाको मूल कथ्य सन्दर्भलाई जोडेर कथालाई अगाडि बढाइएको छ । सहरिया परिवेशमा केन्द्रित यस कथामा निश्चित कालिक परिवेश नभए पनि पात्रका जीवनका एउटा खण्डका घटना प्रस्तुत भएका छन् । बहिर्निष्ठ तथा सर्वज्ञ समाख्याता रहेको यस कथामा सरल, सहज र स्वाभाविक भाषाको प्रयोग गरिएको पाइन्छ । मध्यम खालको संरचनामा संरचित प्रस्तुत कथालाई विभाजन, सङ्गठन, वस्तु, सहभागी र तिनको सहभागिता, परिवेश, समाख्याता, भाषाशैलीगत विन्यास जस्ता संरचनावादी सिद्धान्तका संरचक घटकहरूका आधारमा अध्ययन गरी प्राप्त भएको निष्कर्षलाई यसको प्राप्तिका रूपमा लिइएको छ ।
Title: ‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
Description:
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस्था भए पनि यस लेखमा संरचनावादी सिद्धान्तका आधारमा मात्र अध्ययन गरिएको छ । कुनै पनि कृतिको संरचनामा केन्द्रित भई उक्त कृतिको वस्तुगत र वैज्ञानिक ढङ्गले अध्ययन विश्लेषण गर्ने पद्धतिलाई संरचनावाद भनिन्छ । कृतिरचनाका क्रममा आवश्यक पर्ने विभिन्न अङ्ग, तत्त्व वा घटकहरूको समष्टि वा पारस्परिक मेलबाट निर्मित पूर्ण रूप नै उक्त कृतिको संरचना हो ।संरचनात्मक विश्लेषण कृतिको विभाजन, सङ्गठन, वस्तु, सहभागी, परिवेश, उद्देश्य, समाख्याताको स्थिति तथा भाषाशैलीगत विन्यास जस्ता विभिन्न आधारमा गरिएको छ । प्राथमिक र द्वितीयक दुवै स्रोतका सामग्रीलाई सूक्ष्म पठन गरी सघन पाठविश्लेषण विधिअनुसार सन्दर्भपरक अध्ययनसमेत गरिएकाले प्रस्तुत अध्ययन गुणात्मक प्रकृतिको छ । प्रमुख पात्र पवित्राको शारीरिक, सामाजिक र मानसिक सबै दृष्टिकोणले दयनीय स्थितिको जीवन्त तस्विर प्रस्तुत गर्दै तत्कालीन समाजमा मात्र नभएर जहिले र अहिले पनि यस्ता युवतीहरूप्रति समाजको दृष्टिकोण सकारात्मक नहुँदा र उनीहरूको बिहे हुन नसक्दा उनीहरू नोकर वा भान्छे भएर आफ्नो जवानी यत्तिकै खेर फाल्दै बेसहारा जीवन बाँच्नुपर्ने बाध्यात्मक अवस्थालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । प्रारम्भमा कथातर्फ पाठकलाई अभिमुख गराई लगत्तै कथाको मूल कथ्य सन्दर्भलाई जोडेर कथालाई अगाडि बढाइएको छ । सहरिया परिवेशमा केन्द्रित यस कथामा निश्चित कालिक परिवेश नभए पनि पात्रका जीवनका एउटा खण्डका घटना प्रस्तुत भएका छन् । बहिर्निष्ठ तथा सर्वज्ञ समाख्याता रहेको यस कथामा सरल, सहज र स्वाभाविक भाषाको प्रयोग गरिएको पाइन्छ । मध्यम खालको संरचनामा संरचित प्रस्तुत कथालाई विभाजन, सङ्गठन, वस्तु, सहभागी र तिनको सहभागिता, परिवेश, समाख्याता, भाषाशैलीगत विन्यास जस्ता संरचनावादी सिद्धान्तका संरचक घटकहरूका आधारमा अध्ययन गरी प्राप्त भएको निष्कर्षलाई यसको प्राप्तिका रूपमा लिइएको छ ।.

Related Results

भेट कविताको संरचनात्मक विश्लेषण
भेट कविताको संरचनात्मक विश्लेषण
प्रस्तुत लेख गोपालप्रसाद रिमालको ।।।भेट’ कविताको संरचनात्मक विश्लेषणमा केन्द्रित रहेको छ । कविताको विश्लेषणमा संरचनावाद महŒवपूर्ण मानिन्छ । निर्माण वा बनोटका आवश्यक अङ्गहरूको समष्ट...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
नग्न स्वप्न लघुकथासङ्ग्रहको संरचनात्मक स्वरूप
प्रस्तुत लेखमा लघुकथाका संरचनात्मक तŒवहरूका आधारमा लघुकथाकार कृष्ण बजगाईँको ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहको संरचनात्मक विश्लेषण गरिएको छ । ‘नग्न स्वप्न’ लघुकथासङ्ग्रहमा लघुकथात्मक तŒ...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...

Back to Top