Javascript must be enabled to continue!
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
View through CrossRef
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यानात्मक सङ्केन्द्रण आख्यानबाट अभिमुख सूचनालाई समाख्याता वा पात्रको संज्ञानबाट प्रस्तुत गर्ने विशिष्ट व्यवस्था हो । यस लेखमा समाख्यानात्मक सङ्केन्द्रणको यही सैद्धान्तिक मान्यताका आधारमा ‘मातृत्व’ कथामा पाइने सङ्केन्द्रण व्यवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनौट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । पाठविश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थनिर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानात्मक सङ्केन्द्रणको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा सङ्केन्द्रणको अध्ययन गर्दा यसमा सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचार आदि पक्षको अन्तःसम्बन्धबाट निर्मित सङ्केन्द्रण व्यवस्था र त्यसको कलापक्षको पनि निरूपण गरिएको छ । यस अध्ययनमा पात्र सङ्केन्द्रक भोक्ता ‘म’ पात्रको संज्ञान वा अनुभवका आधारमा समाख्यानात्मक सूचनालाई व्यवस्थित एवम् विश्वसनीय ढङ्गबाट पाठकका मस्तिष्कसम्म सार्ने प्रविधिको प्रयोग भएकाले प्रस्तुत कथामा सौन्दर्यको उपस्थापन हुनुका साथै सङ्केन्द्रणको समुचित प्रयोग भएको छ भन्ने कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।
Title: 'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
Description:
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यानात्मक सङ्केन्द्रण आख्यानबाट अभिमुख सूचनालाई समाख्याता वा पात्रको संज्ञानबाट प्रस्तुत गर्ने विशिष्ट व्यवस्था हो । यस लेखमा समाख्यानात्मक सङ्केन्द्रणको यही सैद्धान्तिक मान्यताका आधारमा ‘मातृत्व’ कथामा पाइने सङ्केन्द्रण व्यवस्थाको विश्लेषण गरिएको छ । यसका लागि प्राथमिक सामग्री छनौट गर्दा सोद्देश्य नमुना पद्धतिको प्रयोग गरिएको छ । पाठविश्लेषणमा आधारित भई शब्द र वाक्यको विश्लेषण गरी अर्थनिर्धारण गरिएकाले सामग्री विश्लेषणमा गुणात्मक अध्ययन पद्धतिको अवलम्बन गरिएको छ भने सैद्धान्तिक ढाँचामा समाख्यानात्मक सङ्केन्द्रणको सैद्धान्तिक स्वरूपको उपयोग गरिएको छ । विश्लेषणको ढाँचाअन्तर्गत समाख्यानात्मक सङ्केन्द्रणसँग सम्बद्ध अवधारणा र त्यसका सूचकको निर्माण गरी त्यसकै आधारमा सामग्री विश्लेषण गरिएको छ । यस लेखमा सङ्केन्द्रणको अध्ययन गर्दा यसमा सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचार आदि पक्षको अन्तःसम्बन्धबाट निर्मित सङ्केन्द्रण व्यवस्था र त्यसको कलापक्षको पनि निरूपण गरिएको छ । यस अध्ययनमा पात्र सङ्केन्द्रक भोक्ता ‘म’ पात्रको संज्ञान वा अनुभवका आधारमा समाख्यानात्मक सूचनालाई व्यवस्थित एवम् विश्वसनीय ढङ्गबाट पाठकका मस्तिष्कसम्म सार्ने प्रविधिको प्रयोग भएकाले प्रस्तुत कथामा सौन्दर्यको उपस्थापन हुनुका साथै सङ्केन्द्रणको समुचित प्रयोग भएको छ भन्ने कुरालाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ ।.
Related Results
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

