Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन

View through CrossRef
प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका सिद्धान्तमा अधारित भएर लोकगीतका तत्त्वहरूलाई विश्लेषणको सैद्धान्तिक आधार बनाइएको छ । लोकगीतका तत्त्वहरूमा विषयवस्तु, संरचना, भाषाशैली, लय वा भाका, स्थायी तथा अन्तरा र उद्देश्यका साथै यस गीतको सामाजिक तथा सांस्कृतिक सम्बन्ध र तनाव व्यवस्थापनलाई समेत आधार बनाएर उक्त गीतको विश्लेषण गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा बेनुप्रसाद चुडालबाट सङ्कलित ‘तम्मरै तरौँन’ लोकगीतको मूलपाठ तयार गरी प्राप्त तथ्यलाई विश्लेषणको आधार बनाइएको छ । लेखमा द्वितीयक सामग्रीका रूपमा लोकसाहित्यका साथै लोकगीतसँग सम्बद्ध सिद्धान्तलाई उपयोग गरिएको छ । विश्लेष्य गीत पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र मूलतः त्यस आसपासका जिल्लामा समेत लाग्ने मेलाबजारमा गाइने हुँदा त्यहाँ बसोवास गर्ने समुदायका लोकजीवनको प्रतिविम्ब यसमा प्रकट भएको छ । गीतमा प्रेमी र प्रेमिकाका बिचमा हुने जुहारीका माध्यमबाट कसरी आफ्नो जीवन साथी बनाउन पुग्दछन् भन्ने प्रस्ट पारिएको छ । उनीहरू भेट हुन मेलाबजार जाने गर्दछन् र त्यहाँ चिनाजान भएपछि घरजाम गर्ने कुरा सम्मको अठोट गर्दछन् भन्ने विमर्श समेत यस लेखमा गरिएको छ । पूर्वी पहाडमा बसोवास गर्ने जातजातिका युवायुवतीहरूमा प्रेम गर्नु पूर्व जे जस्ता शङ्का उपशङ्का भए पनि देवीदेवता र पञ्चलाई राखेर गरेको वैवाहिक जीवन र त्यसमा बाँधिन पाए मात्र दिगो हुन्छ भन्ने मनोभावना गीतमा व्यक्त भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ । 
Nepal Journals Online (JOL)
Title: तम्मर तरौँन लोकगीतको विधातात्त्विक अध्ययन
Description:
प्रस्तुत लेख लोकसाहित्यका विधाहरूमध्ये लोकप्रिय विधाका रूपमा परिचित ‘तम्मरै तरौँन’ लोकगीतको विधातत्त्वका आधारमा विश्लेषण गर्ने उद्देश्यमा केन्द्रित रहेको छ । यस क्रममा लोकसाहित्यका सिद्धान्तमा अधारित भएर लोकगीतका तत्त्वहरूलाई विश्लेषणको सैद्धान्तिक आधार बनाइएको छ । लोकगीतका तत्त्वहरूमा विषयवस्तु, संरचना, भाषाशैली, लय वा भाका, स्थायी तथा अन्तरा र उद्देश्यका साथै यस गीतको सामाजिक तथा सांस्कृतिक सम्बन्ध र तनाव व्यवस्थापनलाई समेत आधार बनाएर उक्त गीतको विश्लेषण गरिएको छ । यस लेखको प्राथमिक सामग्रीका रूपमा बेनुप्रसाद चुडालबाट सङ्कलित ‘तम्मरै तरौँन’ लोकगीतको मूलपाठ तयार गरी प्राप्त तथ्यलाई विश्लेषणको आधार बनाइएको छ । लेखमा द्वितीयक सामग्रीका रूपमा लोकसाहित्यका साथै लोकगीतसँग सम्बद्ध सिद्धान्तलाई उपयोग गरिएको छ । विश्लेष्य गीत पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र मूलतः त्यस आसपासका जिल्लामा समेत लाग्ने मेलाबजारमा गाइने हुँदा त्यहाँ बसोवास गर्ने समुदायका लोकजीवनको प्रतिविम्ब यसमा प्रकट भएको छ । गीतमा प्रेमी र प्रेमिकाका बिचमा हुने जुहारीका माध्यमबाट कसरी आफ्नो जीवन साथी बनाउन पुग्दछन् भन्ने प्रस्ट पारिएको छ । उनीहरू भेट हुन मेलाबजार जाने गर्दछन् र त्यहाँ चिनाजान भएपछि घरजाम गर्ने कुरा सम्मको अठोट गर्दछन् भन्ने विमर्श समेत यस लेखमा गरिएको छ । पूर्वी पहाडमा बसोवास गर्ने जातजातिका युवायुवतीहरूमा प्रेम गर्नु पूर्व जे जस्ता शङ्का उपशङ्का भए पनि देवीदेवता र पञ्चलाई राखेर गरेको वैवाहिक जीवन र त्यसमा बाँधिन पाए मात्र दिगो हुन्छ भन्ने मनोभावना गीतमा व्यक्त भएको छ भन्ने निष्कर्ष यस लेखमा निकालिएको छ । .

