Javascript must be enabled to continue!
पहेँलो गुलाफ कथामा समाख्यान
View through CrossRef
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्ययनमा समाख्यानको संरचनात्मक घटकको अन्तःसम्बन्धको खोजी गरिन्छ । यस लेखमा समाख्यानको यही सैद्धान्तिक मान्यताका आधारमा ‘पहेँलो गुलाफ’ कथामा पाइने वाच्यत्व, सङ्केन्द्रण एवम् कथनीयताको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनोट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । साहित्यिक पाठ विश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थ निर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा समाख्यानको अध्ययन गर्दा वाच्यत्वअन्तर्गत समाख्याता र समाख्याताको स्वर, सङ्केन्द्रणअन्तर्गत सङ्केन्द्रक तथा सङ्केन्द्रित विषय तथा कथनीयताअन्तर्गत कथनीय तइभ्व र कथनीय गुणको मूल्याङ्कन गरी तिनको अन्तःसम्बन्धबाट निर्मित समाख्यान संरचना र कला पक्षको पनि निरूपण गरिएको छ । अध्ययनबाट यस कथामा समाख्याताको विश्वसनीयता, स्वरको उच्चता एवम् दृष्टिविन्दुको तीक्ष्णतासँगै कथनीयता तथा सम्पे्रषणीयताको गुण उल्लेख्य रूपमा पाइने हुनाले समाख्यान संरचना सघन हुन पुगेको छ भन्ने प्राप्तिलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Title: पहेँलो गुलाफ कथामा समाख्यान
Description:
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्ययनमा समाख्यानको संरचनात्मक घटकको अन्तःसम्बन्धको खोजी गरिन्छ । यस लेखमा समाख्यानको यही सैद्धान्तिक मान्यताका आधारमा ‘पहेँलो गुलाफ’ कथामा पाइने वाच्यत्व, सङ्केन्द्रण एवम् कथनीयताको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनोट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । साहित्यिक पाठ विश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थ निर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा समाख्यानको अध्ययन गर्दा वाच्यत्वअन्तर्गत समाख्याता र समाख्याताको स्वर, सङ्केन्द्रणअन्तर्गत सङ्केन्द्रक तथा सङ्केन्द्रित विषय तथा कथनीयताअन्तर्गत कथनीय तइभ्व र कथनीय गुणको मूल्याङ्कन गरी तिनको अन्तःसम्बन्धबाट निर्मित समाख्यान संरचना र कला पक्षको पनि निरूपण गरिएको छ । अध्ययनबाट यस कथामा समाख्याताको विश्वसनीयता, स्वरको उच्चता एवम् दृष्टिविन्दुको तीक्ष्णतासँगै कथनीयता तथा सम्पे्रषणीयताको गुण उल्लेख्य रूपमा पाइने हुनाले समाख्यान संरचना सघन हुन पुगेको छ भन्ने प्राप्तिलाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।.
Related Results
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रस्तुत लेख प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व विश्लेषणमा आधारित छ । आख्यानको संरचना विश्लेषण गर्ने सैद्धान्तिक अवधारणालाई समाख्यानशास्त्र भन्छि । समाख्यानमा वा...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
फुटपाथ मिनिस्टर्स कथामा समाजशास्त्र
प्रस्तुत लेखमा रमेश विकलद्वारा लिखित ‘फुटपाथ मिनिस्टर्स’ कथामा चित्रित समाजिक अवस्थाको विश्लेषण गरिएको छ । यस लेखमा ‘फुटपाथ मिनिस्टर्स’ कथालाई प्राथमिक स्रोतको सामग्रीका रुपमा लिइए...
‘मेरी सौता’ कथामा रौद्र रस
‘मेरी सौता’ कथामा रौद्र रस
प्रस्ततु लेख मेरी सौता कथाको विश्लेषणमा केन्द्रित रहेको छ । मुना चौधरीद्वारा लेखिएको यो कथा उनको कथासङ्ग्रह लारमा समाविष्ट छ । चौधरी नेपाली साहित्यका कथा तथा उपन्यास विधामा स्थापित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...

