Javascript must be enabled to continue!
‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
View through CrossRef
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।
Title: ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व
Description:
प्रस्तुत लेख कथाकार भवानी भिक्षुको ‘मेरो सानू साथी’ कथामा समाख्यानात्मक वाच्यत्व मूल समस्यामा केन्द्रित रहेको छ । प्रस्तुत कथाका बारेमा आख्यानशास्त्रीय, स्वतन्त्र तथा प्राज्ञिक अध्ययन भए पनि समाख्यानाशास्त्रमा रहेको रिक्तताको पूर्तिका लागि यो लेख तयार पारिएको हो । समाख्यानात्मक वाच्यत्वको मूल अभिप्राय आख्यानात्मक पाठसंसारमा आएको कथ्यविषयलाई कसले प्रस्तुत गरिरहेको छ भन्ने विषयमा आख्यानको विश्लेषण गर्ने प्रतिमान रहेको छ । आख्यानमा वाच्यत्व कसले विषयलाई प्रस्तुत गरिरहेको छ भन्ने विषयका आधारमा समाख्याताको पहिचान गरी उसकै केन्द्रीय विचारका रूपमा आएको कथ्य सन्देशका अन्तरसाक्ष्यमा मूल सन्देशको पुष्टिका लागि उसले प्रस्तुत गरेका सहायक सन्दर्भमा आधारित विश्लेषणपद्धति रहेको छ । प्रस्तुत कथामा प्रथम पुरुष समाख्याताले आपूmलाई अन्तर्निष्ठ भूमिकामा राखी कथ्यविषयलाई सानू साथीका माध्यमबाट प्रस्तुत गरेको छ । प्रस्तुत कथामा वाच्यत्व अधिकतर स्थितिवर्णन र अत्यल्प एकालापीय अन्तक्र्रियात्मक अभिव्यक्तिका माध्यमबाट प्रस्तुत भएको छ । यात्रा सुखान्त र प्रीतिकर हुनका लागि सर्वोत्तम पात्र बालबालिका र तिनका निश्छलता र निष्कपट आचारका कारण ती जीवनका उत्कृष्ट सहयात्री हुन सक्ने तथा चालीस घन्टाको यात्रालाई सम्पूर्ण जीवनयात्रा मान्दा सानू साथीसँगको यात्रा जीवनभरिकै सुन्दर अनुभूति र आनन्ददायी रहने बोध गरेको वाच्यत्व प्रस्तुत भएको निष्कर्ष निकालिएको छ ।.
Related Results
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
'मातृत्व' कथामा समाख्यानात्मक सङ्केन्द्रण
‘मातृत्व’ कथाको समाख्यानात्मक सङ्केन्द्रण अध्ययनमा केन्द्रित यस लेखमा मुख्य रूपमा उक्त कथाका सङ्केन्द्रक, सङ्केन्द्रित विषय एवम् सङ्केन्द्रित विचारको मूल्याङ्कन गरिएको छ । समाख्यान...
पहेँलो गुलाफ कथामा समाख्यान
पहेँलो गुलाफ कथामा समाख्यान
प्रस्तुत अध्ययनमा ‘पहेँलो गुलाफ’ कथामा केन्द्रित भई समाख्यान सिद्धान्तका आधारमा उक्त कथाको समाख्यानको निरूपण गरिएको छ । समाख्यान समाख्यानात्मक संरचनाको सिद्धान्त हो । समाख्यान अध्य...
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
हरिशरण रामको पुनरागमन कथामा सबाल्टर्न Harisharan Ramko punaraagaman kathaamaa sbaltarn
प्रस्तुत लेखमा कथाकार इस्मालीद्वारा लिखित हरिशरण रामको पुनरागमन कथालाई सबाल्टर्न सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ । सदियौँदेखि इतिहासमा नसमेटिएका समाजमा तल्लो वर्ग मानिएका दलित...
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व {Textuality Involved in Prema Shah's Memoiristic Narratology}
प्रस्तुत लेख प्रेमा शाहका संलग्न स्वकथनात्मक समाख्यानमा वाच्यत्व विश्लेषणमा आधारित छ । आख्यानको संरचना विश्लेषण गर्ने सैद्धान्तिक अवधारणालाई समाख्यानशास्त्र भन्छि । समाख्यानमा वा...
'शहीद' कथामा करुण रस
'शहीद' कथामा करुण रस
प्रस्तुत लेखमा पूर्वीय संस्कृत काव्यशास्त्रमा स्थापित रससिद्धान्तलाई आधार बनाएर गरुप्रसाद मैनालीको शहीद कथामा प्रयुक्त करुण रसको अवस्थाको अध्ययन विश्लेषण गरिएको छ । प्रस्तुत कथामा ...
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
सेतीको सुस्केरा कथामा जाति, परिवेश र युग
प्रस्तुत लेख रामलाल जोशीद्वारा रचित ‘ऐना’ कथासङ्ग्रहमा सङ्कलित ‘सेतीको सुस्केरा’ कथामा फेला पर्ने जाति, परिवेश र युगको खोजीसँग सम्बन्धित रहेको छ । यसमा खास गरी समाजशास्त्रका आधारमा...
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
‘समाप्ति’ कथामा प्रस्तुत जीवभाव
यस अनुसन्धनात्मक लेखमा रामलाल जोशीको कथासङ्ग्रह ‘ऐना’ मा सङ्गृहीत ‘समाप्ति’ कथामा प्रस्तुत अद्वैत वेदान्त दर्शनको जीवभावसँग सम्बन्धित मान्यताको विश्लेषण गरिएको छ । मानिस जीवभावका क...
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
‘खीर’ कथामा आयामिक लेखन {‘Kheer’ Dimensional Writing}
प्रस्तुत आुसन्धानमूलक लेख इन्द्रबहादुर राईको खीर कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा राईको कथास्था कथा सब्ग्रहमा संकलित रहेको छ । खासगरी दार्जीलिब सेरोफेरोको निम्नवर्गीय ने...