Related Results

‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
‘फूलपाती भाकेर मनकामना’ गीतको संरचनागत विश्लेषण
गीत, गजल, कविता साहित्यको एउटै पाटो हो । साहित्यिक कृतिमाथिको विश्लेषणले उक्त कृतिहरुको भाव, अर्थ र महत्त्व बुुझन् सहयोग पुुग्दछ । त्यसैले ‘फूलपाती भाकेर मनकामना’ गीतलाई नमुनाको रू...
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
‘पवित्रा’ कथाको संरचनात्मक अध्ययन
प्रस्तुत लेखमा मनोवैज्ञानिक कथाकार विश्वेश्वरप्रसाद कोइरालाको पवित्रा कथाको संरचनात्मक आधारमा अध्ययन विश्लेषण गरिएको छ । पवित्रा कथाको विभिन्न कोणबाट अध्ययन गरिएको र गर्न सकिने अवस...
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
पहाड चिच्चाइरहेछ नाट्यकृतिमा अभिनेयता
प्रस्तुत लेख विजय मल्लको पहाड चिच्याइरहेछ नाट्यकृतिको अभिनेय गुणवैशिष्ट्य निरूपणमा केन्द्रित छ । नाटक मूलतः रङ्गमञ्चमा दर्शकअगाडि अभिनय कलामा रूपायन गरी प्रस्तुत गर्न रचना गरिन्छ ।...
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावली
प्रस्तुत लेख भाषाशिक्षणमा प्रचलित पारिभाषिक शब्दावलीको अध्ययन विश्लेषणमा आधारित रहेको छ । यस लेखअन्तर्गत नेपाली भाषाशिक्षणमा प्रयोग प्रचलनमा रहेका पारिभाषिक शब्दावलीहरूको समीक्षण ग...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
पं० जगन्नाथ के लोक साहित्य में भक्ति-भावना
प्रस्तुत शोध सारांश कला का प्रतीक रूप में अध्ययन करता है तथा हार्वड गार्डनर नामक विद्वान द्वारा प्रस्तुत बालको की कला में प्रयुक्त प्रतीक तथा विभिन्न कलाकारों द्वारा उनकी कलाकृतियो...
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
सरकारी एवं गैर-सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र एवं छात्राओं की कम्प्यूटर अभिवृत्ति का अध्ययन
प्रस्तुत षोध अध्ययन में सरकारी एवं गैर सरकारी विद्यालयों में माध्यमिक स्तर पर अध्ययनरत् छात्र-छात्राओं की कम्प्यूटर अभिवृत्ति के संदर्भ में अध्ययन किया गया। षोध अध्ययन में ब्लाॅक न...

Back to Top