Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

'शहीद' कथामा करुण रस

View through CrossRef
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा करुण रसको पहिचान गर्नु यस अध्ययनको मूल शोध्य तथा प्राज्ञिक समस्या हो । शहीद कथालाई स्थापित सिद्धान्तका आधारमा सघन पाठविश्लेषण विधिअनुरुप सूक्ष्म र सन्दर्भपरक अध्ययनसमेत गरिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । विभिन्न भावयुक्त घटनाहरूको संयोजनद्वारा रसको परिपाक तथा साधारणीकरण हुने भएकाले अध्ययनको आधार रस सिद्धान्तलाई बनाइएको हो । यस लेखमा करुण रसको अभिव्यक्तिका निम्ति विभाव, अनुभाव र व्यभिचारी भावहरूको संयोजन के कसरी भएको छ भन्ने पक्षको विश्लेषण गरी करुण रसलाई अङ्गी र वीर तथा बीभत्स रसलाई अङ्ग रसको रूपमा चित्रण गरिएको छ । यसै व्रmममा करुण रसलाई परिपाकमा पु¥याउन अङ्ग रसहरूले खेलेको भूमिकालाई समेत स्पष्ट पारिएको छ । प्रस्तुत कथामा आफ्ना सम्पूर्ण निजी समस्यालाई थाती राखेर नेपाल र नेपालीका निम्ति शहीद हुने प्रमुख पात्र वीरबहादुरको साहुले घरजग्गा बन्धकमा लिनु, छोरो मरेको वर्षदिन नहुँदै वीरबहादुरको पनि मृत्यु हुनु, म पात्रले वीरबहादुरकी श्रीमती डल्लीलाई चिठी पनि कसरी लेखिदिऊँ, उनीसँग व्रिmया गर्ने पैसा पनि छैन होला भन्दै भक्कानिएर आँखाबाट आँसु झार्नु जस्ता कथ्य सन्दर्भबाट करुण रसको परिपाक भएको र वीरबहादुरले गरेका कार्य, उसको स्थिति, सोचाइ र उसप्रति गलत व्यक्तिहरूले गरेका व्यवहारले करुण रसको परिपाकका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको अवस्थाको चित्रणले करुण रसलाई परिपाकमा पु¥याएको निष्कर्ष प्राप्त भएको छ ।
Title: 'शहीद' कथामा करुण रस
Description:
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा करुण रसको पहिचान गर्नु यस अध्ययनको मूल शोध्य तथा प्राज्ञिक समस्या हो । शहीद कथालाई स्थापित सिद्धान्तका आधारमा सघन पाठविश्लेषण विधिअनुरुप सूक्ष्म र सन्दर्भपरक अध्ययनसमेत गरिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । विभिन्न भावयुक्त घटनाहरूको संयोजनद्वारा रसको परिपाक तथा साधारणीकरण हुने भएकाले अध्ययनको आधार रस सिद्धान्तलाई बनाइएको हो । यस लेखमा करुण रसको अभिव्यक्तिका निम्ति विभाव, अनुभाव र व्यभिचारी भावहरूको संयोजन के कसरी भएको छ भन्ने पक्षको विश्लेषण गरी करुण रसलाई अङ्गी र वीर तथा बीभत्स रसलाई अङ्ग रसको रूपमा चित्रण गरिएको छ । यसै व्रmममा करुण रसलाई परिपाकमा पु¥याउन अङ्ग रसहरूले खेलेको भूमिकालाई समेत स्पष्ट पारिएको छ । प्रस्तुत कथामा आफ्ना सम्पूर्ण निजी समस्यालाई थाती राखेर नेपाल र नेपालीका निम्ति शहीद हुने प्रमुख पात्र वीरबहादुरको साहुले घरजग्गा बन्धकमा लिनु, छोरो मरेको वर्षदिन नहुँदै वीरबहादुरको पनि मृत्यु हुनु, म पात्रले वीरबहादुरकी श्रीमती डल्लीलाई चिठी पनि कसरी लेखिदिऊँ, उनीसँग व्रिmया गर्ने पैसा पनि छैन होला भन्दै भक्कानिएर आँखाबाट आँसु झार्नु जस्ता कथ्य सन्दर्भबाट करुण रसको परिपाक भएको र वीरबहादुरले गरेका कार्य, उसको स्थिति, सोचाइ र उसप्रति गलत व्यक्तिहरूले गरेका व्यवहारले करुण रसको परिपाकका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको अवस्थाको चित्रणले करुण रसलाई परिपाकमा पु¥याएको निष्कर्ष प्राप्त भएको छ ।.

Related Results

‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
‘भेटिएकी देवी’ कथामा करुण रस {Karun Ras in the Story of 'Bhetiyeki Devi'}
प्रस्तुत अनुसन्धानमूलक लेख भेटिएकी देवी कथाको विश्लेषणमा केन्द्रित रहेको छ । प्रस्तुत कथा रामलाल जोशीको बाआमा कृतिमा समाविष्ट बाह्र कथामध्येको सातौं क्रममा रहेको कथा हो । प्रस्तुत ...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

Back to Top