Javascript must be enabled to continue!
वाक्यको विवक्षा
View through CrossRef
पदावली भन्दा ठूलो र सङ्कथनभन्दा सानो भाषिक एकाइ वाक्य हो । वाक्य संरचनामा एकाधिक उपवाक्यहरू आएका हुन्छन् । वाक्यले एउटा पूरा कुरा बुझाएर श्रोेतालाई सन्तुष्टि गराउँछ । भाषाविज्ञानमा वाक्यको गठन प्रक्रियामा वर्णात्मक, तुलनात्मक तथा ऐतिहासिक दृष्टिबाट हेरिन्छ । वाक्यविज्ञानका सम्बन्धमा भाषामा प्रयुक्त विभिन्न पदको परस्पर सम्बन्ध विचार गरिन्छ । वाक्यको स्वरूप, परिभाषा, वाक्यको रचना, वाक्यको तŒव, वाक्यमा पद–विन्यास, वाक्यका प्रकार आदि वाक्यविज्ञानमा सम्बद्ध सबै तŒवको विवेचन गरिन्छ । वाक्यलाई सार्थक शब्दहरूको समूह मानिन्छ र यो आफैंमा पूर्ण हुन्छ । यसलाई कोश तथा व्याकरणमा पनि यसै अर्थमा पभिाषित गरिएको छ । भारतमा इ.पू. १५० मा पतञ्जलिले यसको प्रयोग गरेको देखिन्छ भने युरोपमा इ.पू. पहिलो शताब्दीमा डायोनियस थ्य्राक्सले अर्थको प्रतीति गराउने शब्द समूहलाई वाक्य मानेका छन् । वाक्य भाषाको एकाइ हो । हामी सोच्न, सम्मान बोल्नु वा कुनै पनि भाव सम्प्रेषण वाक्यबाट नै गर्दछौ यस स्थितिमा वाक्य पद वा शब्द समुह हो । पद वा शब्द वाक्यको कृत्रिम खण्ड हो भन्नु समीचीन ठहरिन्छ । भाषाको लघुतम पूर्ण सार्थक एकाइलाई वाक्य भनिन्छ । वाक्यमा प्रयुक्त शब्दले एक अर्कामा अपेक्षा गर्दछन् । कर्तामा कर्म र क्रियाको अपेक्षा रहन्छ । वाक्यमा प्रयुक्त पद क्रमबद्ध रूपमा उच्चरित हुनु समीपताको अभिप्राय हो । वाक्यका आवश्यक गुणहरूमा चयन क्रम, ध्वनि परिवर्तन र स्वर परिवर्तनलाई लिइन्छ । त्यस्तै वाक्य र पदक्रम पनि वाक्यका उल्लेखनीय तत्त्व मानिन्छ ।
Title: वाक्यको विवक्षा
Description:
पदावली भन्दा ठूलो र सङ्कथनभन्दा सानो भाषिक एकाइ वाक्य हो । वाक्य संरचनामा एकाधिक उपवाक्यहरू आएका हुन्छन् । वाक्यले एउटा पूरा कुरा बुझाएर श्रोेतालाई सन्तुष्टि गराउँछ । भाषाविज्ञानमा वाक्यको गठन प्रक्रियामा वर्णात्मक, तुलनात्मक तथा ऐतिहासिक दृष्टिबाट हेरिन्छ । वाक्यविज्ञानका सम्बन्धमा भाषामा प्रयुक्त विभिन्न पदको परस्पर सम्बन्ध विचार गरिन्छ । वाक्यको स्वरूप, परिभाषा, वाक्यको रचना, वाक्यको तŒव, वाक्यमा पद–विन्यास, वाक्यका प्रकार आदि वाक्यविज्ञानमा सम्बद्ध सबै तŒवको विवेचन गरिन्छ । वाक्यलाई सार्थक शब्दहरूको समूह मानिन्छ र यो आफैंमा पूर्ण हुन्छ । यसलाई कोश तथा व्याकरणमा पनि यसै अर्थमा पभिाषित गरिएको छ । भारतमा इ.
पू.
१५० मा पतञ्जलिले यसको प्रयोग गरेको देखिन्छ भने युरोपमा इ.
पू.
पहिलो शताब्दीमा डायोनियस थ्य्राक्सले अर्थको प्रतीति गराउने शब्द समूहलाई वाक्य मानेका छन् । वाक्य भाषाको एकाइ हो । हामी सोच्न, सम्मान बोल्नु वा कुनै पनि भाव सम्प्रेषण वाक्यबाट नै गर्दछौ यस स्थितिमा वाक्य पद वा शब्द समुह हो । पद वा शब्द वाक्यको कृत्रिम खण्ड हो भन्नु समीचीन ठहरिन्छ । भाषाको लघुतम पूर्ण सार्थक एकाइलाई वाक्य भनिन्छ । वाक्यमा प्रयुक्त शब्दले एक अर्कामा अपेक्षा गर्दछन् । कर्तामा कर्म र क्रियाको अपेक्षा रहन्छ । वाक्यमा प्रयुक्त पद क्रमबद्ध रूपमा उच्चरित हुनु समीपताको अभिप्राय हो । वाक्यका आवश्यक गुणहरूमा चयन क्रम, ध्वनि परिवर्तन र स्वर परिवर्तनलाई लिइन्छ । त्यस्तै वाक्य र पदक्रम पनि वाक्यका उल्लेखनीय तत्त्व मानिन्छ ।.
Related Results
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा अनुच्छेदविन्यास योजना [Paragraph Arrangement in the Theses of Master’s Program in Nepali Education]
प्राज्ञिक लेखनमा अनुच्छेदविन्यास योजनालाई महत्त्वपूर्ण आधार स्रोतका रूपमा लिइन्छ । यस सन्दर्भमा स्नातकोत्तर नेपाली शिक्षाका शोधपत्रहरूमा शोधार्थीले अनुच्छेदविन्यास कसरी गरेका छन् भ...
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...

