Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना

View through CrossRef
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।
Title: ‘सङ्ग्राम बहादुर सार्की’ कथामा वर्गचेतना
Description:
वर्गसमाजमा द्वन्द्व भइरहन्छ र त्यसको प्रतिबिम्ब साहित्यमा देखिन्छ । हरेक साहित्यकारले आफ्नो वर्गप्रति इमानदार रहेर चेतनाको संप्रेषण गर्ने प्रयत्न गर्दछन् । वर्गविभक्त समाजमा राज्यव्यवस्था पनि तदनुरूपकै हुन्छ । राज्यव्यवस्थाले कलासाहित्यका लागि वर्गीय आधार प्रदान गर्दछ तथा तिनै आधारमा रहेर व्यक्ति प्रतिभाले साहित्यको सिर्जना गर्दछ । आख्यानात्मक साहित्यमा वर्गीयताको चेतना अन्य साहित्यमा भन्दा प्रखर रूपमा अभिव्यक्त भएको पाइन्छ । साहित्यिक क्षेत्रमा पनि बाह्य वर्गसमाजमा जस्तै उत्पीडक र उत्पीडित गरी दुई वर्ग विद्यमान रहेका हुन्छन् । आख्यानका सन्दर्भमा कथानक, चरित्रचित्रण, विश्वदृष्टिकोण, परिवेश तथा समग्र रूपमा उद्देश्यमा वर्गीय चेतना अभिव्यक्त भएको हुन्छ । साहित्यको यसप्रकारको वर्गीय स्वरूप र सम्बन्धले वर्गीय चेतना साहित्यिक रचनामा प्रयोग र प्रयोजनीयताका तहमा नै साहित्य वर्र्गीय हुन्छ भन्ने बुझिन्छ । उत्पीडित वर्गले आफू शोषणबाट मुक्तिका निम्ति पाठकहरूमा साहित्यिक सन्देश र उत्प्रेरणा दिने उद्देश्यले साहित्यिक रचना गर्दछ । आआफ्ना जीवनमूल्य र आआफ्ना जीवन दर्शनहरूलाई बचाइराख्न र स्थापित गर्न साहित्यको उपयोग गर्ने कार्य कलासाहित्यको विकासको इतिहासदेखि नै हुँदैँ आइरहेको छ । वर्गीय प्रतिबद्धताका साथ योजनाबद्ध रूपमा आएका र वर्गीय पक्षधरता लिएर प्रस्तुत हुने साहित्यमा आफ्नो वर्गगत स्वार्थका पक्षमा अभिव्यक्ति दिने प्रवृत्ति पाइन्छ । यस लेखबाट वर्गचेतना सम्बद्ध नेपाली कथा सिर्जनाको स्थिति कस्तो छ भन्नेबारे आधारभूत जानकारी प्राप्त भएको छ । कथामा वर्गचेतना र वर्गद्वन्द्वको चित्रणको स्तर र पद्धतिका बारेमा अध्ययन भएको छ । त्यसबाट विवेच्य कथामा वर्गीय चेतना र समकालीन वर्गसङ्घर्षको यर्थाथलाई प्रखर एवं मुखर ढङ्गले व्यक्त गरिएको छ तथा तिनमा कथा संरचनाकै कालिगढी पनि सन्तुलित रहेको निष्कर्ष प्राप्त भएको छ । यसबाट कथा रचनाको राजनीतिक–सामाजिक अन्तर्वस्तु केकस्तो छ भन्ने कुराको मात्र उद्घाटन भएको छैन अपितु राजनीतिक–सामाजिक अन्तर्वस्तुको प्रयोग गरिँदा पनि कथात्मक मूल्य र मानकको आवश्यक निर्वाहले कथाको समग्र सौन्दर्यात्मक मूल्यसमेत समृद्ध बन्न पुगेको निष्कर्ष प्राप्त भएको छ ।.

Related Results

हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...

Back to Top