Javascript must be enabled to continue!
उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
View through CrossRef
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणको आरम्भ भएको मानिन्छ । प्रयोगवादी उपन्यासले परम्परागत लेखनबाट परिवर्तनको सङ्केत मिले पनि अर्थको केन्द्रीयता तिनले पनि त्याग्न सकेनन् । नेपाली उपन्यासमा वि.सं. २०३६ देखि बहुलवाद, अर्थको अनिर्धायता, केन्द्रभञ्जन, विधामिश्रण, विडम्बना, सापेक्षतावाद, विनिर्माण, आत्मसन्दर्भात्मकताजस्ता प्रवृत्ति देखापर्न थाल्दछन् । त्यो उत्तरार्ध चरणको आरम्भ हो । उत्तरवर्ती नेपाली उपन्यासमा मनोविश्लेषणको प्रयोग निकै फस्टाएको देखिन्छ । सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर र कार्ल गुस्ताभ युङ्गले मनोविश्लेषणात्मक सिद्धान्तको स्थापनामा महत्त्वपूर्ण योगदान रहेको छ । कार्ल गुस्ताभ युङ्गले विभिन्न पुराण, धर्मशास्त्र, संस्कृति आदिको अध्ययनबाट आद्यस्वरूप सिद्धान्तको प्रतिपादन गरेका छन् । त्यो उनको मौलिक योगदान हो । आद्यस्वरूपको अर्थ मूल ढाँचा वा मूल आकार भन्ने हुन्छ । साहित्यमा यसको प्रयोग आदिम बिम्ब, चरित्र वा परिस्थितिहरूको ढाँचा भन्ने अर्थमा गरिन्छ । युङ्गले आदिम अवशेषलाई आद्यस्वरूप वा आद्यबिम्ब भनेका छन् । आद्यस्वरूप मिथकीय बिम्ब वा अभिप्रायसँग सम्बन्धित हुन्छ । आद्यस्वरूप सामूहिक अचेतनसँग सम्बन्धित हुन्छ । युङ्गले 'एनिमा' (नारीपन), 'एनिमस' (पुरुषपन), 'स्याडो' (छाया), 'पर्सोना' (नकाब) र 'सेल्फ' (स्व) लगायत विभिन्न प्रकारका आद्यस्वरूपको उल्लेख गरेका छन् । उत्तरवर्ती नेपाली उपन्यासमा मिथकीय विषयवस्तु, सपना, पुरुषत्व र नारीत्व, नायकत्वको खोजी, मातृभूमिको आमा बिम्ब, जलवायु परिवर्तनको दुष्प्रभावलाई मानवजातिको मृत्युको छायाका रूपमा प्रस्तुत गरिएको पाइन्छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । विश्लेष्य उपन्यास प्राथमिक सामग्री हुन् भने आद्यस्वरूपको सिद्धान्त र पूर्वकार्यसँग सम्बन्धित सामग्री द्वितीयक सामग्री हुन् । सङ्कलित सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा रहेर पाठात्मक विधिमा गरिएको छ । विविध आद्यस्वरूपको प्रयोग उत्तरवर्ती उपन्यासको विशेषता हो र त्यो उत्तरवर्ती नेपाली उपन्यासको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।
Title: उत्तरवर्ती नेपाली उपन्यासमा आद्यस्वरूप
Description:
प्रस्तुत लेख उत्तरवर्ती नेपाली उपन्यासमा प्रयुक्त आद्यस्वरूपको अध्ययनमा केन्द्रित छ । नेपाली उपन्यासमा परम्परागत प्रवृत्तिको परित्याग र नवीन प्रवृत्ति देखिन थालेपछि उत्तरवर्ती चरणको आरम्भ भएको मानिन्छ । प्रयोगवादी उपन्यासले परम्परागत लेखनबाट परिवर्तनको सङ्केत मिले पनि अर्थको केन्द्रीयता तिनले पनि त्याग्न सकेनन् । नेपाली उपन्यासमा वि.
सं.
