Javascript must be enabled to continue!
लघुकथामा मानकको धर्को
View through CrossRef
प्रस्तुत लेखमा आख्यान विधाको महत्वपूर्ण प्रविधा लघुकथासँग सम्बन्धित रही लघुकथामा मानकको निर्धारण सम्बन्धी अवधारणाको अध्ययन गरिएको छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुगोस् भन्ने मुख्य उद्देश्यले तयार पारिएको हो । यस्तै यसमा लघुकथा प्रविधाका लेखकहरुलाई लेखनको स्तरीयतातर्फ उन्मुख गराउनुलाई पनि यो आलेखको उद्देश्य बनाइएको छ । यसमा लेखनको जीवन्तता, मानक र यसका उपादेयताबारे उल्लेख गर्दै लघुकथालाई मानक बनाउने उपकरणहरुको चर्चा गरी निष्कर्ष समेत निकालिएको छ । यो गुणात्मक अध्ययन विधिमा आधारित रही गरिएको अध्ययन हो । यस आलेखमा पुस्तकालयीय अध्ययन सामग्रीलाई उपयोगमा ल्याइएको छ । यसैले यो अध्ययनमा पुस्तकालयीय विधि आकर्षित छ भन्न सकिन्छ । अध्ययनमा कतिपय विद्वान्हरुका अभिमतलाई पनि समावेश गरिएको छ । यसमा आवश्यकताअनुसार वर्णनात्मक र विश्लेषात्मक पद्धतिलाई उपयोगमा ल्याइएको छ । लघुकथामा स्तरीयताको सवालबारे बुझ्न चाहनेहरु, लघुकथाका लेखकहरु, लघुकथाको समीक्षामा सक्रिय हुनेहरुका लागि समेत यो लेख उपयोगी हुने अपेक्षा गरिएको छ ।
Title: लघुकथामा मानकको धर्को
Description:
प्रस्तुत लेखमा आख्यान विधाको महत्वपूर्ण प्रविधा लघुकथासँग सम्बन्धित रही लघुकथामा मानकको निर्धारण सम्बन्धी अवधारणाको अध्ययन गरिएको छ । यो लघु आलेख लघुकथामा मानकको अभियानलाई सघाउ पुगोस् भन्ने मुख्य उद्देश्यले तयार पारिएको हो । यस्तै यसमा लघुकथा प्रविधाका लेखकहरुलाई लेखनको स्तरीयतातर्फ उन्मुख गराउनुलाई पनि यो आलेखको उद्देश्य बनाइएको छ । यसमा लेखनको जीवन्तता, मानक र यसका उपादेयताबारे उल्लेख गर्दै लघुकथालाई मानक बनाउने उपकरणहरुको चर्चा गरी निष्कर्ष समेत निकालिएको छ । यो गुणात्मक अध्ययन विधिमा आधारित रही गरिएको अध्ययन हो । यस आलेखमा पुस्तकालयीय अध्ययन सामग्रीलाई उपयोगमा ल्याइएको छ । यसैले यो अध्ययनमा पुस्तकालयीय विधि आकर्षित छ भन्न सकिन्छ । अध्ययनमा कतिपय विद्वान्हरुका अभिमतलाई पनि समावेश गरिएको छ । यसमा आवश्यकताअनुसार वर्णनात्मक र विश्लेषात्मक पद्धतिलाई उपयोगमा ल्याइएको छ । लघुकथामा स्तरीयताको सवालबारे बुझ्न चाहनेहरु, लघुकथाका लेखकहरु, लघुकथाको समीक्षामा सक्रिय हुनेहरुका लागि समेत यो लेख उपयोगी हुने अपेक्षा गरिएको छ ।.
Related Results
लघुकथामा अन्त्य व्यवस्थापन
लघुकथामा अन्त्य व्यवस्थापन
यो आलेख लघुकथाको व्यवस्थापन पक्षसित सम्बन्धित छ । यसमा लघुकथाको आदि, मध्य र अन्त्य भागको व्यवस्थापन पक्षलाई केलाउँदै लघुकथामा अन्त्य व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन वि...
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव...

