Search engine for discovering works of Art, research articles, and books related to Art and Culture
ShareThis
Javascript must be enabled to continue!

प्रायोगिक भाषाविज्ञानको क्षेत्र

View through CrossRef
विचार विनिमयको माध्यम भाषा हो । मानिसले आफ्ना मनका इच्छा चाहना भावना आदिलाई बोलीको माध्यमबाट अरुसमक्ष प्रस्तुत गर्दछ र अरुका विचारहरुलाई पनि ग्रहण गर्दछ । यसरी मानवीय उच्चारण अवयवबाट उच्चरित सार्थक ध्वनिहरुको समूहलाई नै हामी भाषा भनेर चिन्दछाँै । हुुन त पशुुपंक्षी, जनवार आदि जीव जन्तुले पनि आफ्ना विचारहरु आपसमा साट्ने र बुुझ्नेसम्म पनि गर्दछन् तर त्यसलाई हामी भाषा भन्दैनाँै । मानिसले पनि विभिन्न माध्यमबाट आफ्ना विचारहरु एक अर्कामा साटासाट गरिहेका हुुन्छन् । जस्तै आँखा झिम्क्याएर, हातले इसारा गरेर, ताली बजाएर आदि यस्ता खालका आवजलाई पनि भाषावैज्ञानिक सन्दर्भमा भाषा मानिँदैन । खासगरी स्वर र व्यञ्जन वर्णका ध्वनिहरु छुुट्याउन सकिनेगरी मानिसका उच्चारण अवयवबाट उच्चरित सार्थक आवाजलाई मात्र भाषा भनिन्छ (भुषाल , केशव , (२०७५) भाषाविज्ञान) । भाषाको विकास मानव सभ्यताको सुरुवातदेखि नै भएको हो भन्नेकुरा सहज अनुमान लगाउन सकिन्छ । जीवनयापन गर्ने क्रममा आफूलाई आइपरेका विभिन्न अनुभवहरु साटासाट गर्न मानिसले प्रयोग गर्ने माध्यम नै भाषा हो । विचार विनिमयका लागि प्रयोग गरिने भाषाको वैज्ञानिक र व्यवस्थि ढङ्गले अध्ययन गर्ने शास्त्रलाई नै भाषाविज्ञान भनिन्छ । सामान्य भाषाविज्ञान र प्रायोगिका भाषाविज्ञान गरी भाषाविज्ञानलाई दुई प्रकारमा विभाजन गरिन्छ । सामान्य भाषाविज्ञानले भाषाका सार्वभौम मान्यता , विशेषता , सिद्धान्त , नियम ... प्रतिपादन गर्ने गर्दछ भने त्यस्ता प्रतिपादित तथ्यहरुलाई विधिसम्मत प्रयोग गर्ने कार्य प्रायोगिक भाषाविज्ञाज अन्तर्गत गरिन्छ । तसर्थ सामान्य भाषाविज्ञान सैद्धान्तिक हुन्छ भने प्रायोगिक भाषाविज्ञान व्यावहारिक हुन्छ । प्रस्तुत अध्ययनमा प्रयोगिक भाषाविज्ञानका के कस्ता क्षेत्र छन् भनी खोज गर्नु र विश्लेषण गर्नु अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा प्रस्तुत गरिएको छ भने अनुसन्धानमा विभिन्न प्रकाशनहरुबाट प्रकाशित पुस्तक , लेख आदिलाई सूचना सङ्कलनका स्रोत मानिएको छ । सूचनाहरु धेरैजसो द्वितीय स्रोतबाट नै लिई व्याख्यात्मक र विश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रायोगिक भाषाविज्ञानका सीमित र व्यापक गरी दुईओटा क्षेत्र रहेका र ती क्षेत्रभित्र पनि विभिन्न विधा(क्षेत्र) रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।
Title: प्रायोगिक भाषाविज्ञानको क्षेत्र
Description:
विचार विनिमयको माध्यम भाषा हो । मानिसले आफ्ना मनका इच्छा चाहना भावना आदिलाई बोलीको माध्यमबाट अरुसमक्ष प्रस्तुत गर्दछ र अरुका विचारहरुलाई पनि ग्रहण गर्दछ । यसरी मानवीय उच्चारण अवयवबाट उच्चरित सार्थक ध्वनिहरुको समूहलाई नै हामी भाषा भनेर चिन्दछाँै । हुुन त पशुुपंक्षी, जनवार आदि जीव जन्तुले पनि आफ्ना विचारहरु आपसमा साट्ने र बुुझ्नेसम्म पनि गर्दछन् तर त्यसलाई हामी भाषा भन्दैनाँै । मानिसले पनि विभिन्न माध्यमबाट आफ्ना विचारहरु एक अर्कामा साटासाट गरिहेका हुुन्छन् । जस्तै आँखा झिम्क्याएर, हातले इसारा गरेर, ताली बजाएर आदि यस्ता खालका आवजलाई पनि भाषावैज्ञानिक सन्दर्भमा भाषा मानिँदैन । खासगरी स्वर र व्यञ्जन वर्णका ध्वनिहरु छुुट्याउन सकिनेगरी मानिसका उच्चारण अवयवबाट उच्चरित सार्थक आवाजलाई मात्र भाषा भनिन्छ (भुषाल , केशव , (२०७५) भाषाविज्ञान) । भाषाको विकास मानव सभ्यताको सुरुवातदेखि नै भएको हो भन्नेकुरा सहज अनुमान लगाउन सकिन्छ । जीवनयापन गर्ने क्रममा आफूलाई आइपरेका विभिन्न अनुभवहरु साटासाट गर्न मानिसले प्रयोग गर्ने माध्यम नै भाषा हो । विचार विनिमयका लागि प्रयोग गरिने भाषाको वैज्ञानिक र व्यवस्थि ढङ्गले अध्ययन गर्ने शास्त्रलाई नै भाषाविज्ञान भनिन्छ । सामान्य भाषाविज्ञान र प्रायोगिका भाषाविज्ञान गरी भाषाविज्ञानलाई दुई प्रकारमा विभाजन गरिन्छ । सामान्य भाषाविज्ञानले भाषाका सार्वभौम मान्यता , विशेषता , सिद्धान्त , नियम .
प्रतिपादन गर्ने गर्दछ भने त्यस्ता प्रतिपादित तथ्यहरुलाई विधिसम्मत प्रयोग गर्ने कार्य प्रायोगिक भाषाविज्ञाज अन्तर्गत गरिन्छ । तसर्थ सामान्य भाषाविज्ञान सैद्धान्तिक हुन्छ भने प्रायोगिक भाषाविज्ञान व्यावहारिक हुन्छ । प्रस्तुत अध्ययनमा प्रयोगिक भाषाविज्ञानका के कस्ता क्षेत्र छन् भनी खोज गर्नु र विश्लेषण गर्नु अध्ययनको उद्देश्य रहेको छ । यो अध्ययन गुणात्मक अनुसन्धान ढाँचामा प्रस्तुत गरिएको छ भने अनुसन्धानमा विभिन्न प्रकाशनहरुबाट प्रकाशित पुस्तक , लेख आदिलाई सूचना सङ्कलनका स्रोत मानिएको छ । सूचनाहरु धेरैजसो द्वितीय स्रोतबाट नै लिई व्याख्यात्मक र विश्लेषणात्मक ढङ्गबाट प्रस्तुत गरिएको छ । प्रायोगिक भाषाविज्ञानका सीमित र व्यापक गरी दुईओटा क्षेत्र रहेका र ती क्षेत्रभित्र पनि विभिन्न विधा(क्षेत्र) रहेका छन् भन्ने निष्कर्ष निकालिएको छ ।.

