Javascript must be enabled to continue!
तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
View through CrossRef
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् । यस उपन्यासमा पुरूषप्रधान समाजमा महिलाहरूले भोग्न परेका समस्या र त्यसबाट उत्पन्न असहज सामाजिक परिस्थितिको यथार्थ चित्रण गरिएको छ । साहित्यको विश्लेषण गर्ने विभिन्न सिद्धान्तहरू मध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री समालोचना तथा अन्तर्विषयक समालोचना पद्धति पनि भनिन्छ । उत्तरआधुनिक युगमा विकसित यस समालोचना प्रणालीले पारिस्थितिक पद्धतिमा जोड दिन्छ । तरूनी खेती उपन्यासमा नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने पुरूषवादी चिन्तनको बिरोध गरिएको छ । पर्यावरणीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यस उपन्यासमा सामाजिक सांस्कृतिक परम्पराजन्य परिस्थितिको बिम्बात्मक चिक्र अङ्कन गरिएको छ । त्यसत्रममा लैङ्गिक विभेद र पारिस्थितिक नारीवादलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक सांस्कृतिक पर्यावरणलाई पनि उच्च महत्व प्रदान गरिएको छ । मानवीय सम्बन्ध र पर्यावरणीय सचेतनाका दृष्टिले समेत उपन्यास उत्कृष्ट रहेको छ । अतः यो उपन्यास पर्यावरणीय चिन्तनको आलोकमा उपयुक्त खालको छ ।
Title: तरूनी खेती उपन्यासमा प्रयुक्त पर्यावरणीय चिन्तन
Description:
प्रस्तुत लेख पर्यावरणीय चिन्तनको आलोकमा तरूनी खेती उपन्यासको अध्ययन विश्लेषण गर्ने कार्यमा केन्द्रित रहेको छ । तरूनी खेती उपन्यासका लेखक प्रयोगवादी उपन्यासकार सरूभक्त श्रेष्ठ हुन् । यस उपन्यासमा पुरूषप्रधान समाजमा महिलाहरूले भोग्न परेका समस्या र त्यसबाट उत्पन्न असहज सामाजिक परिस्थितिको यथार्थ चित्रण गरिएको छ । साहित्यको विश्लेषण गर्ने विभिन्न सिद्धान्तहरू मध्ये पर्यावरणीय समालोचना पनि एक हो । यसलाई प्रकृतिकेन्द्री समालोचना तथा अन्तर्विषयक समालोचना पद्धति पनि भनिन्छ । उत्तरआधुनिक युगमा विकसित यस समालोचना प्रणालीले पारिस्थितिक पद्धतिमा जोड दिन्छ । तरूनी खेती उपन्यासमा नारीलाई उपभोग्य वस्तुका रूपमा हेर्ने पुरूषवादी चिन्तनको बिरोध गरिएको छ । पर्यावरणीय दृष्टिकोणले मूल्याङ्कन गर्दा यस उपन्यासमा सामाजिक सांस्कृतिक परम्पराजन्य परिस्थितिको बिम्बात्मक चिक्र अङ्कन गरिएको छ । त्यसत्रममा लैङ्गिक विभेद र पारिस्थितिक नारीवादलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उपन्यासमा सामाजिक सांस्कृतिक पर्यावरणलाई पनि उच्च महत्व प्रदान गरिएको छ । मानवीय सम्बन्ध र पर्यावरणीय सचेतनाका दृष्टिले समेत उपन्यास उत्कृष्ट रहेको छ । अतः यो उपन्यास पर्यावरणीय चिन्तनको आलोकमा उपयुक्त खालको छ ।.
Related Results
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
सुम्निमा उपन्यासको विधातात्त्विक विश्लेषण
विश्वेश्वरप्रसाद कोइरालाद्वारा लिखित सुम्निमा (२०२७) उपन्यासमा मिथकका रूपमा पौराणिक उपकथालाई जोडेर नेपालको सामाजिक सांस्कृतिक घटनाको चित्रण गरिएको छ । यसमा दुई भिन्न संस्कृति आर्य ...
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणक...
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel}
पाल्पाली सष्टाका उपन्यासमा साइबरपयाग {Cyberpag in Palpali Sashta's novel} प्रस्तुत लेख पाल्पाली स्रष्टाहरूद्वारा लेखिएका उपन्यासहरूमध्ये साइबरको प्रभावमा केन्द्रित रहेर लेखिएकाउपन्...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...