२०३६ देखि बहुलवाद, अर्थको अनिर्धायता, केन्द्रभञ्जन, विधामिश्रण, विडम्बना, सापेक्षतावाद, विनिर्माण, आत्मसन्दर्भात्मकताजस्ता प्रवृत्ति देखापर्न थाल्दछन् । त्यो उत्तरार्ध चरणको आरम्भ हो । उत्तरवर्ती नेपाली उपन्यासमा मनोविश्लेषणको प्रयोग निकै फस्टाएको देखिन्छ । सिग्मन्ड फ्रायड, अल्फ्रेड एडलर र कार्ल गुस्ताभ युङ्गले मनोविश्लेषणात्मक सिद्धान्तको स्थापनामा महत्त्वपूर्ण योगदान रहेको छ । कार्ल गुस्ताभ युङ्गले विभिन्न पुराण, धर्मशास्त्र, संस्कृति आदिको अध्ययनबाट आद्यस्वरूप सिद्धान्तको प्रतिपादन गरेका छन् । त्यो उनको मौलिक योगदान हो । आद्यस्वरूपको अर्थ मूल ढाँचा वा मूल आकार भन्ने हुन्छ । साहित्यमा यसको प्रयोग आदिम बिम्ब, चरित्र वा परिस्थितिहरूको ढाँचा भन्ने अर्थमा गरिन्छ । युङ्गले आदिम अवशेषलाई आद्यस्वरूप वा आद्यबिम्ब भनेका छन् । आद्यस्वरूप मिथकीय बिम्ब वा अभिप्रायसँग सम्बन्धित हुन्छ । आद्यस्वरूप सामूहिक अचेतनसँग सम्बन्धित हुन्छ । युङ्गले 'एनिमा' (नारीपन), 'एनिमस' (पुरुषपन), 'स्याडो' (छाया), 'पर्सोना' (नकाब) र 'सेल्फ' (स्व) लगायत विभिन्न प्रकारका आद्यस्वरूपको उल्लेख गरेका छन् । उत्तरवर्ती नेपाली उपन्यासमा मिथकीय विषयवस्तु, सपना, पुरुषत्व र नारीत्व, नायकत्वको खोजी, मातृभूमिको आमा बिम्ब, जलवायु परिवर्तनको दुष्प्रभावलाई मानवजातिको मृत्युको छायाका रूपमा प्रस्तुत गरिएको पाइन्छ । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ । विश्लेष्य उपन्यास प्राथमिक सामग्री हुन् भने आद्यस्वरूपको सिद्धान्त र पूर्वकार्यसँग सम्बन्धित सामग्री द्वितीयक सामग्री हुन् । सङ्कलित सामग्रीको विश्लेषण गुणात्मक पद्धतिमा रहेर पाठात्मक विधिमा गरिएको छ । विविध आद्यस्वरूपको प्रयोग उत्तरवर्ती उपन्यासको विशेषता हो र त्यो उत्तरवर्ती नेपाली उपन्यासको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।.
Related Results
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
उत्तरवर्ती नेपाली निबन्धमा अन्तर्विषयकता
प्रस्तुत अनुसन्धानात्मक लेख उत्तरवर्ती नेपाली निबन्धमा प्रयुक्त अन्तर्विषयकताको अध्ययन केन्द्रित भएर तयार पारिएको हो । यसरी अध्ययन गर्ने क्रममा उत्तरवर्ती नेपाली निबन्धका रूपमा २०६...
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
उत्तरवर्ती नेपाली उपन्यासमा जीवनीपरकता
पछिल्लो समयका औपन्यासिक कृतिहरु उत्तरवर्ती नेपाली उपन्यास हुन् । राजनीतिक परिवर्तिन र उपन्यासमा देखापरेका नवीन प्रवृत्तिका कारण २०५० सालपछिका उपन्यास पूर्ववर्ती चरणका कृतिहरुभन्दा ...
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
आधुनिक नेपाली उपन्यासमा स्वैरकल्पना
प्रस्तुत अध्ययन आधुनिक नेपाली उपन्यासमा प्रयुक्त स्वैरकल्पनामा केन्द्रित छ । उपन्यास आख्यान विधाअन्तर्गत पर्दछ । आख्यान र स्वैरकल्पनाका बिच निकटतम सम्बन्ध रहेको पाइन्छ । मौखिक रूपम...
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
नेपाली संस्कृतिमा प्रचलित पूर्णकलशको ऐतिहासिक विवेचना {Historical Analysis of Purnakalash in Nepalese Culture}
जल प्राण वाहिनी शक्ति हो । पवित्रताको प्रतीक हो । जल बगेको, जमेकोवा पात्रमा संकलन गरिएको जस्तो स्वरुपमा रहे पनि सो पवित्र मानिन्छ र मानवसँग विभिन्न रुपमा प्रतक्ष सम्बन्ध राख्दछ । ज...
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
'अग्निदत्त ̧अग्निदत्त' उपन्यासमा स्वैरकल्पना {Self-imagining in the novel 'Agnidatta ̧Agnidatta'}
प्रस्तुत समालोचनात्मक लेखमा उपन्यासकार ध्रुवचन्द्र गौतमको ‘अग्निदत्त+अग्निदत्त’ उपन्यासको विश्लेषण गरिएको छ । नेपाली उपन्यासको क्षेत्रमा स्वैरकल्पनाको अत्यधिक प्रयोग गर्ने गौतमको ‘...
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
चरैवेति उपन्यासमा युगचेतना {Epochal Consciousness in the Novel Charaiveti}
प्रस्तुत लेखमा पाश्चात्य चिन्तक हिप्पोलाइट एडोल्फ टेन (सन् १८२८–१८९३) ले तय गरेका समाजशास्त्रीय अध्ययनका आधारहरूमध्ये युगचेतनालाई आधार बनाएर चरैवेति उपन्यासको अध्ययन गरिएको छ । चरै...
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
'मोक्ष’ उपन्यासका नारी चरित्रमा वर्गचेतना
माओवादी सशस्त्र युद्धका सन्दर्भ तथा परिवेशलाई समेटेर सचना गरिएको ।।।मोक्ष’ उपन्यास सिर्जन अविरलको पहिलो आख्यानात्मक कृति हो । यसमा मोक्ष वा मुक्तिको खोजी गर्दै वर्गसङ्घर्षमा उत्रिए...
सँगिनीमा व्यक्त संस्कृति
सँगिनीमा व्यक्त संस्कृति
सँगिनी लोकगीतको लयगत भेद हो भने संस्कृतिको अभिन्न अङ्ग रूपमा पनि चिनिन्छ । यसले नेपाली नारीका कथाव्यथाका साथै नेपाली संस्कृतिलाई चिनाउने काम गरेको छ । नेपली समाजमा प्रचलित सँगिनीमा...