Related Results

प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रायोगिक भाषाविज्ञानको उपयोगिता
प्रस्तुत लेख प्रायोगिक भाषाविज्ञानमा आधारित रहेको छ । यसमा प्रायोगिक भाषाविज्ञानको उपयोगिताबारे अध्ययन गरिएको छ । प्रायोगिक भाषाविज्ञानको उपयोगिता प्रस्तुत गर्नु यस अध्ययनको मुख्य ...
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
रीवा जिले में सार्वजनिक एवं निजी क्षेत्र के बैंकों की गैर निष्पादित संपत्तियों का विश्लेषणात्मक अध्ययन’’
किसी भी अर्थव्यवस्था के विकास में बैंकिंग क्षेत्र बहुत महत्वपूर्ण भूमिका निभाता है। एक सुदृढ़ और स्वस्थ बैंकिंग प्रणाली किसी भी अर्थव्यवस्था के लिए अत्यंत आवश्यक है। गैर निष्पादित स...
नारी सशक्तिकरण में चुनौतियों की दार्शनिक भूमिका
नारी सशक्तिकरण में चुनौतियों की दार्शनिक भूमिका
आधुनिक युग में मानव समाज ने कला, विज्ञान, तकनीक के क्षेत्र में बेहतर उन्नति की है। मानव जीवन का स्तर उन्नत हुआ है, सुख और समृद्धि के साधन बड़े हैं, रहन-सहन में व्यापक बदलाव आया है। ...
ENVIRONMENTAL PSYCHOLOGY
ENVIRONMENTAL PSYCHOLOGY
There is a multidisciplinary field focused on the study of the interrelations of human and its environment. Here, the broad definition of the word 'Environment' (item antecedent) i...
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
तंत्रवाद एवं मिथिला संस्कृति: एक समीक्षा
मिथिला बिहार राज्य प्रान्त का वह भू-भाग है जो गंगा नदी के उत्तर तथा भोजपुरी क्षेत्र के पूर्व में है तथा नेवारी नेपाल के दक्षिण में तथा बंगला प्रदेश के पश्चिम में है। इसका प्राचीन न...
भारत की रणनीतिक परिधि में चीन की पैठ: बांग्लादेश के साथ गहरे होते संबंधों का अध्ययन
भारत की रणनीतिक परिधि में चीन की पैठ: बांग्लादेश के साथ गहरे होते संबंधों का अध्ययन
यह लेख भारत, बांग्लादेश और चीन के बीच बदलते भू-राजनीतिक त्रिकोणीय संबंधो का विश्लेषण करता है, जिसमें खासतौर पर चीन और बांग्लादेश के बीच गहराते संबंधों के भारत पर रणनीतिक प्रभाव पर ...
CONTEMPORARY EFFECTS ON MADHUBANI FOLK PAINTING
CONTEMPORARY EFFECTS ON MADHUBANI FOLK PAINTING
Today, artists are doing new experiments in Madhubani folk painting, these experiments are natural as well with changing times. This change is the eternal truth of nature. We belie...
AI and Advertising Industry
AI and Advertising Industry
आर्टिफिशियल इंटेलिजेंस (कृत्रिम बुद्धिमत्ता) यानी एआई ने हमारी दुनिया को पूरी तरह बदल दिया है। हमारे जीवन के हर एक क्षेत्र पर आज एआई का प्रभाव देखा जा सकता है। एआई ने हमारे उद्योग ...

Back to Top